Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
रिस उठेकाे बेला के गर्ने ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

रिस उठेकाे बेला के गर्ने ?

  • वाशिष्ठ

कहिलेकाहीँ रिस उठेको जानकारी नभएर त्यो बेला केही बोली हालिएला वा केही प्रतिक्रिया दिइहालिएला अथवा कुरै कुरामा  ठट्टामा भनेको कुरो थाहा नपाइएको बेलाको कुरो बेग्लै भयो । नत्र मलाई रिस उठ्यो भन्ने जानकारी पाउनु पर्छ पहिला मलाई रिस उठिरहेको छ त्यो रिस उठ्नाको कारण यो हो भन्ने जानकारी माइन्डले पाउनुपर्छ अनि मैले यो बेला यो बोल्नु हुँदैन मैले यो बेला यो बोले भने यसको दूरगामी असर के होला भनेर मनमा सोच्न सक्नुपर्छ तत्काल झोकमा प्रतिक्रिया दिनु हुँदैन अलि पछि धारणा बदलिन सक्छ । ठिक छ धारणा बदलिएन भने त्यो रिस उठाउनेलाई क्षमा दिने अज्ञानी व्यक्ति सँग लाग्नु हुँदैन त्यो त अज्ञानी छ आफू किन बाझ्ने भनेर मानव  बिचरो  सुध्रियोस्  भनेर मैत्री दिने । क्षमा दिएर पनि मनले मानेन भने सङ्गतै गर्न नसकिने व्यवहार भए भने आखिर अंश लिने भाइ पनि हैन टीका लाउने एउटै कोखको दिदी बहिनी पनि हैन । जब मन मिलेन भने जसरी पनि आफ्नो हानी मात्रै हुने देखिन्छ भने खराबसँग सङ्गत नगर्ने कसैलाई तिम्रो यो बानीले मसँग सङ्गत हुँदैन अब भनेर भनेरै सङ्गत छोडिदिने कोही कोहीलाई नभनेरै घितिमिति सङ्गत छोडिदिने कहिलेकाहीँ भेट भयो भने मनले हैन सार्वजनिक बाटोको छिमेकी जस्तो हेलो हाई गर्दियो उसले सङ्गत छुटाएको थाहा पाउँदैन, आफ्नातर्फबाट सङ्गत छुटाएको हुन्छ । मैले मेरो यही फर्मुला प्रयोग गर्ने गरेको छु । 

म तत्काल कसैलाई प्रतिक्रिया दिँदैन ओम डा साप भोलिपल्ट रिसाउने व्यक्तिको पनि रिस मरी सकेको हुन्छ । आफूले पनि तत्काल प्रतिक्रिया दिएको हुँदैन सधैँ सङ्गत गरिराख्नुपर्ने सँग किनभने ठाकठुक त हुन्छ रिस पनि उठ्छ त्यो रिसको झोक्का केही बेर रहने हो  मनका धेरै तहका बिचारका लहरहरू नै आउँछन् विचार केही बेरमा बदलिएर आउँछन् तत्काल झोकको प्रतिक्रिया किन दिनु फेरी केही बेर पछि धारणा परिवर्तन भएको हुन्छ । त्यसैले त्यो दिन त्यो बेला मौन नै बस्ने गर्नु पर्छ मनमा आएको ओकली हाल्नु भन्दा मौन बस्नु फाइदा डा.साप भोलीपल्ट नौलो बिहान सुरु हुन्छ  नौलो बिहान उही रफ्तारमा काममा लागिहालिन्छ तैँले यो भनिस् मलाई रिस उठ्यो भन्ने पनि कुरो हुँदैन । मैले म रिसाएको थिएँ भन्ने पनि हुँदैन । म रिसाएको र बदला दिन खोजेको थिए भने त मैले अघिल्ला दिनदेखि गरिरहेका कामलाई धोका दिएर त्यो दिन नगरिदिन सक्थे मलाई त्यस्तो बदलाको भावना आउँदैन । 

