Gyaan Ghar

Advertisement

न्युयोर्कमा भुकम्पः राष्ट्र सङ्घीय सुरक्षा परिषद् बैठक रोकियो


न्युयोर्क, २४ चैत । पछिल्लो केही दिनयता विश्वका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस भइरहेको छ । 

अमेरिकाको न्यु जर्सीस्थित प्लेनफिल्ड सहरमा शुक्रवार भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.५ मापन गरिएको छ । न्यूयोर्क सहर र पेन्सिलभेनियामा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पपछि सामाजिक सञ्जालमा सर्वसाधारणले भूकम्पबारे आ–आफ्ना प्रतिक्रिया दिएका छन् । तर, अहिलेसम्म कुनै क्षतिको खबर आएको छैन ।

अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार शुक्रवार न्यूयोर्क सहरमा ४.८ म्याग्निच्युडको सानो भूकम्प गएको थियो र यसको केन्द्रबिन्दु छिमेकी राज्य न्यु जर्सी थियो । ब्रुकलिनमा भवनहरू हल्लिएको बताए।

भूकम्पपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा गाजासम्बन्धी सुरक्षा परिषद्को बैठक अस्थायी रूपमा रोकिएको थियो । त्यस बेला बोल्दै आएका सेभ द चिल्ड्रेनका प्रतिनिधि जान्टी सोरिप्टोले सोध्नुभयो,  ‘के यो भूकम्प हो ?’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फिलाडेल्फियादेखि न्यूयोर्कसम्म र पूर्व लङ आइल्याण्डसम्म भूकम्पको धक्का महसुस गरेको रिपोर्ट गरेका छन्। 


प्रतिक्रिया दिनुहोस

राजनीति

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

आगलागीको अफवाह पछि रेलबाट हाम फाल्दा मुम्बइमा मृत्युको हुनेकाे सङ्ख्या १३ पुग्यो

मुम्बई, १० माघ । महाराष्ट्रको जलगाउँमा एउटा अफवाहले १३ जनाको ज्यान लिएको छ ।   बुधवार साँझ उत्तर महाराष्ट्र...
रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...