Gyaan Ghar

Advertisement

भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातार दोस्रो जित


काठमाडौँ । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मङ्गलवार बरोडा क्रिकेट एसोसिएसनको टिमलाई २७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै १२९ रन बनाएको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परीक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए ।

नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गरेको थियो । अब नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शीर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।  

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...