health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ । मङ्गलवार सम्पन्न समूह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो ।
कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो ।
यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो ।
यो जितपछि कतारको ४ खेलमा ४ अङ्क भएको छ र समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै साउदी अरेबियाको भने ३ खेलमा २ अङ्क रहेको छ ।
त्यस्तै समूह ए मा यो खेलपछि ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा रहेको नेपाल समूह विजेता बनेको छ । नेपाल आफ्नो अन्तिम खेल अघि नै समूह विजेता बनेको हो । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधवार साउदी अरेबियासँग खेल्दै छ ।
त्यस्तै सेमिफाइनलमा पुगिसकेको नेपालले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्ने निश्चित भएको छ । त्यसै गरी समूह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुङ्गो भने अब अन्तिम खेलहरूबाट लाग्ने छ ।