Gyaan Ghar

Advertisement

नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु


भक्तपुर, २९ फागुन । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय वर्ष पुरानो भाजुपुखु र जलेश्वर मन्दिर सरसफाइ गरिएको छ ।


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित सङ्ख्यामा रहेका मौलिक शैलीका यस्ता सम्पदाहरूको निर्माण पुनर्निर्माण कार्यमा पुरातत्त्व विभाग, विश्वविद्यालयहरू र प्रज्ञा प्रतिष्ठान लाग्नुपर्ने बताए ।

उनले प्राचीन सम्पदाहरूबारे स्कुल कलेजहरूमा अध्यापन गरी नयाँ पुस्ता बिचमा यस्ता सम्पदाहरूको इतिहास थाहा दिलाउनुपर्ने बताए । साथै सांस्कृतिक स्तर वृद्धि गर्न स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै हातमा हात मिलाए जुनसुकै काम पनि सजिलै हुने बताए ।


बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले एक दुई वर्षको अन्तरालमा महत्त्वपूर्ण सम्पदाहरूको पुनर्निर्माण भइरहेको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको पुनर्निर्माण अग्रजहरूको सचेतनाको चिनो भएको बताए ।

यो कार्य इतिहासमै गौरवशाली दर्पण र सुन्दर अभिलेख भएको उनको भनाइ छ । 
पूर्व न्यायाधीश गौरी बहादुर कार्कीले मौलिक र पुरानै शैलीमा सम्पदाहरूको निर्माण पुनर्निर्माण गर्न जोड दिएका थिए । कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ५० भन्दा बढी पोखरी रहेको भक्तपुरमा ३४ वटा सञ्चालनमै रहेको बताउँदै प्रत्येक सम्पदा मानव विकाससँगै जोडिने बताइन् ।

उनले नयाँ पुस्तालाई संरक्षणका सिप र प्रविधि हस्तान्तरण गरे भोलिका पुस्ताले दुःख नपाउने बताइन् ।


प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले ऐतिहासिक सम्पदाले भरिएको जीवन्त सङ्ग्रहालय भक्तपुरमा सार्वजनिक सम्पत्तिको संरक्षण र संवर्द्धनमा सबैको साथ रहेको बताइन् । उनले यस पोखरीलाई पर्यटकीय दृष्टिले ध्यान दिनुपर्ने बताइन् ।


इतिहासविद् प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले ८ सय वर्ष पुरानो यो पोखरीको पुनर्निर्माणमा आजका कालिगडहरू पनि सफल भएको बताउँदै भाजुपुखु र जलेश्वर मन्दिरको इतिहासबारे स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...