health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

महलहरूको बिचमा
झुपडी थियो मेरो
रङ्गिन
र
अग्ला अग्ला घरहरूले
मन लाेभ्याउँथ्याे
एक दिन मनमनै सोचेँ
म पनि यस्तै एउटा
महल बनाउँछु
शिक्षितहरूको बिचमा
म अनपढ थिएँ
आमा र बाबा
सधैँ भन्नुहुन्थ्यो
छोरा तँ राम्ररी पढ् !
र ठुलो मानिस बन्
तर ,
आमा र बाबा सँग
पढाउन सक्ने क्षमता थिएन
मुस्किलले साक्षरता प्राप्त गरेँ
बाख्रा चराउँदै थिएँ
मनमा एउटा साेँच आयो
म पनि शिक्षित भएर
टिचर बन्ने छु ।
सँगै राजनीति गरेका साथीहरू
कमरेड भए
कमरेड मात्रै होइन
सांसद र मन्त्री भए
टन्न पैसा कमाए
चिल्ला कार किने
पैसा कसरी कमाए !
यो देखेर
मलाई पनि
कमरेड बन्न मन लाग्यो
सांसद र मन्त्री बन्न मन लाग्यो
एक दिन
अागनकाे छेउमा
घाम ताप्दे थिए ं
साेंचे
म पनि
कमरेड बन्छु
सांसद र मन्त्री बन्छु ।
म एक दिन
मानव सेवा आश्रम गएको थिएँ
एक जना व्यक्ति आउनु भयो
साथमा
लत्ताकपडा र रासनपानि
लिएर आउनु भएको थियो
त्यहाँ थुप्रै दुख कष्ट पाएका
मानिसहरू थिए
ती व्यक्तिले लत्ताकपडा को साथमा
रु पचास हजार नगद दिए
याृे देखेर
मलाई पनि समाजसेवी
सहयोगी मनको मालिक हुन मन लाग्यो
पकेट छामेँ रित्तो गोजी थियो
बाटो हिँड्दै गर्दा
थकान लागेर
चौपारिमा बसेँ
एउटा सोच पलायो
म पनि
यस्तै लत्ताकपडा
रासनपानि
र
रु . पचास हजार
सहयोग दिन सक्ने
व्यक्ति बनेँ ।
रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि ।