कमरेडस्,
सर्वप्रथम ने.क.पा. (मसाल)को केन्द्रीय समितिका तर्फबाट हामीले हाम्रो पार्टीको नवौ“ महाधिवेशनमा आउनु भएका
सबै प्रतिनिधि, पर्यवेक्षक, अतिथि, भाइचारा प्रतिनिधि तथा दर्शक र स्वयंसेवक समेतलाई क्रान्तिकारी अभिनन्दन गर्न
चाहन्छौ“ ।
यो नवौ“ महाधिवेशनले निर्णय गर्ने नीति, कार्यक्रम समेतबाट अहिले विश्वमा र नेपालमा समेत पैदा भएको गम्भीर
प्रकारको परिस्थितिको सामना गर्नलाई हामीलाई समर्थ बनाउनेछ भन्ने कुरामा हामीले पूरा आशा र विश्वास गरेका
छौ“ । हाम्रो पार्टीको आठौ“ महाधिवेशन २०७६ सालको जेठमा सम्पन्न भएको थियो । त्यसको पुगनपुग ५ वर्षपछि
हाम्रो यो नवौ“ महाधिवेशन हु“दैछ । आठौ“ महाधिवेशनदेखि यो महाधिवेशनसम्मको अवधिमा देशभित्र र विदेशमा
समेत गम्भीर प्रकारका घटनाहरू घटेका छन्।
यो बताउ“दा हामीलाई धेरै खुसी लागिरहेको छ कि अन्तर्राष्ट्रिय र देशभित्र घटेका त्यस प्रकारका घटनाहरूप्रति हाम्रो
पार्टीले लगातार ठोस नीति अपनाएर तिनीहरूका विरुद्ध आवाज उठाउ“दै वा सब्घर्ष गर्दै आएको छ ।
देशभित्र प्रतिगमनको खतरा झन्पछि झन् बढ्दै गइरहेको छ । राजावादीहरू ता गणतन्त्रलाई समाप्त गरेर
राजतन्त्रको पुनस्र्थापना तथा धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दुराष्ट्र बनाउनको लागि लामो समयदेखि
अभियान चलाउ“दै आएका छन्। एमालेको दुई दुई पल्ट संसदलाई विघटन गर्ने कार्यबाट पनि प्रतिगमनलाई धेरै नै
मदत पुगेको थियो । भारतका कट्टर हिन्दुवादी शासकवर्गहरूले पनि नेपालका प्रतिगामी शक्तिहरूलाई बल पु¥याउने
काम गरिरहेका छन् । हाम्रो पार्टीले प्रतिगमनका विरुद्ध आउने राजनीतिक शक्तिहरूस“ग मिलेर प्रतिगमनको
खतरालाई रोक्न लगातार सब्घर्ष गर्दै आएको छ र त्यसमा गठबन्धनलाई महŒवपूर्ण सफलता पनि प्राप्त भएको छ
। आउने दिनहरूमा पनि हाम्रो त्यो नीति कायम रहनेछ । गत कालमा प्रतिगमनका विरुद्धको कार्यगत एकता वा
गठबन्धनलाई लगातार, इमानदारीपूर्वक तथा दृढतापूर्वक अगाडि बढाउने हाम्रो नीति रहेको थियो । तर अन्य
पक्षहरूले बारम्बार देखाएका ढुलमुल, अवसरवादी र अन्तरघातका कारणले त्यस प्रकारको गठबन्धनमा बारम्बार
बाधा पुग्ने वा समस्याहरू उत्पन्न हुने गरेका छन्।
हामीले मुख्य रूपले प्रतिगमनलाई रोक्नको लागि नीतिगत आधारमा नै त्यस प्रकारको गठबन्धनमा जोड दिने गरेका
थियांै । तर अन्य कतिपय पक्षहरूले त्यसलाई सत्ता प्राप्तिको साधनको रूपमा उपयोग गर्ने प्रयत्न पनि गरे । त्यस
प्रकारको नीतिका कारणले गठबन्धन कमजोर हुने, टुट्ने र त्यसबाट प्रतिगमनलाई मदत पुग्ने काम त भयो नै
त्यसका साथै त्यस प्रकारका कार्यहरूबाट देशमा गम्भीर प्रकारका दुष्परिणामहरू हुने सम्भावनालाई पनि अस्वीकार
गर्न सकिन्न ।
देशमा साम्राज्यवादी शक्तिहरूको हस्तक्षेपकारी भूमिका पनि लगातार बढ्दै गइरहेको छ । भारतीय साम्राज्यवादले
हाम्रो कालापानी समेतको क्षेत्रलाई कब्जा गरेको छ भने, देशका सिमाहरूको अतिक्रमण सहित अन्य कैयौ“ प्रकारले
नेपालमा आÇनो हस्तक्षेप बढाउ“दै लगिरहेको छ । अमेरिकी साम्राज्यवादले नेपाललाई आÇनो सैनिक रणनीति पूरा
गर्नको लागि नेपालमाथि आÇनो प्रभाव बढाउ“दै लगिरहेको छ । र नेपाललाई आÇनो सैनिक रणनीति अन्र्तगत
ल्याउनको लागि त्यसले नेपालसित एमसीसीको सन्धि गरिसकेको छ । अब त्यसले नेपालको सम्पूर्ण राष्ट्रियतालाई
आÇनो नियन्त्रणमा लैजानका लागि तथा सम्पूर्ण नेपाललाई आÇना साम्राज्यवादी उद्देश्य पूर्तिको थलो बनाउनको
लागि नेपालमा आÇनो प्रत्यक्ष निर्देशनमा चल्ने राजनीतिक गु्रप समेतको गठन गरेर दीर्घकालीन योजना सहित काम
गरिरहेको छ । नेपालमा सबै साम्राज्यवादी देशहरूका त्यस प्रकारका नीति र कार्यहरूका विरुद्ध हाम्रो पार्टीले
लगातार आवाज उठाउ“दै वा सब्घर्ष गर्दै आएको छ र नवौ“ महाधिवेशनपछि पनि हामीले यो नीतिलाई अरू जोडदार
प्रकारले अगाडि बढाउने प्रयत्न गरिरहने छौ“ ।
यो कुराप्रति हामीलाई गम्भीर चिन्ता र क्षोभ पनि छ कि देशका अन्य विभिन्न राजनीतिक शक्तिहरू वा सामाजिक
सब्गठनहरूमा समेत साम्राज्यवादी शक्तिहरूप्रति काफी हदसम्म सम्झौतापरस्त दृष्टिकोण देखापर्ने गरेको छ ।
त्यसबाट देशको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर खतरा पुग्ने सम्भावना छ । त्यस प्रकारको अत्याधिक
प्रतिकूल अवस्थामा पनि हाम्रो पार्टीले जनतामा साम्राज्यवादको विरुद्ध चेतना उठाउने र विभिन्न प्रकारका
अभियानहरूको सञ्चालन गर्ने गर्दै आएको छ ।
नवौ“ महाधिवेशनले हाम्रो पार्टीलाई अरू एकताबद्ध, सब्गठित र जुझारू बनाउ“दै, अहिले देशमा आन्तरिक रूपले वा
विदेशबाट देखापरेका सबै खतराहरूका विरुद्ध सब्घर्षको लागि अरू शक्तिशाली बनाउने छ भन्ने कुरामा हामीलाई
दृढ विश्वास छ ।
आज देशमा जनताको जीवन झन्झन्कष्टकर हु“दै गइरहेको छ । देशमा उद्योग, व्यापार आदिको अवस्था झन्झन्
बिग्र“दै गइरहेको छ र देशमा अघोषित प्रकारको आर्थिक मन्दीको स्थिति उत्पन्न भएको छ । लगातार हुने
सरकारहरूको परिवर्तनले देशमा गम्भीर प्रकारको राजनीतिक अस्थिरताको अवस्था उत्पन्न भएको छ ।
गत एकाध वर्षमा देशमा कैया“पल्ट सरकारहरूको फेरवदल भएको छ । अहिले हालै बनेको नया“ गठबन्धन
सरकारको पनि छिट्टै फेरवदल हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिलेको सरकार बनेपछि त्यसलाई पुनः
बदल्ने र झन् प्रतिक्रियावादी सरकारको गठन गर्नका लागि देशी र विदेशी शक्तिहरू क्रियाशील भइरहेका छन्।
त्यसलाई पनि हामीले गम्भीर र खतराका रूपमा लिन्छौ“ र त्यसबाट देशमा गम्भीर प्रकारको अनिष्ट हुनेतिर पनि
हाम्रो पार्टीको पूरा ध्यान छ । सुनको तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवासको जग्गा हिनामिना काण्ड,
गिरीबन्धु टि स्टेट, वाइडवोडी काण्ड आदि जस्ता भ्रष्टाचारका गम्भीर प्रकृतिका मुद्दाहरू बढ्दै गइरहेका छन्।
अरवौ“ रुपैया“को सहकारी हिनामिनाको कारणले पनि लाखौ“ जनता पीडित भएका छन्। सहकारी हिनामिना प्रकरणमा
खुला रूपले नै जिम्मेवार देखिएका व्यक्ति गृहमन्त्रालय जस्तो सम्वेदनशील मन्त्रालयमा बसेकाले त्यस प्रकारको
अपराधको अनियमितताको छानविनलाई प्रभावित गर्ने नै बढी सम्भावना छ । त्यस प्रकारका व्यक्तिहरूका हातमा
सरकार टिकाउनका लागि अब्क गणितीय सा“चो भएको हुनाले सरकार नाब्गो प्रकारले उनीहरूको समर्थनमा देखा
पर्नु परेको छ । त्यो देशका लागि अत्यन्त खतरनाक कुरा हो ।
देशमा बढिरहेको महब्गी र भ्रष्टाचारका कारणले पनि जनजीवन गम्भीर प्रकारले कष्टकर बन्दै गइरहेको छ ।
देशमा संसदीय प्रणाली छ । निरब्कुश राजतन्त्र वा तानाशाही व्यवस्थाका तुलनामा त्यो प्रगतिशील व्यवस्था हो ।
अहिले त्यसलाई समाप्त गर्नका लागि प्रतिगामी शक्तिहरूले सब्गठित रूपले अभियान चलाइरहेका छन्। त्यसकारण
विद्यमान बहुदलीय व्यवस्था र गणतन्त्रलाई बचाउन प्रतिगामी शक्तिहरूका विरुद्ध सब्घर्ष गर्नु अहिलेको हाम्रो
तात्कालिक कार्यनीति बनेको छ । निश्चय नै यो पनि हाम्रो दृढ विश्वास छ कि विद्यमान संसदीय वा बहुदलीय
व्यवस्थाहरूद्वारा जनताका आधारभूत समस्याहरूको समाधान हुन सक्दैन । त्यो अवस्थामा हाम्रो रणनीति विद्यमान
बहुदलीय व्यवस्थालाई समाप्त गरेर नया“ जनवादी क्रान्ति सम्पन्न गर्ने नै हुनुपर्दछ । त्यसका लागि परिस्थिति,
आत्मगत अवस्था र जनाधार तयार पार्दै लैजाने हाम्रो नीति हुनुपर्दछ र त्यही हाम्रो कार्यनीतिको आधारभूत उद्देश्य
पनि हुने छ ।
अहिले विश्व कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर र रक्षात्मक अवस्थामा भएको वास्तविकताप्रति पनि हाम्रो पार्टीको
ध्यान छ । तर यो कुरामाथि हाम्रो पूरा विश्वास छकि यो अस्थाई अवस्था हो र यो अवस्थामा क्रान्तिकारी परिवर्तन
