काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि आसिफ सेखले ३२, कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, गुलशन झाले अविजित १९ र सन्दीप जोराले अविजित १२ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।
मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्वाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहम्मद अमिरले १६ रन बनाएका थिए ।
नेपाली बलर दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहराले एक विकेट लिएका थिए ।
यो जितपछि नेपालले समूह ए मा २ अङ्क हासिल गरेको छ । अब नेपालले दोस्रो खेल शनिवार कतारसँग खेल्ने छ ।