health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । आज देखि एसीसी प्रिमियर कपको सुरुवात हुँदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रहेका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन् ।
प्रिमियर कपमा नेपाल समूह ए मा रहेको छ । समूह एमा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यस्तै समूह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेल आज अप्रिल १२ मा मलेसियासँग खेल्दै छ भने दोस्रो खेल अप्रिल १३ (शनिवार) कतारसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधवार) साउदी अरेबियासँग खेल्ने छ । नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराह्न ४: १५ बजेदेखि सुरु हुने छन् ।
समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुने छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजवंशी र विवेक यादव रहेका छन् ।