हुने कुरा निश्चित छ । अन्तमा विश्वमा समाजवादी क्रान्ति सफल हुने छ भन्ने कुरामाथि हामीलाई पूरा विश्वास छ
र त्यसलाई कुनै शक्तिले रोक्न सक्नेछैन । तर त्यो कार्य स्वतस्फुर्त रूपले हुने छैन र त्यसका लागि संसारभरका
मेहनतकश जनता, माक्र्सवादी–लेनिनवादीहरू र क्रान्तिकारीहरूले ठोस भूमिका खेल्नुपर्ने आवश्यकता छ । त्यो
कार्यमा बढी भन्दा बढी योगदान दिन नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले पनि पूरा प्रयत्न गर्ने छ ।
आज विश्वमा साम्राज्यवाद र फासिवादको खतरा गम्भीर बन्दै गइरहेको छ । साम्राज्यवादी शक्तिहरूका बिचमा
अन्तर्विरोधहरू बढ्दै गइरहेका छन्, उनीहरूका हमलाका कारणले संसारका विभिन्न भागहरूमा युद्धहरू भइरहेका
छन्र तिनीहरूले विश्वयुद्ध वा आणविक युद्धको रूप लिने खतरा बढ्दै गइरहेको छ । त्यस सन्दर्भमा युक्रेन र
गा“जापट्टीमा समेत विश्वका ठुला साम्राज्यवादी शक्तिहरू संलग्न भएको हुनाले पनि त्यसप्रतिको खतरा गम्भीर हु“दै
गइरहेका छ । त्यस्तो भयो भने सम्पूर्ण मानवजातिको संहार हुने सम्भावना रहनेछ । त्यो अवस्थामा साम्राज्यवाद र
फासिवादका विरुद्ध अन्तर्राष्ट्रिय मोर्चा बनाएर सब्घर्ष गर्नु अहिलेको अन्तर्राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको
छ । त्यसरी नै विश्वमा शान्ति कायम हुन सक्नेछ र मानवजातिको पनि रक्षा हुने छ । यसका लागि अन्तर्राष्ट्रिय
स्तरमा साम्राज्यवाद र फासिवाद विरोधी संयुक्त मोर्चा बनिसकेको छ । तपाईंहरूलाई यो बताउ“दा पनि हामीलाई धेरै
खुसी लागिरहेको छ कि आइसीओआरले संसारभरि नै क्रान्तिकारी आन्दोलन बढाउन तथा साम्राज्यवाद र फासिवादका
विरुद्ध सब्घर्षमा तथा विश्व शान्तिको पक्षमा पनि क्रान्तिकारी भूमिका खेल्दै गइरहेको छ र त्यसमा हाम्रो पार्टीले
पनि बढी भन्दा बढी सहयोग पु¥याउने कोसिश गर्दै आएको छ ।
आज विश्वमा र नेपालमा पनि जुन गम्भीर प्रकारको राजनीतिक स्थिति उत्पन्न भएको छ, त्यसको सामना गर्नको
लागि अहिले हुन थालिरहेकोहाम्रो पार्टीको नवौ“ महाधिवेशनले सही नीति, कार्यक्रम तथा दिशा दिनेछ भन्ने हामीले
आशा र विश्वास गरेका छौ“ । नवौ“ महाधिवेशनका नीति, कार्यक्रम र निर्णयहरूका आधारमा देशमा बढिरहेको
प्रतिगमन र साम्राज्यवादको खतराका विरुद्धका साथै जनजीवनसित जोडिएका समस्याहरूको समाधानका लागि सबै
प्रगतिशील, वामपन्थी, जनतान्त्रिक जनतालाई समेत गोलबन्द गर्दै उच्च स्तरको आन्दोलन उठाउने हाम्रो प्रयत्न हुने
छ ।
अन्तमा हाम्रो यो महाधिवेशनमा सहभागी सबैलाई क्रान्तिकारी अभिनन्दन