काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै पाण्डेले आरोप लागेको मन्त्रीले आफू बाहिर हटेर आरोपबाट चोखिनु पर्नेमा जबरजस्ती गर्नुमा केही बदमासी छ भनेर शङ्का गर्ने ठाउँ रहेको बताए । उनले गृहमन्त्रीले आफूलाई चोखो ठान्छन् भने पछि हट्नुपर्ने टिप्पणी गरेका छन् ।
मङ्गलवारको बैठकमा काँग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता बारे संसदीय समितिको माग पुरा नभएसम्म संसद् चलन नदिने अडान राखेपछि बैठक बुधवारसम्मका लागि स्थगित भएको छ ।