health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

-डा चूडापसाद ढकाल
भूमिका
एक वर्ष अगाडि, २०७८ फाल्गुण २० मा पवन ओलीको यूट्यूब च्यानलबाट प्रसारण भएको चिज गुरुङ र अस्मिता डल्लाकोटीको ‘माछि बस्यो…’ लाइभ दोहोरी आजसम्म २० लाख भन्दा धेरै पटक हेरिएको छ ।साथै, यसले १६ हजार लाइक र ६५१ प्रतिक्रिया प्राप्त गरेको छ। यी प्रतिक्रियाहरूले दर्शकहरूको अस्मिता र चिजको प्रस्तुतिप्रति प्रशंसा देखाउँछ, जहाँ उनीहरूले प्रस्तुत गरेका टुक्काहरूले दर्शकहरूसँग गहिरो स्तरमा प्रभाव जमाएक छन। दुवैको सामंजस्यपूर्ण प्रस्तुतिले केवल दोहोरी गायनको शैलीलाई मात्र उजागर गरेको छैन, बरु सांस्कृतिक र परम्परागत मूल्यहरूलाई समेत प्रस्तुत गरेको छ।
दोहोरी गीत मन पराउनेहरुको संख्या नेपाल र नेपाल बाहिर गरेर लाखौँ, करोडौँको संख्यामा होलान्, यो एक अड्कल हो। यस्तै गरेर दोहोरी गीतको बजारमा राम्रा र क्षमतावान गायकहरू सयौँको संख्यामा होलान्। जसमा हिजो आजको समयमा चिज गुरुङ र अस्मिता डल्लाकोटी यस क्षेत्रका उदीयमान हस्तीहरू हुन्। लाइभ दोहोरी गीतका हस्तीहरू सबै आँशुकवि हुन्। त्यसमा पनि चिज र अस्मिताको त कुरै बेग्लै छ। यिनको प्रतिभा अद्भुत लाग्छ।
क्षमता त यिनको अब्बल छ नै। तर क्षमताको अलावा यी सर्जकको हालसम्मको सालिन प्रस्तुति अर्को प्रशंसनीय कुरा हो। कुनै उच्छृंखलताले छोएको छैन। सुनिरहुँ झैँ लाग्ने झर्रो नेपाली लोक शब्दावलीको प्रयोग गर्छन् चिज। नेपाली लोकदोहोरीको क्षेत्रमा यो शैलीको प्रभावको तुलना खासै अरू कुनै कुरासँग गर्न सकिँदैन। यस्तै अस्मिता त झन् शब्दको खानी नै हुन्, दोहोरी गायनमा। गजबको साहित्यकारले प्रयोग गर्ने शब्दावली यिनको गायनमा सलल बगेका हुन्छन्। तत्काल एक अर्काप्रति व्यक्त गरिने कुनै प्रश्न, चासो, गुनासो, चिन्ता आदि यस्तै विषयमा त्यस्ता उत्तरहरू कसरी आउँदा हुन्? कल्पना गर्दा यो अचम्म लाग्ने कुरा हो।
लोकदोहोरी गीत र यसका प्रतिनिधि गायकद्वय चिज गुरुङ र अस्मिता डल्लाकोटीको यो एकथान लाइभ दोहोरीको चर्चा मार्फत तमाम आँशुकवि, दोहोरी गायक, सर्जकहरू प्रतिको सम्मान गर्नु यस लेखको प्रमुख ध्येय हो। साथै गीतका टुक्काहरू कतिसम्म सम्मानित, सभ्य, भव्य, र सालिन अनि अघोर प्रतिस्पर्धात्मक पनि हुन सक्छन् र हुन पर्छ र ती भन्ने कुराको नमूना प्रस्तुती र हेक्का राखाइ पनि हो।
