wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6114
काठमाडौँ, वैशाख ४ । नेपाल प्रज्ञा-प्रतिष्ठान भानुभक्त कक्षमा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नुभयो ।नव वर्ष २०८१ सालको उपलक्ष्यमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा भाषा, साहित्य ,संस्कृति, कला ,इतिहास, दर्शन, समाजशास्त्र लगायतका पुस्तक राखिएका छन् ।
प्रदर्शनीको मूल उद्देश्य पठन संस्कृतिको विकासमा टेवा पुर्याउनु रहेको छ । “सबै भाषा,सबै ज्ञान,सबैको प्रज्ञा-प्रतिष्ठान”भन्ने मूल नारालाई आत्मसात् गर्दै अघि बढेको प्रतिष्ठानले महत्त्वपूर्ण र अनुसन्धानात्मक पुस्तक प्रदर्शनीमा राखेको छ । हिमाल, पहाड, मधेस- तराईका विभिन्न संस्कार र संस्कृति, विभिन्न भाषाका कोसहरू प्रदर्शनी स्थलमा राखिएका छन्।
प्रज्ञा नेपाली बृहत् शब्दकोश १ प्रति खरिदमा २०% छुट र दुई प्रतिको खरिदमा २५% छुट र नयाँ तथा पुराना सबै पुस्तकहरूमा ४० प्रतिशत छुट रहेको छ । प्रदर्शनी २०८१ वैशाख ४ देखि१८ गतेसम्म रहनेछ ।
प्रदर्शनीमा पुनः प्रकाशन भएका अमरकाेश,नेपाली साहित्यकाेश,कौटिल्यको अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नोै उपनिषद्, ग्रिक महाकवि हाेमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चामलिङकाे एरिस्टाेटल र उनका काव्य शास्त्र ‘पेरी पाेइएतिकेस’, काठमाडौँ उपत्यकाका नेवारी लोकगीत लगायतका पुस्तकहरू ४०% छुटमा पाइन्छ ।
प्रतिष्ठानका नयाँ प्रकाशन ‘समाज अन्वेषण’, ‘मिक’, ‘लाबाङ्गी’ पत्रिका, नेवारी भाषाका कथाहरू लगायतका पत्रिका तथा कृतिहरू प्रदर्शनी स्थलमा राखिएको छ । सधैँ झैँ साझा प्रकाशनका कृतिहरू पनि प्रदर्शनीमा राखिने छ ।
-चेतनाथ धमला