कहिलेकाहीँ कसैको स्वभावको पनि अभ्यस्त हुनुपर्छ । कसैको झोकिएर काम लाउने घुर्की लाउन आफ्नो काम भएन भने रुने बानी हुन्छ यस्ता बानीलाई रिसाएको अर्थमा पनि हेर्नु हुँदैन स्वभावसँग हेर्नुपर्छ स्वभावै त्यस्तो छ भने के गर्नु यो त उहाँको स्वभाव हो भनेर बुझ्ने गर्नु पर्छ। मेरो एक जना साथी छन् किन प हो उहाँमा प्रतिक्रिया दिइहाल्ने बानी छ त्यो उहाँको बानीको म अभ्यस्त छु । अनि म त्यो उहाँको सिरको झोक्काको ग्राफ मापन गर्न सक्छु अनि म तत्काल प्रतिक्रिया दिँदैन । अनि मलाई पनि कहिलेकाहीँ रिस उठेको हुन्छ त्यो पनि म तत्काल भन्दैन प्रतिक्रिया दिँदैन त्यस्तो बेलाको मेरो क्रियाकलापले उहाँले पनि मलाई रिस उठेको जानकारी पाउनुभएको हुँदै रहेछ । उहाँ पनि तत्काल  त्यस्तो कुरा भन्नुहुँदैन पछि तपाई फलाना दिन रिसिनुभयो भन्नुहुन्छ । हो मरिसिएको हुन्छु मलाई रिस उठिरहेको छ भन्ने जानकारी राखेको हुन्छु  । म खासमा उहाँसँग रिसाएकै हुँदैन त्यो हामीभित्रको संस्कार हुन्छ पुरानो कति औँ पुस्ताको संस्कार हामीमा आउने हो त्यसैले तत्काल अगाडी आएको मनका वेगको लहरको प्रतिक्रिया दिनु हुँदैन । मनका धेरै विचारमा अलि पछि मैत्रीको भावको लहर आइहाल्छ तत्कालको झोकमा प्रतिक्रिया दिएर भनिहालेमा सम्बन्धमा दरार आउँछ सम्बन्धमा दरार आउनु राम्रो हुँदैन । दरार आएको सम्बन्ध जोडिए पनि आत्मीयता गाढा हुँदैन एक औपचारिकताको लागि मात्रै हुन्छ । मेरो एक जना अति मिलनसार साथीले म माथि त्यस्तै खालको व्यवहार गरेपछि उनको काम मैले नगरी नहुने म बिना उनको काम नहुने तर भेट घाट हुन्छ काम आदान प्रदान हुन्छ जुन आत्मीयता पहिला थियो त्यो नराखेरै त्यसैले दरार आउने गरी केही भनिहाल्नु हुँदैन मेले यही गर्छु डा साप हजुरको माथिको सिर उठेपछि के गर्नू हुन्छ भन्ने प्रश्नको प्रतिक्रिया पनि अलि बढाउँदा एक आलेख बढ्ला जस्तो भयो । तपाईँको प्रश्नले यती लेख्न पाएँ हजुरलाई धन्यवाद बिहान बिहानै तपाइको प्रश्नको उत्तर दिन पाएँ । माथि जे कुरा लेखिए पनि मूल कुरो सकारात्मक पाटो र समता भावले आफूmले प्रतिक्रियारहित ढङ्गले साक्षी भावले हेर्ने हो केही बेरमा त्यो झोक्का हराउँछ अर्को झोक्का आउँछ । त्यसैले सकारात्मक बनौँ सकारात्मक रहाै । खराब भन्दा खराब मानिस पनि थप खराब होस भनेर मनले गाली नगरौँ बिचरो यस्ता कुकर्मको दलदलमा फसेको छ । बिचरो सुध्रियोस् मानव बनोस् भनेर मैत्री दिनुपर्छ । सकारात्मक शोचको विकास गर्नुपर्छ । हामी आफै सकारात्मक भयो भने समाज सकारात्मक हुने हो । नकारात्मक ऊर्जा अत्यधिक शक्तिशाली हुन्छ मस्तिष्कमा नकारात्मक ऊर्जा आउन दिनुहुँदैन हामी जति बेला पनि बर्तमानमा बच्नुपर्छ हिजो के भयो छोडिदिनु पर्छ भोली के होला चिन्ता गर्नू हुँदैन । आज र अहिलेमा बाच्नु पर्छ सबैको मङ्गल कामना गर्नू पर्छ । आजलाई यस्तै भयो हजुरसँग बौद्धिक सहकार्य हुँदै जावस मेरा मनमा लागेका खस्रा कुरा यस्तै राखेँ धन्यवाद समाजका विविध विषयमा प्रश्न राखिराख्नुहुन्छ । आजको तपाईँको प्रश्नको उत्तर अलि लामो भए पनि यस्तै रह्यो । सबेको कल्याण होस । भव तु शब्द मंगलम् ।

२०८० चैत्र ७ बिहान 

लेखक गोरखापत्र राष्ट्रिय दैनिक बहुभाषिक पृष्ठ खस जुम्ली भाषाका संयोजक एवम् नेपाल साहित्यिक पत्रकार सङ्घ नेपालका केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...