अनि, यस्तै प्रकृतिका भनिएर गाइएका यिनै दोहोरी गीतका टुक्काहरू कतिसम्म घिनलाग्दा, असामान्य र बेइमानीले भरिपूर्ण हुन्छन् भन्ने कुराको जानकारी गराउनु पनि यो टिप्पणीको उद्देश्य हो। प्रसङ्गवस, यस्तै एक दोहोरी गितमा (यो संकेत मात्र गर्न खोजिएको हो, न कि पर्दफास!) व्यंग्य कलाकार भनिने ‘लट्टे’ नामक पुरुष सञ्चालको गीतको सुरुवात र अन्त्यका प्रस्तुतीहरू यति घिन लाग्दा र अशोभनीय मात्रै छैनन्, कि ती सामाजिक मूल्य मान्यताका हिसाबले उत्तिकै आपत्तिजनक र दण्डनीय पनि हुन पर्छन् भन्ने लाग्दछ। यही कारण हो, उनका ती प्रस्तुतीहरूको चर्चा यस लेखमा गरिएको छैन।
र थपमा, समयको अन्तरालमा यस्तो सालिन शब्दावलीको प्रयोग गरी गीत गाउने चिज र अस्मिता लगायतका अन्य कैयन अब्बल सर्जकहरूलाई समेत कुनै दिन यस्तो गलत हावाले छुन सक्छ कि भन्ने चिन्ताले पनि हुटहुटी जगाइराखेको हुन्छ। साथै यसका अतिरिक्त, एउटा लोक दोहोरीको पारखी श्रोताले प्रतिस्पर्धी गायकहरूको मूल्यांकन कसरी गरेको हुन्छ भन्ने कुरा पनि यस लेखमा प्रस्तुत गरिएको छ।
माथि व्यक्त गरिएको यस लेखको उद्देश्य पूरा गर्नको लागि चिज र अस्मिताको यही गीत नै किन समीक्षामा ल्याइएको हो भन्ने सन्दर्भमा उठ्न सक्छ।संयोगवश यी सबै कुराका मसला यस गीतमा छन्, यो त्यही कारणले गर्द हो। लेखमा प्रस्तुत गरिएका यस्ता विचारहरू खास गरी चिज र अस्मिता लगायतका अब्बल सर्जकलाई भेटेरै भन्न पर्ने कुराहरू भित्र पर्छन्, कि यिनले आफ्नो त्यस किसिमको दोहोरी गायनको पवित्रता कायमै राखून्।
यसभन्दा पछाडि हामेले यो लेखमा चिज र अस्मिताको ‘माछि बस्यो…दोहोरी गीतको एक आम श्रोता मूल्यांकन प्रस्तुत गरेक चौँ। जुन जुन टुक्कामा गायकले अंक पाएका छन्, ती टुक्काको बारेमा छोटो समीक्षा गरिएको छ, भने खासै अंक दिन पर्ने नठानिएका टुक्काहरूको भने समीक्षा छैन। ती टुक्काहरूलाई तिनको आफ्नो स्थानमा जस्ताको तस्तै छोडिएको छ।
पुरा गीत र यसको समीक्षा
यो अंकको “माछि बस्यो…,” भन्ने भखाको लोक दोहोरी गीत, चीज र अस्मताले गाएका सयौँ यस्ता गीतहरू मध्येको एक शसक्त लाइभ दोहोरी होे । दुवैले पालैपालो गरी जम्माजम्मी १७ ।१७ टुक्का गाएका यस गीतमा गीत भित्र प्रस्तुत गरिएको बिषयवस्तुको हिसावले तिनलाई ५ खण्डमा विभाजित गर्न सकिन्छ ।
गीतको पहिलो खण्ड (टुक्का १–३) मा गायक दुवैले आफु एक अर्काको आकर्षणमा परको कुरा गर्दछन् । यि दुवै प्रतिस्पर्धामा छन् एक अर्कोलाई भेट्न । खानै नखाई भेट्न धाउने देखि रातमा फोटो हेरेर धीत मार्न खोज्ने सम्मका कुरा छन् यो खण्डमा ।
