health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

धनगढी, ६ चैत । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले आफूतिर नलागेको झोँकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन लागेको बताएका छन् ।
प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘रवि लामिछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरू कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफूतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ।’
आफू प्रधानमन्त्री भएको बेला शेरबहादुर तामाङ र गोकुल बास्कोटाको प्रसङ्ग थप्दै उनले भने, ‘मैले बोलाई चिप्लेकै कारण शेरबहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन । नेपाली काँग्रेसका मन्त्री त झन्डा हल्लाउँदै अख्तियार गएका थिए, सबैले देखेको होइन, अनि अहिले गृहमन्त्रीका बारेमा कुन नैतिकताले प्रश्न उठाउने ?’
उनले काङ्ग्रेसले सरकार छोड्नुपरेको पिडामा छाती पिटिरहेको व्यङ्ग्यसमेत गरे । ‘काँग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पीडा हो । उसले सरकारबाट बाहिरिएको पिडामा छाती पिटेर रुँदै के भन्छ ? त्यसलाई धेरै महत्त्व दिई राख्नुपर्ने आवश्यकता छैन,’ अध्यक्ष ओलीले भने ।
उनले सुन काण्डमा माओवादीका उपाध्यक्ष पक्राउ परेको घटनामा पत्रकारहरूले राखेका जिज्ञासामा कानुनअनुसार हूने बताए । ’‘सोमबार माओवादीका नेता पक्राउ परेका होईनन । माओवादीका नेता पक्राउ पर्दैनन् तर अनुसन्धानभित्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन्,’ अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले नेकपा एमालेले सुन काण्डका बारेमा आयोग वा छानबिन समिति गठन हुनुपर्छ भनेर पहिला नै राखेको अडान अहिले पुष्टि भएको बताए । ‘त्यतीबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौ, तर काँग्रेसले २ महिला ढिलो गरिदियो’अध्यक्ष ओलीले भने ।
एक अर्को प्रसङ्गमा ओलीले अबको बाँकी कार्यकाल प्रचण्ड नै प्रधानमन्त्री हुने सङ्केत गरे । पत्रकारहरूको जिज्ञासामा ओलीले भन्नुभयो, ‘मलाई अहिले प्रधानमन्त्री खान मन छैन, अरू कोही तयार भएको छैन । उहाँले (प्रचण्ड)ले नै खानुहोला जस्तो पो देखिएको छ त।’
नयाँ गठबन्धनलाई बाग्मती, गण्डकी र कोसीमा प्रदेश सरकार गठन गर्न असहज भएको छ ।
प्रदेशको भागबन्डा र यी तीन प्रदेशको समीकरण बारे पत्रकारहरूले सोधेका प्रश्नको जवाफमा ओलीले भने, ‘अहिले त्यस बारेमा म केही नभनौँ । किनकि मैले पत्रकारलाई भएको कुरा भन्नुपर्छ । अनुमानका भरमा भन्नुहुँदैन ।’