Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
पेरुमा फेला परे सबैभन्दा लामो आयु भएका व्यक्ति, जसले मनाए १२४ औँ जन्मोत्सव - Gyaan Ghar

Gyaan Ghar

Advertisement

पेरुमा फेला परे सबैभन्दा लामो आयु भएका व्यक्ति, जसले मनाए १२४ औँ जन्मोत्सव


काठमाडौँ, ३० चैत । पेरु सरकारले संसारकै सबैभन्दा वृद्ध व्यक्ति आफ्नो देशमा रहेको दाबी गरेको छ । 

यसै महिना इंग्ल्याण्डका एक १११ वर्षीय पुरुषलाई विश्वको सबैभन्दा वृद्ध पुरुष घोषित गरिएको थियो तर  पेरुभियन सरकारले दाबी गरेको छ कि उनको देशमा १२४ वर्ष उमेरको जीवित व्यक्ति छन्, उनी पेरुको मात्रै होइन, सिङ्गो विश्वको सबैभन्दा वृद्ध मानिस हुन ।

मार्सेलिनो अबाद टोलेन्टिनो उर्फ ​​मासिको नामका व्यक्ति पेरुको हुआनुकोको पहाडी क्षेत्रमा बस्छन्। हालै मात्रै पेरुको सरकारले एक विज्ञप्ति जारी गर्दै मार्सेलिनो विश्वकै सबैभन्दा वृद्ध व्यक्ति भएको बताएको छ । ह्वानुको क्षेत्रको मौसम नै मार्चेलिनोको लामो आयुको रहस्य रहेको पनि बताइएको छ ।

सरकारले विश्वको सबैभन्दा जेठो व्यक्ति हुनुका साथै अहिलेसम्म सबैभन्दा लामो आयु बाँच्ने एक मात्र व्यक्ति भएको बताएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हुआनुकोको वनस्पति र जीवजन्तुको शान्तिको बिचमा मार्सेलिनोले स्वस्थ जीवनशैली र आन्तरिक शान्ति फेला पारेका छन् । जुन उनीहरूको राम्रो स्वास्थ्य र व्यवहारमा झल्किन्छ। त्यसैले उनले आफ्नो जीवनको १२ दशक लचिलोपन र कौशलताका साथ बिताउन सफल भए ।

हिउँले ढाकिएका पहाडहरू, तातो उपत्यका र अमेजन जङ्गलहरूका साथै हुआनुको सहर पहाड र हरियो जङ्गलले घेरिएको छ। पेरुको यो सहरमा रहेका पुरातात्त्विक भग्नावशेष र मन्दिरहरू हेर्न टाढा टाढाबाट पर्यटक आउँछन्।

मार्सेलिनो के खान्छन् त ?

मार्सेलिनोले अप्रिल ५ मा आफ्नो १२४ औँ जन्मदिन मनाएका थिए । उनी पेसाले किसान भएको बताइएको छ । उनको जन्म सन् १९०० मा भएको दाबी गरिएको छ । पेरुका अधिकारीहरूले मार्सेलिनोलाई गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सरकारले सहयोग गरिरहेको बताएका छन्। विज्ञहरूको टोलीले मार्सेलिनोको जन्मसँग सम्बन्धित कागजातहरू पनि जाँच गर्नेछ ताकि यो उपलब्धिलाई कुनै शङ्का नगरी प्रमाणित गर्न सकिन्छ।

न्यूयोर्क पोस्टमा प्रकाशित समाचार अनुसार  सन् २०१९ मा छागला नामक सानो गाउँमा पहिलो पटक उनको परिचय खुलाइएको थियो । त्यसपछि सरकारले उनलाई परिचयपत्र र पेन्सन उपलब्ध गराएको थियो । मार्सेलिनोले आफ्नो आहारमा फलफूल र मासु समावेश गरेको बताइएको छ । उनी कोका पात चपाउन पनि मन पराउँछन्।

भर्खरै मात्रै इङ्गल्यान्डका जोन अल्फ्रेड टिनिसवुडलाई आधिकारिक रूपमा विश्वको सबैभन्दा वृद्ध जीवित व्यक्ति घोषित गरिएको थियो। जोन १११ वर्षका छन्। योसँगै सबैभन्दा लामो समय बाँच्ने व्यक्तिको कीर्तिमान उनको नाममा गिनिज बुकमा दर्ता भएको छ । तर अब मार्सेलिनो उनलाई चुनौती दिन आउँदै छन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...