दोस्रो खण्ड (टुक्का ४–५) ले बनेको छ । यसमा उनिहरू एक अर्काबीच माया बसेको कुरा गर्छन् । थोरै अगाडी बढ्छन् यी दुई गायक प्रेमी । गीतमा लाज अनि व्यङ्यको कुरा छन् । विसुद्ध प्रेम भावको वकालत छ ।
तेस्रो खण्ड (टुक्का ६–९) ले बनेको छ । यो खण्डमा मायाको अर्थ छुनै पर्ने जस्ता भौतिक विषय मात्र होइन् भन्ने कुरा व्यक्त गरिएको छ । यो त भावना, मन आदिको को कुरा पनि उत्तकै हो भनी व्याख्या गर्छन् सर्जकहरु ।
चौँथो खण्ड (टुक्का १० –१५चीज) मा गायकहरु मायामा डुब्न थालेका छन् । यसो हुँदै जाँदा एक अर्कोमा शंका उपशंकाको वातावरण श्रृजना हुनुका साथै प्रेमील भनाभन समेत हुन्छ ।
अन्तिम अर्थात पाँचौ खण्ड (टुक्का १५ अस्मिता–१७) मा यो गीतको सुखद अन्त्य हुन्छ । एक अर्कामा विश्वास बढ्छ र दुवै सँगै हुने कुरा गर्दै सँगसँगै जीवन जीउन राजी हुन्छन् । गीतमा यस्तै कुरा गरिएको छ ।
चीजको पहिलो पालो (चीज, टुक्का १) । यस टुक्कामा चीज अस्मिताप्रति आफ्नो आकर्षणको घनत्व उत्कर्षमा ब्यक्त गर्दछन् । चीजले आफ्नो पहिलो १ अंक कमाउछन् ।
चीजः
भाङ्ग्रा टोपी लगाको छु दौरा सुरुवाल ल्याइन
तिम्लाई भेट्ने चटारोमा भात खान नि भ्याइन!
दुवै जना एकअर्काप्रति आकर्षित हुँदै जाँदा (अस्मिता, टुक्का १) मा चीज गुरुङको थप प्रशंसा गर्छिन् । उनले यस टुक्कामा एक अंक पाउँछिन् ।
अस्मिता:
चीज गुरुङलाई सुहाउने के जे लगाएपनि
हतार हतार आइछु मनि तिम्लाई भेट्न भनि !
(अस्मिता, टुक्का २) मा अस्मिताको चीज प्रतिको आकर्षणको घनत्व झन् बढी देखिन्छ । फोन आदि भन्दा पनि उनी प्रत्यक्ष कुराकानीको प्रस्ताव वा त्यस किसिमको संकेत गर्दछिन् । यस टुक्कामा उनले २ अंक कमाउँछिन् ।
चीजः
हे, मध्यान्ह भो विहानीको शीत मरेको छैन(२)
रातै भरी बोल्दा पनि धित मरेको छैन!
अस्मिताः
हे, छर्लङगै रात काटेकी छु तिमै्र तस्विर हेरी
भेट्या जस्तो काँ हुन्थ्यो र फोनमा बोल्दा खेरी!
गीतको प्रसंग भेटघाटकै कुरामा अगाडी बढ्दै जान्छ । (चीज, टुक्का ३)मा उनले अर्को अंक पाउँछन् । आज उनीहरुको प्रत्यक्ष भेटघाट भएको छ । उनी धीत मर्ने गरी अस्मितालाई हेर्ने कुुरा गर्छन् । अस्मिता प्रति आफ्नो समर्पण व्यक्त गर्दछन् ।
चीजः
हे, तिम्रो मनमा केही ला भए जे भनेनी मान्छु
आज भने पेटैभरी मुख हेरेर जान्छु!
अस्मिताः
हे, कसो गरी बिर्सुला र दिलमा तिम्रै नाम छ
नभेटौ त मन मान्दैन भेट्दा खुट्टा काम्छ!
