Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
नेकपा(मसाल)को नवौं महाधिवेशन सम्पन्न, मोहन विक्रम सिंहको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समिति - Gyaan Ghar

Gyaan Ghar

Advertisement

नेकपा(मसाल)को नवौं महाधिवेशन सम्पन्न, मोहन विक्रम सिंहको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समिति

काठमाडौं, वैशाख ४ गते । नेपाल कम्युनिष्ट पार्टी(मसाल)को नवौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनको विस्तृत कार्यक्रमको जानकारी गराउँदै नवनिर्वाचित महामन्त्री मोहनविक्रम सिंहले वैशाख ४ गते एक वक्तव्य जारी गरेका छन् । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ः

ने.क.पा. (मसाल)को नवौ“ महाधिवेशन हालै सम्पन्न भएको छ । त्यो महाधिवेशनले पार्टीका चारवटा दस्तावेजहरू, न्यूनतम कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव, विधानमा संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्तावहरू पारित गर्नुका साथै कामरेड मोहनविक्रम सिंहको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समितिको पनि गठन गरेको छ । महाधिवेशनले नया“ जनवादी क्रान्तिलाई आफ्नो आधारभूत कार्यक्रम ठेगान गरेको छ । लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाका लागि सङ्घर्ष गर्ने तथा जनजीवनसित सम्बन्धित समस्याहरूको समाधानका लागि सङ्घर्ष गर्ने आफ्नोतात्कालिक कार्यदिशा निश्चित गरेको छ । त्यसका साथै सङ्घीयताका विरुद्धको सङ्घर्षलाई निरन्तरता दिने पनि निर्णय गरेको छ । त्यसका साथै उपरोक्त उद्देश्यहरू पूरा गर्नका लागि पारस्परिक समझदारीका आधारमा विभिन्न राजनीतिक पक्षहरूसित संयुक्त मोर्चा, कार्यगत एकता गर्ने नीतिमा जोड दिने पनि हाम्रो नीति छ । तर त्यसका साथै पार्टीको आफ्नै स्वतन्त्र भूमिकालाई अगाडि बढाउनको लागि हामीले मुख्य जोड दिनेछौ“ । अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवाद र फासिवादका विरुद्ध तथा विश्वशान्तिका लागि विश्वव्यापी स्तरमा एकता कायम गरेर सङ्घर्षलाई अगाडि बढाउनु हाम्रो अन्तर्राष्ट्रिय दायित्व भएको कुरा पनि महाधिवेशनले स्पष्ट गरेको छ ।

महाधिवेशनको उद्घाटन कार्यक्रमको प्रारम्भ, अन्तर्राष्ट्रिय गीतका साथै सुरु भयो । कामरेड हर्षको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रको सञ्चालन का. सुरजले गर्नुभएको थियो । पार्टीका प्रवक्ता कामरेड रामप्रकाश पुरीले स्वागत भाषण गरेपछि महामन्त्री कामरेड मोहनविक्रम सिंहले पानसमा दीप प्रज्वलित गरेर महाधिवेशनको उद्घाटन गर्नुभएको थियो । त्यसपछि नवौ“ महाधिवेशनको सफलताका लागि विदेशी भाइचारा पार्टी एमएलपीडी जर्मनका प्रतिनिधि का. पिटर, बैधानिक मोर्चाबाट का. सरद, साम्राज्यवाद विरोधी मोर्चाका प्रतिनिधि का. संस्करण, युवक मोर्चाबाट का. मञ्जु श्री, मजदुर मोर्चाबाट का. विश्व, किसान मोर्चाबाट का. विजय, महिला मोर्चाबाट का. हिमाली, विद्यार्थी मोर्चाबाट का. सफल, बुद्धिजीवी मोर्चाबाट का. चेतन, जनजाति मोर्चाबाट का. पासाङ, समता मोर्चाबाट का. एकलव्य, सांस्कृतिक मोर्चाबाट का. उत्सव, शिक्षक मोर्चाबाट का. पुञ्ज, कानुन व्यवसायी मोर्चाबाट का. प्रज्ज्वल, तराई मधेश जनवादी मोर्चाबाट का. सञ्जय, मूल प्रवाहबाट का. निरज, अन्तर्राष्ट्रिय नेपाली एकता समाजबाट का. सन्तोष, पत्रकार मोर्चाबाट का. सागर, उद्योग व्यापार सङ्घकोतर्फबाट का. कु“वेरले अतिथिकोतर्फबाट शुभकामना मन्तव्य दिनुभएको थियो ।

