Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
बिआरआई नेपालको लागि सहयोगी हुन सक्छ ! - Gyaan Ghar

Gyaan Ghar

Advertisement

बिआरआई नेपालको लागि सहयोगी हुन सक्छ !

  • मनोज भट्ट

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ आज २०८० साल चैत्र ११ गते तदनुरूप २४ मार्च २०२४ का दिन चिनिया विदेश मन्त्रीको निमन्त्रणामा चीनको भ्रमणमा जाने कार्यक्रम भएको कुरा नेपाल स्थित परराष्ट्र मन्त्रालय द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तर विज्ञप्तिमा चीन भ्रमणको कार्यपालिका र उद्देश्य के हो ?त्यस बारे खुलाइएको छैन ।

१) चीन नेपालको असल छिमेकी मित्र राष्ट्र हो ।नेपालको राष्ट्रियताको संरक्षणमा अहिलेसम्म चीनको भूमिका सकारात्मक र महत्त्वपूर्ण रही आएको छ ।तर केही महिना अगाडी चीनले नेपालको कालापानी सहितको भूभागलाई नेपालको नक्सामा नदेखाएर नक्सा जारी गर्नु तथा २०७२ साल जेठ १ गतेका दिन चीनको राजधानी बेइजिङमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्रीका बिच लिपुलेक नाकालाई दुई देशका बिच व्यापारिक नाकाको रूपमा विकास गर्ने सम्झौता भएकोले त्यसलाई चीनले सच्याउनु तथा खारेज गर्नुपर्दछ ।

२)चीनको आर्थिक उदय तथा अन्तर्राष्ट्रिय राजनीतिक मञ्चमा उसको बढ्दो भूमिकाको कारण नेपालको भूराजनीतिक स्थितिको फाइदा उठाएर पश्चिमा शक्तिहरू विशेषतः अमेरिकाले नेपालमा आफ्नो प्रभाव र प्रभुत्व बढाउँदै लगेको छ ।त्यसबाट चिनिया पक्ष आफ्नो सुरक्षाको सवालमा नेपालबाट विश्वस्त हुन सकिरहेका छैनन् ।गत असौजमा भएको प्रधानमन्त्रीको चीन भ्रमणको दौरान पनि नेपालबाट चीनका विरुद्ध हुने गतिविधि त्यसबाट चीनको सुरक्षालाई पर्ने असरको सवालमा प्रचण्डसँग आश्वस्त हुन चाहेको थियो ।सुरक्षाको चिनिया चासो कायम नै छ।अहिले नयाँ समीकरण अन्तर्गत बनेको सरकारको एउटा घटक अमेरिकाको निर्देशन अनुसार चल्ने दल भएकोले त्यसले थप जटिलता थपिएको छ ।

३) नेपालले एमसीसी जस्तो सम्झौता स्वीकार गरे देखि नेपालको विदेश नीतिमा अमेरिकाको प्रभाव देखिन थालेको छ ।त्यसबाट नेपालको असंलग्न परराष्ट्र नीतिमा असर पर्न थालेको छ ।त्यसबारे सरकार गम्भीर हुन नसके चीनलाई विश्वासमा लिन समस्या पैदा हुने छ ।त्यसैले mcc सम्झौतालाई खारेज गर्नुपर्छ।

४)नेपालले चीनसँग विभिन्न क्षेत्रसँग सम्बन्धित थुप्रै सम्झौता गर्ने गरेको छ । तर त्यसको कार्यान्वयनको प्रश्न आउँदा बाह्य शक्तिको प्रभावमा परेर कार्यान्वयनमा उदासीन हुने गरेको छ ।यसले नेपालको विश्वसनीयतामा नकारात्मक असर परिरहेको छ ।सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने भाष्य निर्माण भइरहेको छ ।यो पक्षलाई परिवर्तन गरिनु पर्दछ ।

५) नेपालको व्यापारमा भारतको प्रभुत्व रहेको हुनाले भारतले पटक पटक नेपाललाई दुःख दिनुका साथै नेपाल भारतमाथि निर्भर रहनु परेको छ ।यो अवस्थाको अन्तकालागि चीनको बेल्ट एन्ड रोड इनीसिटीभ(बी.आर.आई.)प्रोजेक्ट नपालेकालागि सहयोगी हुन सक्दछ ।दक्षिण एसियामा भारत बाहेक सबै देश यसमा सामेल छन् ।सुरुमा भारत पनि बीआरआईमा सामेल थियो ।भारतले चीनको पश्चिममा शिनजियांगबाट पाकिस्तान शासित काश्मीरको ग्वादर हुँदै अरब सागर बन्दरगाहसम्म जाने रुटमा असहमति जनाएर त्यसबाट अलग भएको हो ।त्यसैले बीआरआईको सवालमा भारत वा अमेरिकाको के रवैया छ ?भन्ने आधारमा नभएर BRI ,mcc जस्तो सैन्य परियोजना नभएको हुनाले नेपालको आवश्यकता बमोजिम यसको कार्यान्वयनमा ध्यान दिनु पर्दछ । तर कार्यान्वयनमा जाँदा अन्तर्राष्ट्रिय अनुभवलाई पनि ध्यानमा राखेर बी.आर.आई.को सहयोग मोडालिटि तय गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...