Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल - Gyaan Ghar

Gyaan Ghar

Advertisement

मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

काठमाडौँ, २० फागुन । तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगपालिका-६ का २९ वर्षीय सन्तोष सुवाल रहेका छन्।

सुवाललाई शनिवार काभ्रेपलान्चोक मण्डन देउपुर नगरपालिका-६ बाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।सूर्यविनायक-८ सिपाडोलमा बस्दै आएका ३३ वर्षीय ढकालको गत फागुन ९ गते राति हत्या भएको थियो। उनको सोही ठाउँको एउटा गोठमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो।

हत्यापछि ढकालको मोबाइलसहित फरार भएका सुवालको साथबाट मोबाइलसमेत बरामद भएको छ। ९ गते राति ८ बजे ढकाल  कोठाबाट निस्केका थिए। त्यसपछि नजिकैको पसलमा खानपिनपछि सुवालसँग गोठतर्फ गएका थिए।

त्यहाँ पुगेपछि ढकालको मोबाइलबाट सुवालले श्रीमती रेनुलाई फोन गर्दै दुई लाख रुपैयाँ लिएर आउनू भनी धम्की दिएका थिए। भोलिपल्ट वृत्त जगातीमा रेनुले खोजीका लागि निवेदन दिएकी थिइन्। खोजी सिलसिलामा फागुन ११ गते बिहान ढकालको शव फेला परेको थियो।

सुवालले ढकाललाई ९ गते राति नै हत्या गरेको अनुसन्धानले देखाएको छ।

यस्तो थियो हत्याको कारण

सुवाल चाँगुनारायण घर भए पनि सिपाडोल-८ मा श्रीमती साथ डेरा बस्दै आएका थिए। उनी सामान्य पृष्ठभूमिका मानिस हुन्। ढकाल र सुवालको त्यही दिन राति मदिरा पसलमा चिनजान भएको रेग्मीले बताए। 

मदिरा सेवन गर्ने क्रममा दुवै नजिकिए। ढकाल र सुवालकै योजनामा उनीहरूले श्रीमती रेनुलाई ‘प्राङ्क’ कल गरी रकम मागेका थिए। ‘हत्याअघि नै दुई लाख रुपैयाँ मागेर जिस्क्याउने योजनाअनुसार दुवैको सहमतिमा फोन गरेको देखिन्छ,’ उनले भने। 

मदिराको सुरमा दुवै जना सुवालको कोठा गए। रेग्मीका अनुसार कोठामा पुगेपछि सुवाल र ढकालको झगडा परेको थियो। ‘ढकालले सुवालकी श्रीमतीलाई दुर्व्यवहार गरेको, हात समातेको देखेपछि दुवै जनाबिच झगडा भएको खुलेको छ,’ एसपी रेग्मीले भने। 

झगडापछि दुवै जना हातपात गर्दै कोठाबाट निस्किए। वारि पट्टीको रोशन बस्नेतको कच्ची गोठसम्म पुगे। झगडा भइरहेको बेला सुवालले अचानक ढकालमाथि इँटा र ढुङ्गा प्रहार गरेको रेग्मीले बताए। टाउकोमा इँटा-डुङ्गा प्रहार गर्दा ढकालको मृत्यु भयो। त्यसपछि उनले गोठमा परालले शव छोपे। ढकालको मोबाइलसमेत लिएर सुवाल फरार भएका थिए। 

घटना भएपछि जिल्ला प्रहरी परिसर भक्तपुर, अपराध अनुसन्धान कार्यालय र वृत्त जगातीले अनुसन्धान थालेका थिए। रकम माग गरिएकाले सुरुमा अपहरणपछि हत्या भएको हुनसक्ने आशङ्का गरिए पनि अनुसन्धानले त्यसलाई सहारा नदिएको रेग्मीले बताए।

ढकाल कोठाबाट निस्किएपछि नजिकैको मदिरा पसल पुगेका थिए। त्यहीँ उनीहरूको चिनजान भएको थियो।

त्यो पसलमा बाहिर सडकमा मागेर हिँड्ने एक जना केटा र केटी छिरेका थिए। ढकाल र सुवाल निस्किनुअघि नै उनीहरू बाहिरिएका थिए।

दुबैलाई प्रहरीले पक्राउ गरी सोधपुछसमेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...