health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच शनिवार साँझ छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबिच छलफल सुरु भएको हो।
२१ फागुनमा प्रधानमन्त्री प्रचण्डले काँग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबिच पहिलो पटक छलफल हुन लागेको हो। प्रधानमन्त्री प्रचण्डले शनिवार दिउँसो आयोजित एक कार्यक्रममा आफूले शान्ति प्रक्रिया र संवैधानिक परिषद्को विषयमा देउवा र ओलीसँग छलफल गर्न लागेको बताएका थिए।
संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने निकाय संवैधानिक परिषद्को बैठक आइतबार बोलाइएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्मा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहन्छन्।