गीत अगाडी बढ्छ । (चिज, टुक्का ४) मा पुग्दा चिजले कमाल गर्छन् । यस टुक्कामा उनले गीतको विषयवस्तुलाई गज्जबले नयाँ मोड दिन्छन् । गीतमा उनले भेट हुँदा अस्मिता अस्वभाविक तरिकाले लजाउने गरेको कुरा व्यक्त गर्दछन् । चिजले उनको यो एकै टुक्कामा २ अंक कमाउँछन् ।
चीजः
हे, आफै भन मनको कुरा क्यारी भनुम मैले
भेट्दा खेरी लजाएर मुख बाउदिनौ कैले!
अब अस्मिताको पालो । यसमा अस्मिताले आफ्नो १ अंक सुरक्षित गर्दछिन् । (अस्मिता, टुक्का ४) मा माया प्रेममा लजाउनुको आफ्नै स्वभाव वा बाध्यता हुन्छ भन्दै अस्मिताले चीज प्रतिको मायालाई अरु बढी महत्व दिएको कुरा व्यक्त गर्दछिन् ।
अस्मिताः
हे, अन्त नजर नडुलाउ है मेरो मनको हिरो
के बोलम के हुन्छ यसै डरले रातो पिरो!
(चीज, टुक्का ५) मा चिजले अर्को २ अंक पाएका छन् । यसमा चिजले अस्मितालाई झट्का हान्ने गरी प्रेममा धेरै लाज मान्नुले काम गर्दैन भन्ने भाव व्यक्त गरेका छन् ।
चीजः
यति बिधि लजाउदैनन् माया गर्नेहरू
यस्तै ब्यवहार ग¥यौ भने विकल्पमा अरू!
माथीको टुक्कामा चिजल जस्तो झट्को हानेका छन् (अस्मिता, टुक्का ५) मा अस्मिताले पनि बराबरी मै उत्तर दिएकी छन् । थपमा आफ्नो लाज मान्नुको कारणको रक्षा गर्दै तार्किक उत्तर दिएकी छिन् ।
अस्मिताः
हे, तिम्रा आँखा फुटाइदिन्छु हे¥यौ भने अरु
लजाएकै राम्रो हो रे केटी मान्छेहरू!
गीत यस्तै प्रतिस्पर्धामा अगाडी बढि राखेको हुन्छ । (चिज, टुक्का ६) मा फेरी अर्को ट्रान्जिसन गर्छन् र यस एकै टुक्कामा २ अंक पाउँछन् । चीजको यो टुक्कामा प्रेम भनेपछि सधैँ भावना र मनका कुराहरुमा मात्रै अडिने कुरा पनि त होइन नी भन्ने प्रष्ट कुरा व्यक्त भएको छ ।
चीजः
हे, पिडाहरु पोेखेर नि कहिल्यै रोको छैन
माया लाको वर्षौ भयो हातमा छोको छैन!
अस्मिताः
हे, केही कुरा त भन्न खोज्छु निक्लिदैन स्वर
मनको माया बुझ्नलाई नी छुनै पर्ने हो र!
चीजः
हे, आफ्नो सम्झी मनको कुरा कहिल्यै खोल्नी होइन
अरूसंग जिस्की हिड्छौ मसंग बोल्नी होइन
अस्मिताः
हे, पहिल्यैदेखी भनिराछु तिम्लाई जोवन बैना
आजसम्म कोई केटाको मुखमै हे¥या छैन
(चीज, टुक्का ८) मा गीत समभावमा हुँदै निकै अगाडि पुग्छ । दुवै जना उत्तिकै प्रतिस्पर्धा गर्दै अगाडी बढ्छन् ।
चीजः
हे, एक्लो जीवन बिताइराछु यो मन जलाई जलाई
जोसंग नि नमस्केउ है शान्ती हुन्न मलाई
(अस्मिता, टुक्का ८) मा अस्मिताले आफ्नो १ अंक कमाउछिन् । यस टुक्कामा पनि अस्मिताले मजबुत पाराले आफ्नो बचाव गरेकी छन् ।
अस्मिताः
हे, अरू जस्तो नसोचन मस्की हिड्ने खाले
दाइभाइसंग बोल्दा पनि पापै सोच्छौ काले!