उद्घाटन कार्यक्रमको अवसरमा लामो समयसम्म पार्टीमा योगदान दिनु भएका वयोवृद्ध कामरेडहरू क्रमशः का. प्रदीप प्यूठान, का. गौरव (प्यूठान), का. शिव (बागलुङ), का. ओम (बागलुङ), का. रमण (कैलाली), का. भौम (बर्दिया), का. गर्जन (प्यूठान), का. ज्वाला (दाङ), का. जञ्जीर (रोल्पा), का. अमर (प्यूठान)लाई कामरेड मोहनविक्रम सिंहले अविर, माला र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । त्यसका साथै केही समय पहिले निधन हुनुभएका कामरेड जयकृष्ण सञ्ज्याल (कालिकोट)लाई पनि सम्मान गरिएको थियो ।

महाधिवेशनमा भारतमा हुन थालेको चुनावका कारणले भाइचारा प्रतिनिधि पठाउन नसकेको भनी भाकपा (जनदिशा)ले शुभकामना सन्देश पठाएको थियो । त्यही प्रकारले महाधिवेशनको समयभन्दा केही पछि बङ्गलादेश शोसलिष्ट पार्टीले पनि शुभकामना सन्देश पठाएको थियो ।

अन्तमा कामरेड हर्षले उद्घाटन कार्यक्रमको समापन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रमपछि महाधिवेशनको बन्द सेशन सुरु भयो । आयोजक समितिकातर्फबाट का. सुरजले अध्यक्षमण्डलको लागि का. विश्वास, का. सञ्जय, का. निरज, का. जेनी र का. सन्तोष रहेको ५ सदस्यीय अध्यक्ष मण्डलको नाम प्रस्तावित गर्नुभएको थियो । हाउसबाट त्यसको अनुमोदन भएपछि बन्दशेसनको कार्यक्रम प्रारम्भ   भयो ।

हाउसमा का. मोहनविक्रम सिंहले राजनीतिक प्रतिवेदन, का. सुरजले सङ्गठनात्मक प्रस्ताव, का. रामप्रकाश पुरीले न्यूनतम कार्यक्रममा संशोधन प्रस्ताव र कामरेड विश्वासले विधानमा संशोधन प्रस्ताव छलफलको लागि प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावहरू मध्ये राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्तावमा दशवटा ग्रुपहरू बनाएर छलफल गरिएको थियो भने, न्यूनतम कार्यक्रमको प्रस्ताव र विधानमा संशोधन प्रस्तावहरूमा हाउसमा नै छलफल गरिएको थियो । अन्तमा सबै प्रस्तावहरू सर्वसम्मतिबाट पारित भएका थिए ।

महाधिवेशनले ४७ सदस्यीय केन्द्रीय समितिको गठन गरेको छ, जसमा २९ जना पूर्ण सदस्य, ९ जना वैकल्पिक सदस्य र ९ जना सल्लाहकार हुनुहुन्छ । उक्त केन्द्रीय समितिमा एकजना महामन्त्री र दुईजना वैकल्पिक सदस्य सहित ९ जनाको पीवीएम र महामन्त्री सहित तीन जनाको कार्यालय बनेको छ ।

