health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

धनगढी, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ।
पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् भने पार्टीका संस्थापकहरूको बैठकले विपक्षमा मतदान गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद् सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन छ।’
यता नागरिक उन्मुक्तिका ज्येष्ठ संस्थापक केन्द्रीय सदस्य एवं वार्ता टोलीका संयोजक दामोदर पण्डितले विज्ञप्ति प्रकाशित गरी अहिले पार्टी सङ्घीय सरकारमा नजाने र प्रतिपक्षमा बस्ने जनाएका छन्।
उनले विज्ञप्तिमा दुई तिहाइ संस्थापक केन्द्रीय सदस्यले सङ्घीय सरकारमा सहभागी नहुने र विपक्षमा मतदान गर्ने जनाएका छन्। प्रदेश सरकारका हकमा भने सबैसँग समन्वय र छलफल गरी निर्णय गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।