Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
अफ्रिकाको हिम्बा जनजाति, जो बिहेको दिनमा मात्रै नुहाउँछन् - Gyaan Ghar

Gyaan Ghar

Advertisement

अफ्रिकाको हिम्बा जनजाति, जो बिहेको दिनमा मात्रै नुहाउँछन्


काठमाडौँ, ७ चैत । सहर र गाउँमा बसोबास गर्ने मानिसहरू प्राय उस्तै देखिन थालेका छन् । उनीहरूको जीवनशैली, उनीहरूको खानपान, सबै कुरा लगभग उस्तै हुन थालिसकेको छ ।

तर, जङ्गलमा बस्ने जनजातिहरू अझै पनि आम मानिसभन्दा बिलकुलै भिन्न रहने गरेका छन् । विभिन्न जनजातिहरू फरक फरक तरिकाले बस्छन्, त्यसैले आज हामी तपाईँलाई एक विशेष जनजातिको बारेमा बताउन गइरहेका छौँ, जुन आधुनिकताबाट धेरै टाढा छ र आफ्नो पुरानो परम्पराको आधारमा बाँचिरहेको छ।

आज नामिबियाको एउटा यस्तो जनजातिको कुरा गर्नेछौँ, जो उनीहरूका मौलिक रहनसहनका कारण अद्वितीय रहेका छन् । नामिबिया अफ्रिकाको दक्षिणी भागमा अवस्थित एउटा देश हो, जहाँ आज पनि धेरै जनजातिहरू शताब्दीयौं पहिले जस्तै जङ्गलमा बस्दै आएका छन्। संसारको सबैभन्दा फरक देखिने  हिम्बा जनजाति यहाँ बस्छन् ।

द गार्डियनका  अनुसार नामिबियामा हिम्बा जनजातिका मानिसहरू मुख्यतया किसान हुन्। यी मानिसहरू शताब्दीयौं देखि खेतीपाती गर्दै आएका छन् र पशुपालन गरेर आफ्नो जीवन बिताइ रहेका छन्। विशेष गरी गाई, भेडा र बाख्रा पालेर उनीहरूले आफ्नो जीवन बिताउँछन् । यस जनजातिमा महिलाको महत्त्वपूर्ण भूमिका हुन्छ । वास्तवमा यी हिम्बाहरू बाहिर बस्छन् र सिकार गर्छन् र जनावरहरूको हेरचाह गर्छन्। जहाँ महिलाले घरको हेरचाह गर्ने र खाना र पानीको व्यवस्था गर्ने गर्दछन् ।

हिम्बा जनजातिमा बालिकाको विवाह सानै उमेरमा गरिन्छ । यहाँ एक पुरुषलाई एक पटक भन्दा बढी विवाह गर्न अनुमति दिइएको छ। भनिन्छ, यी महिला विवाहको दिन मात्र पानीले नुहाउने गर्छन्, नत्र उनीहरू जीवनभर बाफले मात्र नुहाउने गर्छन् तिनीहरूको रातो छालाको रहस्य नामिबियाको रातो माटो हो। वास्तवमा हिम्बा मानिसहरूले यो रातो माटोमा जनावरको बोसो मिसाएर पेस्ट बनाउँछन् र त्यसपछि आफ्नो शरीरमा लगाउँछन्।

तिनीहरू प्रत्येक दोस्रो वा तेस्रो दिन यो गर्छन्। यही कारण उनीहरूको पूरै शरीर रातो देखिन्छ । यो पेस्टले आफ्नो छालालाई जोगाउँछ भन्ने हिम्बा समुदायको विश्वास छ । विशेष गरी सङ्क्रमण र चर्को घामबाट जोगाउने उनीहरूको विश्वास रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...