(चीज, टुक्का ९) मा उनले अर्को एक अंक प्राप्त गर्दछन् । यस टुक्कामा चीजले बडो मज्जाले प्रेममा कुराहरु कसरी सोचेभन्दा फरक पनि हुने गर्दछन् भनेर आफ्नो कुरा राखेका छन् ।
चीजः
हे, थाछैन र दिलभित्रै राज गर्न आउछन्
कोइ कोइले त दाइ भाइ भन्दै भित्र माया लाउँछन्!
अस्मिताः
हे, दाजुभाइको मन दुख्ला के नभनीदेउ जात्रै
तर मैले मन पराको तिमी एउटा मात्रै!
(चीज, टुक्का १०) मा उनले फेरी अर्को कमाल गर्छन् र एकै चोटी २ अंक प्राप्त गर्दछन् । गीतलाई फरक मोड दिदै चीज अस्मितालाई साँचो माया हो कि होइन? हो भने परीक्षा को शैलीमा अस्मितालाई मायाको उत्कर्ष तिर बढ्न आग्रह गर्छन् ।
चीजः
हे, घात गर्दिन भनीकन शीरमाथी छोईदेउ
साँच्चै माया ग¥या भए दाहिने हातमा मोइ देउ!
अस्मिता पनि के कम र उनी पनि उनको अफ्नो भागको को (अस्मिता, टुक्का १०) को एकै टुक्कामा २ अंक हान्छिन् । यसमा उनले प्रेमको परीषाको कुरा हुँदा बरु चीज आफै धोकेबाज हुन सक्ने कुरा व्यक्त गरेकी छन् ।
अस्मिताः
हे, मनको माया मनमै हुन्छ भन्न प¥यो कल्लाई
नक्कले छौ बरू तिम्रै भर लाउँदैन मलाई!
(चीज, टुक्का ११) मा अलिक नरम हुन्छन् । गीतको सन्दर्भमा प्रेमप्रतिको सन्तुलित भाव व्यक्त गर्दछन् । उनी भड्किएर अरु उत्तेजना फैलाउदैनन् । सुझबुझपूर्ण व्यवाहर दर्शाउँछन् । गीतको टुक्का सन्तुलित छ । चिजले यस टुक्कामा अर्को १ अंक प्राप्त गर्दछन् ।
चीजः
कहिल्यै पनि तुच्छ बोली नबोल है सानु
यदि तिम्लाई छोडे भने गाईको मासु खानु!
अस्मिता को भन्दा को कम । (अस्मिता, टुक्का ११) मा चिजकै लयमा लय मिलाउँछिन् । सन्तुलित व्यवहार गर्छिन् । श्रोतालाई आन्द आउँछ । क्या गज्जब झैँ लाग्दछ । अस्मिताले यस एकै टुक्कामा २ अंक कमाउँछिन् ।
अस्मिताः
हे, तिम्रै छेउमा बस्न मन छ सधैँभरि मिले
के को वचन लाउँदी हुम र बोल्नै नजान्नीले!
(चीज, टुक्का १२) १ अंक पाउँछन् । यसमा उनको अस्मिता प्रति चोटिलो व्यंग्य छ ।
चीजः
आज सँगै जान्छ्यौ भने हुन्छु म त राजी
लाउन साह्रै सिपालु छौ मुखको ताराबाजी !
(अस्मिता, टुक्का १२) मा अस्मिताले पनि १ अंक पाउँछिन् । यस टुक्कामा अस्मिताले मज्जाको रोमाञ्चकता दिएकी छन् ।
अस्मिताः
हे, अरुले बास पाउन्न काले तिमी बस्ने ठाउँमा
गुरुङसंग फसी भन्नी हल्ला छ रे गाउँमा !
