Gyaan Ghar

Advertisement

मधेस प्रदेश सरकारमा एमाले आफ्नो दाबी नछाड्ने


जनकपुर,२७ फागुन ।नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दाबी पेस गरेको छ ।

नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले मधेस सरकारमा आफ्नो दाबी पेस गर्ने निर्णय गरेको हो ।

मधेसमा‌‌ नेकपा एमाले सबैभन्दा ठुलो दल भ‌एकाले स्वाभाविक रूपमा मधेस प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले सो निर्णय गरेको सचिव मनोज पौडेलले जानकारी दिए।

उनका अनुसार मधेस र मधेसी जनताको समृद्धि नेकपा एमाले नेतृत्वले मात्रै दिन सक्ने भन्दै त्यसका निम्ति नेकपा एमालेको नेतृत्वमा मधेसमा सरकार बन्नुपर्ने निर्णय गर्दै यसका लागि केन्द्रीय नेतृत्वमा पहल गर्ने बताए । 

नेकपा एमालेका केन्द्रीय सचिव एवम् मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले नेकपा एमालेले कुनै पनि अवस्थामा मधेस प्रदेशमा आफ्नो दाबी छाड्न नहुने भन्दै यसका लाग आफूले पनि केन्द्रीय नेतृत्वसँग जोडदार पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले मधेसी जनताको जनमत एमाले नेतृत्वको सरकारको लागि भ‌एकाले गठबन्धनमा आबद्ध दलहरूले पनि जनमतको कदर गर्दै निशर्त एमालेले‌ नेतृत्व दिनुपर्ने बताउँदै यसमा कसैले विवाद गर्नु नहुने धारणा व्यक्त गरे ।

नेकपा एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता बसेको बैठकमा पार्टीका पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, मधेस प्रदेश सदस्यहरूको सहभागिता रहेको छ । 

बैठकले मधेस प्रदेशका जनजीविकाको सवालहरूलाई पनि विशेष निर्णय गरेको सचिव पौडेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस

राजनीति

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

काठमाडौँ, २४ माघ । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपद्कै रूपमा आउन सक्ने भन्दै सरोकारवाला हरुले चिन्...
संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

काठमाडौँ -  प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले न...
समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।...
विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

काठमाडौं, २२ माघ । चिनियाँ वैज्ञानिकले हालै नयाँ उपलब्धि हासिल गरेका छन् ।   वैज्ञानिकहरूले दुई वटा...