नया“ निर्वाचित समितिले १० प्रतिशत अस्थायी सदस्य सहित २२९ जनाको राष्ट्रिय परिषद् गठन गरेको छ । नवनिर्वाचित केन्द्रीय समितिले आठौ“ महाधिवेशनदेखि नवौ“ महाधिवेशनसम्मको हिसाबको लेखापरिक्षणको लागि तीनजनाको लेखा परीक्षण समितिको पनि गठन गरेको छ । राष्ट्रिय परिषद् र लेखा परक्षिण समितिलाई महाधिवेशनले अनुमोदन गरेको छ ।

अन्तमा का. शरदको अध्यक्षता र का. समीर सिंहको सञ्चालनमा समापन कार्यक्रम सम्पन्न भयो । त्यो समापन कार्यक्रममा महामन्त्री का. मोहनविक्रम सिंह, पीवीएम का. हर्ष, एमएलपीडीका का. पीटर र गाभी, मूल व्यवस्थापन समितिकातर्फबाट का. सन्देश, हाउसकातर्फबाट का. रोजा, स्वयं सेवककातर्फबाट का. सहर्षले मन्तव्य राख्नु भएको थियो ।

अन्तमा का. शरदले आÇनो मन्तव्य सहित महाधिवेशनको कार्यक्रमको समापन गर्नुभएको थियो ।

राजनीतिक प्रतिवेदनमा गतकालको मूल्याङ्कन, अन्तर्राष्ट्रिय परिस्थिति र विश्व कम्युनिस्ट आन्दोलनको मूल्याङ्कन तथा देशका राजनीतिक शक्तिहरूको पनि विश्लेषण गर्दै देशको तात्कालिक राजनीतिक परिस्थितिसम्बन्धी नीतिहरूको निर्धारण गरिएको छ । 

पार्टीको तत्कालीन कार्यदिशा निर्धारण गर्ने बेलामा सर्वप्रथम यो कुरा स्पष्ट गरिएको छ कि हाम्रा दीर्घकालीन उद्देश्यहरू समाजवाद र साम्यवाद हुन् । तर नेपालको विशिष्ट ऐतिहासिक अवस्थामा नया“ जनवादी क्रान्ति नै हाम्रो अहिलेको आधारभूत कार्यक्रम हो । त्यो कार्य कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र दीर्घकालिन जनयुद्धद्वारा नै सम्भव हुनेछ भन्ने हाम्रो दृढ विश्वास छ । तर अहिलेको अन्तर्राष्ट्रिय र नेपालको समेत स्थितिमाथि ध्यान दिंदा त्यसरी सशस्त्र सङ्घर्ष सञ्चालन गर्नु सम्भव छैन । त्यसैले हामीले देशको तात्कालिक स्थितिमा शान्तिपूर्ण आन्दोलनलाई नै सङ्घर्षको प्रधान स्वरूपको रूपमा लिनुपर्दछ । चुनावको सम्बन्धमा विचार गर्दै राजनीतिक प्रतिवेदनमा भनिएको छ ः आवश्यकताअनुसार चुनावको बहिष्कार र उपयोगका दुवै नीति अपनाउन सकिन्छ । तर तत्कालको अवस्थामा हाम्रो पार्टीले एकातिर चुनावको उपयोग गर्दै संसदीय प्रणालीको भण्डाफार गर्ने र जनआन्दोलनमा जोड दिने नीति अपनाएको छ ।

