Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
नेदरल्याण्डसमाथि नेपालको शानदार जित - Gyaan Ghar

Gyaan Ghar

Advertisement

नेदरल्याण्डसमाथि नेपालको शानदार जित


काठमाडौँ । नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । 

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपाल ले शनिवार टियु मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो ।

नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । 

नेपालका लागि लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए भने गुलशन झाले ३८ रन बनाएका थिए ।  त्यस्तै कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन बनाएका थिए ।   

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुँदै १२० रन बनाएको थियो ।

नेदरल्याण्डसका लागि म्याक्स ओ दाउदले सर्वाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए । त्यस्तै रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए ।

त्यसै गरी नेपाली बलर प्रतिस जिसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । प्रतिसले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिएका हुन । त्यसै गरी करण केसी र कुशल मल्लले २-२ विकेट  लिए भने दीपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।

योसँगै सिरिजमा नेपालले ४ खेलमा दोस्रो जित हासिल गर्दै ४ अङ्क हासिल गरेको छ ।  त्यस्तै नेदरल्याण्डसले ३ खेलमा ४ अङ्क हासिल गरेको छ ।  त्यस्तै नामिबियाले ३ खेलमा एक जितसहित २ अङ्क हासिल गरेको छ । अब आइतबार हुने नामिबिया र नेदरल्याण्डसबीचको खेलपछि मात्र फाइनलमा पुग्ने २ देशको टुङ्गो लाग्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...