health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

रौतहट,८ फागुन । खुला सीमाका कारण भारतीय कुखुरा निर्बाध रूपमा रौतहटको विभिन्न नाका हुँदै छिरेपछि नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् । सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा भारतीय तस्करहरूले नेपालमा भारतीय कुखुरा भित्र्याउन थालेपछि त्यसको असर नेपाली किसानमा पर्न थालेको छ ।
सीमामा तैनाथ रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलाबेलामा भारतीय कुखुरा बरामद गरेर नष्ट गर्ने गरेको भए पनि भारतबाट आउने कुखुराका कारण नेपाली किसान सङ्कटमा परेको उनीहरूले गुनासो गरेका छन् ।
भारतबाट लुकाई छिपाई नेपाल भित्र्याउन लागेको ६० वटा बोइलर कुखुरा सोमबार नेपाल प्रहरीले बरामद गरेर नष्ट गरेको छ । साइकलमा भारतबाट लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कोपुवा पिपरिया प्रहरी चौकीले ६० वटा कुखुरा बरामद गरेको हो । कुखुरासँगै कुखुरा ल्याउन प्रयोग गरिएको चार वटा साइकल समेत प्रहरीले बरामद गरेको छ । ३८ हजार ४ सय मूल्य बराबरको कुखुरा प्रहरीले नष्ट गरेको हो ।
खुला सीमाका कारण भारतीय बोइलर कुखुरा सहजै नेपाली बजारमा छिर्न थालेपछि नेपाली किसानहरू देशको प्रत्यक्ष मारमा परेको कुखुरा व्यवसायी राम विनोद पाण्डेको भनाइ रहेको छ । बेलाबेलामा सीमावर्ती क्षेत्रबाट नेपाल भित्रने भारतीय ब्रोइलर कुखुरा नेपाल प्रहरी र सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गर्ने गरेको भए पनि नेपाल भित्रने क्रम रोकिन नसकिएको पाण्डेको भनाइ रहेको छ ।
रौतहटका कुखुरा व्यवसायीहरूले सीमा मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमै भारतीय बोइलर कुखुरा सहजै नेपाली बजारमा आउने गरेको आरोप लगाउँदै आएका छन् । नेपालमा उत्पादन भएका ब्रोइलर कुखुराको तुलनामा भारतबाट आउने ब्रोइलर कुखुरा सस्तो पर्ने भएका कारण नेपाली बजारमा भारतीय कुखुरा बढी बिक्री हुने हुँदा नेपाली कुखुरा उत्पादक किसान मारमा परेको उनीहरूको गुनासो छ ।
भारतीय ब्रोइलर कुखुराको चल्ला र मासु प्रयोजनका लागि ठुलै ब्रोइलर कुखुरा नेपाल भित्रिन थालेपछि रौतहटका कुखुरा उत्पादक किसानहरू समस्यामा परेको भन्दै उनीहरूले भारतीय कुखुरा आयातमा रोक लगाउन सुरक्षा निकायसँग माग गरेका छन् ।