हाम्रो पार्टीले प्रतिगमनको खतरालाई अत्यन्त गम्भीर रूपमा लिएको छ । त्यो खतरा पहिलेभन्दा झन् गम्भीर यस कारणले भएको छ कि अहिले भारतका कट्टर हिन्दूवादी शासक वर्गद्वारा पनि नेपालका प्रतिगामी शक्तिहरूलाई समर्थन प्राप्त भइरहेको छ । भारतका कट्टर हिन्दूवादी शासक वर्गहरूले धर्मको आडमा फासिष्ट शासन कायम गर्ने प्रयत्न गरिरहेका छन् । चुनावमा उनीहरूको जीत भएमा नेपालमा प्रतिगमन र फासिष्ट शासनको खतरा बढेर   जानेछ । भारतमा हिन्दु फासिष्टवादीहरूको शक्ति बढ्दै गएको देखेर नेपालका कतिपय प्रमुख राजनीतिक शक्तिहरूले पनि धर्मनिरपेक्षताको विरोध गर्दै नेपालमा हिन्दू राज्यको स्थापना गर्ने नीति अपनाउने सम्भावना बढ्दै गइरहेको छ । त्यसले पनि नेपालमा प्रतिगमनको खतरा अरू बढेर जाने सम्भावना छ । एमालेले दुईदुईपल्ट संसदको विघटन गरेर प्रतिगमनको दिशा समातेको आम रूपमा थाहा भएको कुरा हो । अहिले त्यसले राजाको पुनस्र्थापनाको विरोधमा आवाज उठाएको पाइन्छ । तर त्यसले दुईदुईपल्ट संसदको विघटन गरेको र अधिनायकवादी प्रवृत्तिको प्रदर्शन गरेको हुनाले त्यसमाथि पूरै विश्वास गर्न सकिने स्थिति छैन ।

हामीले प्रतिगमनका विरुद्ध पा“च दलीय गठबन्धन बनाएर काम गरेका थियौ“ । तर त्यो गठबन्धनमा भएका कतिपय पक्षहरूले इमान्दारितापूर्वक काम नगरेको तथा सत्ताका लागि गठबन्धनलाई स्वेच्छाचारी प्रकारले तोड्ने समेत काम गरेको हुनाले अहिले देशमा प्रतिगमनका विरुद्ध कुनै गठबन्धनको अस्तित्व रहन गएको छैन । त्यसले गर्दा पनि प्रतिगमनका विरुद्धको सङ्घर्ष बढी कठिन हुन गएको छ । तर त्यो कुरा जे भएपनि हामीले प्रतिगमनका विरुद्ध आउने सबै शक्तिहरूसित एकता कायम गर्ने प्रयत्न गरेर र जनतामाथि भर गरेर प्रतिगमनका विरुद्धको सङ्घर्षलाई शक्तिशाली प्रकारले अगाडि बढाउन प्रयत्न गर्नुपर्ने आवश्यकता छ ।

आज देशमा राष्ट्रियतामाथिको खतरा पनि धेरै नै गम्भीर भएर गएको छ । खास गरेर नेपालको भूराजनीतिक स्थिति समेतमाथि ध्यान दिंदा भारतीय साम्राज्यवादबाट नेपालको राष्ट्रियतामाथि सबैभन्दा बढी खतरा छ । त्यसमाथि अमेरिकाको हस्तक्षेप पनि लगातार बढ्दै गइरहेको छ । खास गरेर चीनका विरुद्ध सैनिक मोर्चाबन्दीको उद्देश्य पूरा गर्नको लागि त्यसले नेपालको भूमिलाई रणनीतिक रूपले प्रयोग गर्न चाहन्छ । नेपालका विभिन्न राजनीतिक शक्तिहरूले अमेरिकाप्रति सम्झौतापरस्त र दब्बु नीति अपनाए पनि उनीहरूले चीनसित पनि मैत्रीपूर्ण सम्बन्ध राख्ने नीति अपनाएकाले अमेरिकाले उनीहरूको सट्टा नेपालमा प्रत्यक्ष रूपले आÇनै निर्देशनमा चल्ने सरकारको स्थापना गर्न चाहन्छ र त्यसले नेपालमा त्यस प्रकारको सरकारको गठनको लागि प्रत्यक्ष रूपले आÇनै निर्देशनमा चल्ने पार्टीको गठनका लागि सुनियोजित प्रकारले काम गरिरहेको छ । त्यो नेपालको लागि अत्यन्त गम्भीर खतराको कुरा हो ।

