health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । नेकपा (मसाल)ले प्रतिगमन विरोधी गठबन्धन विघटन हुनुलाई गलत बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन २१ गते सोमबार जारी प्रेसवक्तव्यमा पार्टीको यस्तो धारणा अभिव्यक्त भएको हो ।
पूर्व गठबन्धनले प्रतिगमन विरुद्ध ऐतिहासिक र महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै पार्टीले त्यसको विघटनबाट प्रतिगमनलाई बल पुगेको बताएको छ ।
बहुदलीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको पक्षमा मसाल गम्भीर रहेको बताउँदै पार्टीले आफूहरू त्यसको पक्षमा लगातार सङ्घर्ष गर्ने प्रतिबद्धता वक्तव्यमा व्यक्त गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“आज पूर्व गठबन्धनको विघटन भएको कार्यप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ गठबन्धन सरकारको निर्माण भएको छ ।
प्रतिगमनका विरुद्धको सङ्घर्षमा पहिलेको गठबन्धनको ऐतिहासिक र महत्त्वपूर्ण भूमिका रहेको थियो । त्यो गठबन्धनको विघटनबाट प्रतिगमनलाई बल पुग्ने सम्भावना देखा परेको छ । त्यसैले हाम्रो पार्टीले पूर्व गठबन्धनको विघटनलाई गलत मान्दछ र त्यो कार्यको तीव्र आलोचना गर्दछ ।
वर्तमान सरकारको नीति र कार्यक्रम कस्तो हुने छ ? त्यो कुरा आउने दिनमा प्रष्ट हुँदै जाने छ र त्यसको लेखाजोखा गरेर नयाँ सरकारप्रति हाम्रो पार्टीले आफ्नो नीति निर्धारित गर्ने छ ।
हाम्रो पार्टीले पहिले झैँ अहिले पनि बहुदलीय व्यवस्था, गणतन्त्र र धर्मनिरपेक्षतामा जोड दिन्छ । त्यसका साथै यो कुराप्रति पनि हाम्रो पार्टीको ध्यान छ कि आज ती सबैका विरुद्ध खतरा बढ्दै गइरहेको छ । त्यसका साथै देशको राष्ट्रियताका अगाडि पनि गम्भीर खतरा बढ्दै गएको छ । यी सबै प्रश्नमा हाम्रो पार्टीले गम्भीर ध्यान दिने छ र बहुदलीय व्यवस्था, गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता तथा व्यापक जनहितसमेतका लागि लगातार र दृढतापूर्वक सङ्घर्ष गर्दै जाने प्रतिबद्धता प्रकट गर्दछ ।”