health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागले इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा इतिहास शिरोमणि बाबुराम आचार्यको १३७ औँ जन्म जयन्ती भव्यतापूर्वक मनायो । यस अवसरमा ‘बाबुराम आचार्य : जीवनी र व्यक्तित्व’ विषयक प्रवचनको समेत आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बाबुराम आचार्यको तस्बिरमा माल्यार्पण गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । यसै क्रममा मन्त्री तामाङले इतिहास लेखनको माध्यमबाट संसारलाई चिनाउन सफल बाबुराम आचार्यले संसारकै सर्वोच्च शिखरलाई सगरमाथा नामकरण गरेर नेपालको गौरव बढाउन योगदान गरेको बताउनुभएको थियो । मन्त्री तामाङले इतिहास शिरोमणि बाबुराम आचार्यका अप्रकाशित कृतिको प्रकाशन गर्नुपर्ने र नेपालको सांस्कृतिक ,राजनीतिक र साहित्यिक इतिहासको खोज अनुसन्धान गरेर महत्त्वपूर्ण र अतुलनीय योगदान पुर्याएकाले उहाँ सधैँ सम्झिने व्यक्तित्वमा पर्ने बताउनुभएको थियो।

प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले इतिहास शिरोमणि बाबुराम आचार्यले नेपाली साहित्यिक इतिहासको जग बाबुराम आचार्यले बसाल्नु भएको बताउनु भयो ।आचार्यले ‘पुराना कवि र कविता’ तथा तुलनात्मक सुन्दर काण्ड जस्ता महत्त्वपूर्ण कृतिको प्रकाशन गरेर साहित्यिक इतिहास र समालोचनात्मक प्रवृत्तिको उजागर गरेको वहाँले बताउनुभयो। साथै सदस्य सचिव सुवेदीले बाबुराम आचार्यका कृतिको प्रकाशन गर्नका लागि सहकार्य गर्न प्रज्ञा-प्रतिष्ठान सदैव तयार रहेको बताउनुभएको थियो।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले स्वागत मन्तव्यका क्रममा कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै नेपालको इतिहास र साहित्यको खोज अनुसन्धानमा इतिहास शिरोमणि बाबुराम आचार्यले उल्लेखनीय योगदान पुर्याउनुभएकाले तत्कालीन सरकारले २००८ सालमा इतिहास शिरोमणि उपाधिले विभूषित गरेको बताउनु भएको थियो ।डा रिसालले बाबुराम आचार्य इतिहासकार ,साहित्यकार र समालोचक व्यक्तित्व समेत रहेको उल्लेख गर्दै यस्ता कार्यक्रम र विमर्शले नयाँ पुस्ता र नयाँ अनुसन्धानलाई अभिप्रेरित गर्ने बताउनुभएको थियो ।साथै सर्वोच्च हिम शिखरलाई सगरमाथा नामकरण गरेर विश्व सामु परिचित तुल्याउने काम बाबुराम आचार्यले गरेको बताउनु भएको थियो।
संस्कृतिविद् डा. गोविन्द टण्डनले ‘बाबुराम आचार्य जीवनी र व्यक्तित्व’ विषयक विद्वत प्रवचन दिनुभएको थियो। अनेकौँ दुःख कष्ट भोगेर पनि नेपालको इतिहास र साहित्यिक इतिहासमा विशिष्ट योगदान इतिहास शिरोमणि बाबुराम आचार्यले पुर्याउनु भएको वहाँले बताउनु भयो ।कहालीलाग्दो राणा शासनमा जन्मिएका आचार्यले अनेकौँ अभाव र दुःखलाई झेलेर पनि नेपाललाई प्रामाणिक इतिहास दिनुभएको थियो। यस्तो विशिष्ट योगदान गरेका बाबुराम आचार्यबारे डकुमेन्ट्री र फिल्म बन्नुपर्थ्यो ,त्यो हुन नसकेकोमा कार्यक्रममा डा.टण्डनले दुखेसो पोख्नुभएको थियो । २००८ सालमा इतिहास शिरोमणिको उपाधि तत्कालीन सरकारले दिए पनि आचार्यलाई राष्ट्रिय विभूति घोषणा गर्न सबैले पहल गर्नुपर्नेमा वहाँले जोड दिनु भएको थियो । उहाँले बाबुराम आचार्यका इतिहास र साहित्यका कृति नेपालका लागि सम्पदा र प्रेरणाको स्रोत भएकाले तिनको समुचित संरक्षण हुनुपर्ने र अप्रकाशित कृतिको प्रकाशन गर्न प्रज्ञा-प्रतिष्ठान जस्ता संस्था लाग्नुपर्नेमा जोड दिनु भएको थियो ।उहाँले आचार्यलाई इतिहास लेखनमा केही व्यक्तिले दरबारियाको आरोप लगाए पनि त्यो यथार्थ नभएको र प्रतिशोध मात्रै रहेको उल्लेख गर्नुभएको थियो । आचार्यको इतिहास लेखन यथार्थ र वस्तुनिष्ठ रहेकाले दरबारिया षड्यन्त्र र अन्यायका बारेमा लेखन सम्भव रहेको बताउनु भएको थियो ।
इतिहासविद् प्रा.डा. सुरेन्द्र के.सी.ले कष्ट साध्यबाट बनेको नेपाल देशले आफ्नो इतिहास विदेशीबाट सुन्नुपर्ने अवस्था थियो ।त्यसको अन्त्य इतिहास शिरोमणि बाबुराम आचार्यले गर्नुभएको बताउनु भयो ।उहाँले नेपाली इतिहासको मौलिक लेखन ऊर्जा र जगलाई बसाल्न सफल बाबुराम आचार्यको त्यो कठिन साध्य प्रक्रिया थियो ।उहाँले लेखेको लामो इतिहासको महत्त्व सधैँ रहिरहने भएकाले सार्थक रूपमा अघि बढ्न ,ज्ञान र प्रेरणा लिन हामीले सक्नुपर्ने वहाँको धारणा थियो ।
यस कार्यक्रममा ‘इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठान’का महासचिव बाबुराम आचार्यले धन्यवाद ज्ञापनका क्रममा इतिहास शिरोमणिका बारेमा जजसले सोधखोज गर्छन् ,विशद अनुसन्धान गर्छन् ,त्यस्ता व्यक्तिलाई संस्कृति मन्त्रालयले समेत इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार दिने गरेको छ ।उपयुक्त व्यक्तिलाई मात्रै सो पुरस्कार समर्पण गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँको कृतित्वलाई फैल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
यस कार्यक्रमका सभाध्यक्ष तथा इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा.त्रिरत्न मानन्धरले बाबुराम आचार्यले आफ्ना इतिहासका पुस्तकमा स्रोत उल्लेख नगरेको र प्रामाणिक नभएको भन्ने आरोप मिथ्या रहेको उल्लेख गर्नुभएको थियो ।उहाँले सुरुको इतिहास लेखनमा स्रोत सामग्री उल्लेख नगरेको भए पनि आफूले अध्ययन गर्दा ती सामग्रीहरू प्रामाणिक रहेको बताउँदै राष्ट्रिय विभूति घोषणा गर्नुपर्नेमा जोड दिनुभएको थियो । आचार्यका अप्रकाशित कृतिको पुनः प्रकाशन र अप्रकाशित पाण्डुलिपिलाई कृतिको रूपमा ल्याउन लागिपर्नु पर्ने बताउनु भएको थियो ।यस कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका भौतिक संसाधन व्यवस्थापन महाशाखा प्रमुख सन्ध्या पहाडीले गर्नुभएको थियो ।
सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला