health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

८ मार्च विश्व श्रमजीवी महिला हरूको महान् चाड हो । महिला हकहित र उत्थानको लागि वीरतापूर्ण सङ्घर्षको इतिहास बोकेको यो दिन लाई विश्वभरिका महिलाहरूले हर्षको रूपमा मनाउने गर्दछन् । यो दिन लाई विश्व एेतिहाँसिक दिनको रूपमा पनि मनाउने गरिन्छ ।
महिलाहरूले ठुलो आन्दोलन गरेर प्राप्त गरेको हक अधिकार सुनिश्चित गर्नको निम्ति पनि महिला आन्दोलनको अरू आवश्यकता छ । विश्वको इतिहासमा महिलाहरूको आन्दोलनलाई छोटकरीमा यसरी बुझ्न सकिन्छ ।
सन १८३२ मा हाेल्याण्डमा महिलाहरूले असमान ज्यालाको विरोधमा आन्दोलन गरे ।
सन १८३५ मा वाेस्टेनका मजदुर महिलाहरूले १८ घण्टा कामको समयलाई १० घण्टामा सीमित गर्ने माग राखेर आन्दोलन गरे ।
सन १८४८ मा अमेरिकामा श्रमिक महिलाहरूले समान ज्याला र मताधिकारको माग राखेर आन्दोलन गरे ।
सन १८५७ मा अमेरिकी महिलाहरूले न्युयोर्कमा कपडा मिलमा आफूहरूलाई पुरुष सरह समान श्रम र ज्याला हुनुपर्छ भनी पहिलो माग राखी हडतालमा उत्रिएका थिए ।
यो विश्वकै पहिलो र सशक्त र सङ्गठित महिला विद्रोह थियो ।
त्यसपछि ,सन १८६० को मार्च ८ गते पहिलो महिला सङ्गठनको स्थापना भएको थियो ।
सन १८६४ मार्च ८ मा अमेरिकाको न्युयोर्क सहरको एक कारखानामा समान अधिकारको नारा लगाउँदै जुलुस प्रदर्शन गरे ।
सन १८६७ मा अमेरिकाको म्यानचेस्टर सहरमा समान ज्याला ८ घण्टा काम र मताधिकारको विषयलाई लिएर आन्दोलन गरे ।
सन १८६८ मा अमेरिकाले उक्त अधिकारलाई कानुनी रूपमा स्वीकार गरेको थियो तर कार्यान्वयन भने भएन ।
सन १८८९ मार्च ८ का दिन फ्रान्सको पेरिसमा श्रमिक महिलाहरूले अन्तर्राष्ट्रिय सम्मेलन गरे । नेतृ क्लारा जेट्किनले समानता र अधिकारबारे सम्बोधन गरेकी थिइन ।
सन १८९७ मार्च ८ मा अमेरिकाको सिकागो सहरमा ज्याला र १० घण्टा काम को विरोध मा जुलुस आमसभा र हडताल गरेका थिए ।
यस क्रममा मताधिकारको माग गर्दै महिला हरूले सङ्गठित रूपमा आन्दोलन को सुरुआत गरे
सन १९०७ मा जर्मनको स्टटगार्डमा प्रथम समाजवादी महिला सम्मेलन भयो ।
सन १९०८ मा न्युयोर्कमा ,सन १९०९ मा अमेरिकाको सिकागो सहर मा पनि आन्दोलन भए ।
सन १९०८ मा रुसमा गाँस ,बाँस र कपासको नारा थपेर श्रमजीवी महिलाहरूले आन्दोलन गरेका थिए ।
२-अन्ततः सन १९१० मा क्लारा जेट्किन र रोजा लग्जमवर्गको अगुवाइमा डेनमार्कको काेपेनहेगनमा दोस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो क्लारा जेट्किन ले राखेको ८ मार्च को प्रस्ताव पारित भयो । र त्यसपछि ,दोस्रो अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय गरे । उनी काङ्ग्रेस कि कार्यकर्ता थिइन ।
उक्त सम्मेलन मा १७ देश का १०० भन्दा बढी महिला प्रतिनिधि हरूको उपस्थिति थियो ।
त्यसपछि सन १९११ देखि ८ मार्च लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन थालिएको थियो ।
सन १९११ मार्च ८ का दिन जर्मनी, डेनमार्क फ्रान्स ,अमेरिका,अस्ट्रेलिया ,स्विजरल्याण्ड,बेलायत,इटली गरी१८ भन्दा बढी देशमा भव्य रूपमा मनाइयो ।
सन १९१३ मा वर्न मा र सन १९१७ मा रुसमा पनि आन्दोलनहरू भए
सन १९१७ अक्टोबर २५ पछि सन १९२० मा लेनिन ले त्यस बारे एउटा लामो लेख लेखे
नेपाल मा सन १९७५ देखि महिला श्रमिक दिवस मनाउँदै आएको इतिहास छ ।
सन १८७१ मा पेरिस कम्युन को स्थापना भएको थियो ।७२ दिन मै प्रतिक्रान्ति भएर दमन हुने क्रममा हजारौँ महिला हरूको पुरुष सँगै हत्या गरिएको थियो ।
सन १९१७ अक्टोबर २५ मा रुसी अक्टोबर समाजवादी क्रान्ति सफल भयो ।त्यहाँ रुसी महिला हरूको अतुलनीय सहयोग भएको थियो ।
सन १९५९ मा चिन मा माअाेकाे नेतृत्वमा चिनियाँ जनवादी क्रान्ति सफल भयो । छापामार युद्ध देखि सैनिक रणनीति सम्मको कार्यमा महिला हरूको उल्लेख्य भूमिका रहेको थियो ।
जापान विरोधी प्रतिरोध युद्धमा चिनिया महिला हरू अग्रिम पङ्क्तिमा थिए ।
हजारौँ महिलाहरू चिनिया लाल सेनामा भर्ती भएर वीरतापूर्ण सङ्घर्षमा सरिक भएका थिए ।
सन १९३० मा च्याङकाइसेकको प्रतिक्रियावादी सरकारले का. माअाेकि जीवन सङ्गिनी याङकाइ – हुई लाई बेइजिङमा जेलबाट बाहिर पाशविक तरिकाले हत्या गरेको थियो ।
विश्वमा याङकाइ – हुइ पहिलो महिला सहिद हुन ।
महान् चिनिया सर्वहारा क्रान्तिकै एक योद्धा क. माअाे कि अर्की जीवन सङ्गिनी च्याङचिङ लाई माअाेकाे सन १९७६ मा मृत्यु पश्चात् देङमण्डलि गुटले ग्याङ फोरको सदस्य भएको कारण आजीवन कारावास को सजाय दिएका थिए । पछि गएर उहाँको जेल मै हत्या गरेका थिए ।
उत्तर कोरियाको जनमुक्ति युद्ध
भियतनामी युद्ध तथा अमेरिकी साम्राज्यवाद विरोधी राष्ट्रिय प्रतिरोध युद्धमा महिलाहरूको ठुलो योगदान रहेको छ ।
त्यस्तै ,कम्वाेडिया ,क्युबालगायतका देशहरूमा सञ्चालन गरिएका मुक्ति युद्धहरूमा श्रमिक महिला हरूको अतुलनीय योगदान र बलिदान रहेको छ ।
पेरुको जनमुक्ति आन्दोलनमा हजारौँ महिला हरूको सहभागिता रहेको थियो ।
महिला आन्दोलनमा केही महिला हस्तिहरूको नाम लिन सकिन्छ । जसमा, जेनि मार्क्स, नदिज्जा क्रुस्काय, याङकाइ – हुई, क्लारा जेट्किन, रोजा लग्जमवर्ग, अलेक्जान्ड्रा काेलाेन्ताई. नाताशा, मार्क्स कि कान्छी छोरी -ईलेनर मार्क्स आदि महिलाहरूको वीरतापूर्ण सङ्घर्षको गाैरवगाथाबाट पाठ सिक्न सकिन्छ ।
नेपाल मा पनि १९७५ देखि लगातार महिला हकहित र रक्षाका निम्ति श्रमजीवी महिला सङगठनहरुले आन्दोलन गर्दै आएका छन् । त्यस मध्येको अखिल नेपाल महिला संघले सामाजिक कुरीति ,छाउपडी प्रथा ,गर्वपतनकाे अधिकार ,कुरीति र कु संस्कृतिको बारेमा महिलाहरूलाई सचेत बनाउने र उनीहरूको चेतना स्तर माथि उठाउन पहल गर्दै आइरहेको छ ।
समाजमा फैलिएको अर्ध चेतना , दबिँदै हेपिँदै आएका चुलो चौकामा दासी भएर जीवन गुजारा गरिरहेका लाखौँ नेपाली महिलाहरूलाई राज्यमा ३३% हक अधिकार सुनिश्चितताको लागि पनि महिला सङ्घले सचेत गराउँदै आएको छ ।
महिलाहरूमाथि हुने अपमान घरेलु हिंसा ,बलात्कार र पछि हत्या समेत धेरै घटना घटेका छन् । २०७२ देखि २०७७ सम्म आइपुग्दा ८ हजार बलात्कार ,३१०० बलात्कारको प्रयास र ६० हजार घरेलु हिंसाहरू भएको सरकारी तथ्याङ्क सार्वजनिक भएको छ । दिनहुँ जसो हुने महिला हिंसा ,बलात्कार र हत्याको श्रमिक महिलाहरूले विरोध गर्दै आन्दोलन गर्दै आइरहेका छन् ।नेपालको सन्दर्भमा अरू सशक्त महिला आन्दोलन उठाउनु पर्ने आवश्यकता छ ।
समाजमा दाइजो प्रथा अझै व्याप्त छ । दाइजो नदिएको निहुँमा महिलाहरू माथि चरम अन्याय हुने गरेका धेरै उदाहरण हरू गाउँमा व्याप्त छन् ।कुट्ने ,पिट्ने देखि ,मट्टितेल छर्केर हत्या गर्ने सम्मका घटना हरू घट्ने गरेका छन् ।घर परिवारमा श्रीमान् ,बाबुआमा र देवर सम्मले एउटा बुहारी माथि चरम अन्याय गर्ने गरेका घटनाहरू पाइन्छन् । एक्काइसौं सताब्दिको युगमा पनि कानुनी रूपबाट दाइजो प्रथाको अन्त्य नहुनु दुखदायी कुरा हो ।राज्य सञ्चालनमा पुगेका सत्ताधारीहरूले यश प्रकारको महिला माथिको अन्याय हटाउने कुनै कानुन बनाउन सकेनन् । यदि बनेका कानुन पनि व्यवहारमा लागू हुन नसक्दा समाजमा श्रमिक महिलाहरू चरम अन्यायमा परेका छन् ।यसको अन्त्य जरुरी छ ।यस कारणले पनि नेपालमा महिला आन्दोलन अरू सशक्त रूपमा सञ्चालन गर्नुपर्ने अरू धेरै आवश्यकता बढेर गएको छ ।
त्यस कारण ८ मार्चलाई कार्यक्रम गरेर मनाउनु मात्रै ठुलो कुरा होइन ।८ मार्चको त्यो एेतिहाँसिक दिनलाई स्मरण गरेर मात्र पनि पुग्दैन ।त्यसले निर्धारण गरेका हक अधिकारहरू प्राप्त गर्ने प्रकारले आन्दोलनको उठान गर्न सक्नुपर्छ र लाखौँ करोडौँ महिलाहरूको हकहितको पक्षमा आवाज बुलन्द गर्नु पर्छ ।