(चीज, टुक्का १३) मा चिजले १ अंक पाउँछन् । यस टुक्कामा उनी आफ्नो बाउको सहमति भएको कुरा गर्दछन् । बाउ खुशी छन् भन्छन् ।
चीजः
हे, बिहे गरे आफ्नै ठानी ढोगौली यो पाउ नी
क्षेत्रीनीलाई ल्याउँछ भन्दै मक्ख भाछन् बाउ नी!
(अस्मिता, टुक्का १३)मा एकैचोटि २ अंक प्राप्त गर्दछिन् । यस टुक्कामा उनी चिजलाई प्रेममा बाहिर बाट आउने खतरालाई चलाखीपूर्ण तरिकाले सामना गर्न आग्रह गर्दछिन् । तरिका सुझाउँछिन् ।
अस्मिताः
मैले पनि सोच्या छैन तिमी बाहेक अरु
मेरा बाउले छुटाइदेलान् भगाइहाल बरु!
(चीज, टुक्का १४) मा उनलाई अर्को १ अंक प्राप्त हुन्छ । उनी भविश्यमा आउन सक्ने भवितव्यलाई टार्न भोलीको सट्टा आज नै कार्य सम्पन गर्ने विचार राख्छन् ।
चीजः
हे, डरै लाग्छ तिम्रो माया अन्तै तिर सर्ला
भोली भन्या के हो के हो आजै लान पर्ला!
(अस्मिता, टुक्का १४) मा चिजको कुरामा हो मा हो मिलाउँछिन् । तर घुर्की लगाउँदै चीजलाइ उकास्छिन् । उनलाई यस एकै टुक्कामा २ अंक प्राप्त हुन्छ ।
अस्मिताः
हे, यही हो मौका आँटिहाल तयारी छु म नी
झुन्डिएर मरिदिन्छु तिम्रो भइन भने!
(चीज, टुक्का १५) मा उनलाई १ अंक प्राप्त हुन्छ । अस्मिताले लागाउने गरेको घुर्की, धम्की आदि केवल उनको बानी मात्र भएको कुरा गर्दै चीज टसमस हुँदैनन् ।
चीजः
हे, किन सुर्ता लेकी हौ र हुन्छ आजै जानी
मर्नी धम्की धेरै दियौ थाछ तिम्रो बानी !
(अस्मिता, टुक्का १५) मा उनलाई २ अंक प्राप्त हुन्छ । धम्की भन्दा पनि घुर्की लगाएको कुरा स्वीकादै अस्मिता चीजलाई कुरा बुझ्न भन्छिन् । गीतलाई अर्को थप रोमान्टिक मोड दिन्छिन् । र चीजलाइ सन्तुलनमा अगाडि बढ्न बाध्य पार्छिन ।
अस्मिताः
हे, थोरै घुर्की लगाकी हुँ कुरा बुझ्या खोइत
राँगा मासु खाउ भनेर कर नलगाउ है त!
चीजः
हे, बाउ जस्तै छन् ससुरा नी आमा जस्तै सासू
अगेना छेउ बस्लेउ अनि पोल्लेउ पाडा मासु
अस्मिताः
हे, पकाएर दिम्ला तिम्लाई आफुले चाहिँ खाइन्न
ससुराली जाँदा खेरी रक्सी माग्न पाईन्न!
राँगाको मासुको प्रसङ्ग(चीज, टुक्का १७) मा उनले दुईटा भान्छा हुने कुराको संकेत गर्दछन् । अस्मितालाई आइपर्न सक्ने अव्यवहारिकताको लागि तयार हुन भन्दछन् । यो टुक्कामा चीजलाई १ अंक प्राप्त हुन्छ ।
चीजः
हे यस्तो कुरा ग¥यौ भने भित्री मन रुन्छ
पाडा मासु खाइनौ भने दुईटा भान्सा हुन्छ!
