health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । विश्व खुसी प्रतिवेदनमा नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको छ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार १४३ देशहरूमध्ये खुसी सूचकाङ्कमा नेपालले ९३औँ स्थानमा रहेको हो ।
सो प्रतिवेदन अनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्यान्ड छ । फिनल्यान्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ ।
त्यस्तै फिनल्यान्डपछि प्रमुख डेनमार्क, आइसल्यान्ड, स्विडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्ट्रेलिया रहेका छन् ।
त्यस्तै यस सूचीमा छिमेकी देश चीन ६०औँ स्थानमा रहेको छ भने भारत १२६औँ स्थानमा रहेको छ । त्यस्तै यस सूचीको पुछारमा अफगानिस्तान रहेको छ ।
उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालयको वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घ दिगो विकास सोलुसन नेटवर्क र वर्ल्ड ह्यापिनेस रिपोर्टको सम्पादक बोर्डले प्रकाशन गरेका हुन् ।
विषय खुसी प्रतिवेदन आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बर बिच अङ्क दिने गरी प्रश्न सोधेर तयार गरिएको बताइएको छ ।