नेपालको राजनीतिको एउटा गम्भीर कमजोर पक्ष यो हो कि, नेपालका विभिन्न राजनीतिक पार्टीहरूले प्रतिगमन र खास गरेर साम्राज्यवादी शक्तिहरूप्रति ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीति अपनाउने गरेका छन् । त्यसले गर्दा एकातिर प्रतिगामी शक्तिहरू, र अर्कातिर, साम्राज्यवादी शक्तिहरूलाई धेरै नै बल पुग्ने गरेको छ । यहा“सम्म कि नेपालका अन्य कतिपय वामपन्थी समूहहरूले पनि प्रतिगमनप्रति प्रत्यक्ष वा अप्रत्यक्ष प्रकारले सम्झौतापरस्त नीति अपनाएका छन् भने भारतलाई साम्राज्यवादी देशको रूपमा स्वीकार गर्न पनि उनीहरू तयार भएका छैनन् । उक्त कारणहरूले पनि नेपालको प्रतिगमन वा साम्राज्यवादका विरुद्धको सङ्घर्ष धेरै नै कमजोर अवस्थामा छ । ने.क.पा.    (मसाल) ले नै उक्त प्रश्नहरूमा दृढ नीति अपनाउ“दै आएको छ । अन्तमा, सही राजनीतिक लाइन नै निर्णयात्मक कुरा  हो । त्यसैले सही राजनीतिक लाइनको पक्षमा जनमत बढ्दै जानेछ र अन्तमा देशमा शक्तिशाली जनआन्दोलन उठेर प्रतिगामी र साम्राज्यवादी शक्तिहरूमाथि विजय प्राप्त गर्नु सम्भव हुनेछ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ । महाधिवेशनले देशमा बिग्रदै गएको आर्थिक अवस्था, कृषि, उद्योग, व्यापार र जनजीवन समेतको दुरावस्था, देशमा बढिरहेको भ्रष्टाचार, महङ्गी आदि समेतमाथि विचार गर्दै जनताका प्रगतिशील र न्यायपूर्ण मागहरू तथा देशको दिगो विकासका लागि पनि जनतालाई सचेत गर्दै सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिएको   छ । महाधिवेशनले विश्वमा बढ्दै गएको युद्धको अवस्था वा तेस्रो विश्वयुद्ध र आणविक युद्ध समेतको खतरामाथि गम्भीरतापूर्वक विचार गरेको छ । त्यस सिलसिलामा संसारका विभिन्न देशहरूमा लोकतन्त्र समाप्त हु“दै गएर फासिवादी सरकारहरूको स्थापना हु“दै गएको कुराप्रति पनि राजनीतिक प्रतिवेदनले विशेष ध्यान दिएको छ र विश्वस्तरमा साम्राज्यवाद र फासिवादका विरुद्ध संयुक्त मोर्चा बनाउने आवश्यकतामा विशेष जोड दिएको छ । 

हाम्रो पार्टीको आठौ“ महाधिवेशनले भारतका साथै चीनलाई पनि साम्राज्यवादी देश घोषित गरेको थियो । नवौ“ महाधिवेशनले पनि त्यो निर्णयलाई कायम राखेको छ । तर त्यस सन्दर्भमा हामीले यो पनि प्रष्ट गर्न चाहन्छौ“ कि चीन साम्राज्यवादी देश भए पनि नेपालमा अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादको नेपालमाथि बढिरहेको हस्तक्षेपका विरुद्ध नियन्त्रण र सन्तुलनका लागि चीनसितको मित्रताले सकारात्मक महŒव राख्दछ । त्यसैले नेपालको भूराजनीतिक स्थिति समेतमाथि ध्यान दिंदा चीनसितको मित्रतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ र त्यसका साथै कालापानी क्षेत्रलाई नेपालको क्षेत्रमा नदेखाएर चीनले जुन नक्सा प्रकाशित गरेको छ, त्यसको महाधिवेशनले विरोध गरेको छ ।