(अस्मिता, टुक्का १७) अर्थात गीतको अन्तिम टुक्का मा गीतको सम्पूर्ण उत्कर्ष व्यक्त गर्दछिन् । अस्मिता गीतलाई सुखान्तमा टुङ्ग्यउँछिन् । सभ्य एबं भव्य व्यवहारिकता मा सम्झौताको कुरा गर्दै अस्मिता आफ्नो असीम खुशी व्यक्त गर्दछिन् । उनलाई यस टुक्कामा २ अंक प्राप्त हुन्छ ।
अस्मिताः
हे, रमाइ रमाइ जानी भैयो यहि भेटैमा लए(२)
सुस्तै सुस्तै बानी पार्छु खानै पर्नी भए ।!
निष्कर्ष
यसरी गीतलाई नियाल्दै प्रत्येक खण्ड भित्र (एक कलाकारले गाउने एक टुक्कागीतको पूर्णांक २ हुनेगरी) अंक दिँदै अगाडि बढ्दै जाँदा र अत्यमा सबै खण्डको अंक जोड गर्दा पुरै गीतभरीमा अस्मिता डल्लाकोटी ले ३४ अंक र चीज गुरुंग ले ३३ अंक प्राप्त गरेका छन्। यो एक संयोगिक मुल्याकन हो न कि नियोजित! यसैले यस प्रतिस्पर्धात्मक तथा सहकार्यात्मक प्रस्तुतिले दोहोरी गायनको शैलीलाई मात्रै उजागर नगरेर , संस्कृति र परम्पराको एक अनुपम उत्सव पनि प्रस्तुत गर्दछ। दुबै सर्जकलाई हार्दीक सम्मान एवं धेरै धेरै बधाइ, तथा आगामी दिनहरूमा थप सफलताको शुभकामना प्रदान गर्दै, यो समीक्षा यहीँ समाप्त गरिन्छ।
“माछि बस्यो…भाखाको लाइभ दोहारी: एक गहकिलो प्रसंग” नामको लेख चिज गुरुङ र अस्मिता डल्लाकोटीको अद्वितीय प्रस्तुतिको विश्लेषणात्मक समीक्षा प्रदान गर्दछ। यो समीक्षा मार्फत, हामी उनीहरूको गीत, शब्द चयन, र सामंजस्यपूर्ण प्रस्तुति जस्ता विभिन्न आयामहरूमा गहिरो अन्तर्दृष्टि प्राप्त गर्दर्छौं। यसले नेपाली लोक दोहोरी संगीत प्रेमीहरूलाई न केवल उनीहरूको संगीतमा गहिराइसम्म पुग्न मद्दत गर्दछ, तर साथै यस संगीत शैलीको समृद्धि र सौन्दर्यलाई सम्मान गर्ने तरिका पनि सिकाउँछ।
यो लेख चीज र अस्मिताको लाइभ दोहोरी प्रदर्शनका विभिन्न खण्डहरूको विस्तृत समीक्षा प्रदान गर्दछ, जसमा उनीहरूले पारस्परिक रूपमा गीतमा उठाइएका विभिन्न भावनाहरू र विचारहरूलाई कसरी सम्बोधन गरेका छन्, त्यसको परीक्षण गर्दछ। यसबाट, हामीले नेपाली लोकदोहोरी संगीतको पारस्परिकता, सामाजिक तथा भावनात्मक महत्त्व, र संस्कृतिमा यसको योगदानको गहन बुझाइ प्राप्त गर्न सक्छौं।
अन्ततः, यस लेखले नेपाली समाजमा सांस्कृतिक मूल्यहरू र परम्पराहरूलाई कसरी संरक्षण र प्रवर्द्धन गर्ने भन्ने भूमिका निर्वाह गरेको छ भन्ने कुरा समेत उजागर गर्दछ। यसले नेपाली लोक दोहोरी संगीतका प्रति गहिरो सम्मान र प्रेमको भावनामा प्रेरणा दिन्छ, र यस शैलीमा आफ्नो कला र सृजनशीलतालाई अघि बढाउन चाहने नयाँ पुस्तालाई प्रोत्साहित गर्दछ।धन्यवाद!