महाधिवेशनले एमसीसी र बीआरआई दुवैलाई समकक्षमा राखेर विरोध गर्ने नीतिलाई गलत ठहराएको छ र विरोध गरेको छ । एमसीसीको उद्देश्य निश्चित रूपले नेपाललाई अमेरिकी सुरक्षा नीतिको घेराभित्र ल्याउने र त्यसरी नेपाललाई चीनका विरुद्ध युद्धभूमि बनाउने हो भने, बीआरआईको उद्देश्य नेपालको विकासमा सहयोग गर्ने र उत्तरतर्फ पनि नेपालको यातायातलाई खुला गर्ने हो । त्यसरी यी दुवैलाई समकक्षमा राखेर विरोध गर्ने नीतिलाई हाम्रो पार्टीले गलत ठहराएको छ ।

हाम्रो पार्टीले पहिले बनेको गठबन्धन र त्यसको सरकारलाई समर्थन गरेको थियो । तर अहिले बनेको गठबन्धन एमाले र कथित स्वतन्त्र पार्टी समेतसित मिलेर बनेको हुनाले त्यसको विरोध गरेको छ । तर अहिले जुन गठबन्धन बनेको छ, त्यो पनि स्थायी रहने सम्भावना देखिंदैन । प्रथमतः अहिलेको गठबन्धन ‘स्वतन्त्र पार्टी’को वैशाखीमा टिकेको छ र आÇनो अस्तित्व बचाउनका लागि प्रचण्ड सरकारले त्यसको सहकारीतासम्बन्धी भ्रष्टाचारको भारीलाई पूरै बोक्नु परेको छ । त्यो अवस्थामा प्रचण्ड सरकार कहिलेसम्म टिक्ने हो ? अनिश्चित छ । द्वितीय, नेकाभित्रको प्रतिपक्षले पहिलेदेखि नै एमालेसित गठबन्धन गरेर सरकार बनाउने कुरामा जोड दिंदै आएको छ र त्यसले अहिले पनि त्यही रणनीतिअन्तर्गत काम गरिरहेको छ । त्यो अवस्थामा वर्तमान गठबन्धन सरकारको अस्तित्व धरापमा नै परेको कुरा प्रष्ट छ । तृतीय, अमेरिकाको लागि नेपालमा कुनै पनि प्रकारको वामपन्थी शक्तिहरूको सरकार सैह्य हुन्न । त्यसकारण त्यसले पनि वर्तमान सरकारमाथि कुनै पनि बेला बज्र प्रहार गर्न सक्दछ ।

महाधिवेशनले गतकालमा विभिन्न पक्षहरूसित गठबन्धन वा तालमेल गर्ने नीतिप्रति पनि प्रश्न उठाएको छ । गतकालका चुनावी तालमेलहरूमा अन्य पक्षहरूले इमानदारिता नदेखाएको पृष्ठभूमिमा आगामी चुनावहरूमा त्यस प्रकारको तालमेलको औचित्यताबारे अनिश्चियता उत्पन्न भएको छ । हामीले चुनावसम्बन्धी तालमेलको समझदारीलाई इमानदारितापूर्वक नै लागू गर्ने गरेका छौ“ । तर अन्य पक्षहरूले स्थानीय, प्रदेश वा सङ्घका चुनावमा अन्तरघात गरेका कैयौ“ उदाहरणहरू छन् । त्यो अवस्थामा चुनावसम्बन्धी तालमेल गर्नेबारे गम्भीरतापूर्वक विचार वा पुर्नविचार गर्नु आवश्यक हुनेछ वा एक्लै पनि चुनावमा जान तयार हुनु पर्नेछ ।

आठौ“ महाधिवेशनदेखि अहिलेसम्मको हाम्रो पार्टीको इतिहास सङ्घर्षले भरिएको छ । आठौ“ महाधिवेशनको लगत्तैपछि हामीले देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रमहरू बनाएका थियौ“ । तर कोरोनाका कारणले ती सबैलाई रोक्नु परेको थियो । पछि पनि हामी एमालेको नेतृत्वको प्रतिगमनका विरुद्ध संयुक्त आन्दोलनदेखि विभिन्न स्तरका चुनाव, कालापानी, एमसीसी, भ्रष्टाचार र महङ्गी, प्रतिगमनको खतरा र अमेरिकी साम्राज्यवादका विरुद्ध सङ्घर्षमा लगातार सक्रिय रहने गरेका छौ“ । अब पनि आवश्यकताअनुसार त्यस प्रकारको सङ्घर्षको नीतिमा निरन्तरता रहने कुराको जानकारी गराउन चाहन्छौ“ ।

सशस्त्र द्वन्द्वकालमा सरकार वा माओवादी पक्षबाट भएका विभिन्न प्रकारका अमानवीय र अपराधजन्य कारवाहीहरूद्वारा पीडित जनतालाई न्याय दिने कार्य अहिलेसम्म हुन सकेको छैन । सशस्त्र द्वन्द्वका दौरानमा भएका हत्या वा हिंसाका कारवाहीहरूबारे शान्ति सम्झौतापछि कुनै कारवाही गर्नुपर्ने आवश्यकता छैन । तर दुवै पक्षद्वारा निअपराध जनतामाथि भएका हत्या, हिंसा, बलात्कार आदि अपराधजन्य कारवाहीहरूबारे निष्पक्ष र उच्चस्तरीय छानवीन गरेर दोषिहरूलाई अपराधअनुसार सजाय दिने कार्यमा धेरै ढिलाइ भएको छ । हामीले छिटोभन्दा छिटो उक्त कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौ“ ।

महाधिवेशनमा पारित सङ्गठनात्मक प्रस्तावमा एउटा जुझारु, अनुशासित र लेनिनवादी सिद्धान्तहरूमाथि आधारित कम्युनिस्ट पार्टीको स्थापनामा विशेष जोड दिइएको छ । अहिले विश्वस्तरमा नै लेनिनवादी सङ्गठनात्मक प्रणालीमा आइरहेको विचलन र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि त्यसको असर बढ्दै गएको हुनाले त्यस प्रकारको कम्युनिस्ट पार्टीको गठन एउटा अत्यन्त कठिन, जटिल र कष्टसाध्य कार्य हो । तैपनि अहिले हाम्रो पार्टीको अवस्था, कार्यशैली र दृष्टिकोणमा क्रान्तिकारी रूपान्तरण गर्दै त्यस प्रकारको क्रान्तिकारी पार्टीको निर्माणको उद्देश्यलाई पूरा गर्ने निश्चय गरेका छौ“ । किनभने त्यो अहिलेको देशको राष्ट्रिय आवश्यकता पनि हो । त्यस प्रकारको पार्टी बिना आज देशमा गम्भीर बन्दै गएका प्रतिगमन र साम्राज्यवादको खतराका विरुद्ध तथा जनजीवनसित जोडिएका समस्याहरूबारे शक्तिशाली आन्दोलन उठाउनु सम्भव हुने छैन । तर त्यो कार्य हामीले एक्लै होइन, सबै प्रगतिशील, वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूसित एकता गरेर नै पूरा गर्न सक्ने छौ“ र त्यसका लागि हामीले इमानदारितापूर्वक पहलकदमी पनि गर्नेछौ“ ।

हाम्रो पार्टीको केन्द्रीय समितिको छिट्टै बस्ने अर्को बैठकले उक्त सबै विषयहरूमा ठोस कार्यक्रम बनाएर योजनावद्ध प्रकारले काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...