health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ माघ २७ । ‘योग दर्शनमा पनि मार्क्सवादको अंश छ’ –योग दर्शनका व्याख्याता डा.हरिप्रसाद पोखरेलले भने, ‘अप्रतिगृह, यो दर्शनको एउटा नियम हो । यो नियम भनेको आवश्यकताभन्दा बढी वस्तु प्रयोग नगर्नु तथा त्यो अरूलाई दिनु भन्ने हो । यो नियमलाई कडाइका साथ पालन गरियो भने पनि विभेदको मात्रा धेरै हदसम्म हट्न सक्छ ।’
ज्ञानशाला अनुसन्धान केन्द्रले माघ २७ गते नयाँबजारस्थित आफ्नो हलमा आयोजना गरेको कार्यक्रममा डा.पोखरेलले भने, ‘योग दर्शनमा विपरीतहरूबिच एकता हुन्छ, अर्थात् दायाँ भएपछि बायाँ हुनै पर्छ, तल भएपछि माथि हुनै पर्दछ । यस प्रकारको प्रक्रिया पनि एक प्रकारको द्वन्द्ववाद हो ।’

‘योग दर्शनले ऊर्जा उत्पादन हुन्छ, उपयोग हुन्छ र विलय हुन्छ भन्ने मान्यता राख्दछ । उपयोगबाट नै रूपान्तरण हुने हो । ऊर्जा रूपान्तरण भएन भने आवश्यकता भन्दा बढी शक्तिको आवश्यकता पर्दछ । आसनले ऊर्जा रूपान्तरणमा सहयोग गर्दछ ।’ डा.पोखरेलले भने, ‘हरेक कोषसम्म श्वास पुग्न सक्यो अर्थात् अन्तर कोसीका स्वशासन हुन सक्यो भने शरीर स्वस्थ हुने हो । त्यसको लागि प्राणायाम जस्ता व्यायामले सहजीकरण गर्दछ ।’
शारीरिक सुगठन जस्ता व्यायाममा निकै दुख दिइन्छ । त्यसलाई निरन्तर दिन नसक्दा शरीरमा शिथिलता आउन थाल्दछ तर योगले लचकताको कुरा मात्र गर्दछ, यसको दीर्घकालीन महत्त्व हुने डा.पोखरेलले बताए ।

छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै डा.पोखरेलले भने, ‘मनको एकाग्रताबाट विचार शून्यमा जान सकियो भने नयाँ सिर्जना निर्माण गर्न सहज हुन्छ । यो नै योगको मान्यता हो ।’ उदाहरणबाट प्रस्ट पार्दै उनले भने, ‘न्युटनमा विचार शून्यको अवस्था नभएको भए गुरुत्वाकर्षणको नियम आउन नै सक्दैनथ्यो । रचनात्मक क्षमताको विकास हुनै सक्दैनथ्यो ।’
योगले रचनात्मक शिक्षामा जोड दिने भन्दै डा.पोखरेलले भने, ‘मान्छेको चेतनाको विकास भनेको आम मानिसले देख्न नसक्ने कुरा देख्न सक्नु हो ।’ नेपालको अवस्था प्रस्ट पार्दै उनले भने, ‘हामीले उत्पादनमूलक शिक्षा दियौ तर रचनात्मक शिक्षा दिएनौ । त्यसैले हामी पछाडि पर्यौ ।’
मानिसको स्वास्थ्य भनेको भनेको भौतिक, सामाजिक, आध्यात्मिक, जीवनको समग्र प्रणाली हो भन्दै उनले भने, ’आध्यात्मिकता भनेको पूजा पाठ मात्र होइन, सम्पूर्ण मानिसको खुसीको प्राप्ति हो । यो चेतनाको उच्चतम रूप हो ।’
मानसिक रोग पनि एउटा डरलाग्दो विषय बन्दै गइरहेको बताउँदै डा.पोखरेलले भने, ‘रिस उठ्नु, महत्त्वाकाङ्क्षा धेरै हुनु, झगडा गर्नु, नकारात्मक कुरा मात्र गर्नु सबै मानसिक रोग हो । केरा खाएर बोक्रा फाल्नु, चकलेटको खोल जथाभाबी फाल्नु पनि सामाजिक मानसिक रोग हो । तनाव व्यवस्थापन गर्न नसक्दा मानिसको जीवनमा समस्या आइरहेको हुन्छ ।’
भोजनबाट स्वास्थ्य निर्धारण हुने बताउँदै डा.पोखरेलले भने, ‘बेलायतमा एउटा उखान प्रचलित छ, फास्ट फुड, फास्ट डेथ । अर्थात् जति धेरै फास्ट फुड र उद्योगबाट तयार भएको खाना खाइन्छ त्यति नै मृत्युको नजिक पुगिन्छ ।’ उनले भने, ‘उद्योगबाट आएका खानेकुरा जतिसक्दो घटाउनु स्वास्थ्य प्रति सचेतना हो । आमाको हातमा मोबाइल र बच्चाको हातमा चाउचाउको पोका हुने संस्कृतिबाट हामी बच्नुपर्दछ ।’
दैनिक ५०० माइक्रो ग्राम अजिनोमोटो प्रयोगले क्यान्सर जस्तो रोग निम्त्याउने बताउँदै डा.पोखरेलले भने, ‘हामीले खाने चीज बल, चाउचाउ, होटेलको खानामा एकदमै बढी अजिनोमोटो प्रयोग गरेको हुन्छ । त्यस कारण यस प्रकारको खानपिन शैलीमा सुधार ल्याउनुपर्दछ ।’
चिनी, नुन जस्ता खाद्य पदार्थहरू सेतो विष भएको बताउँदै डा.पोखरेलले भने, ‘दिनमा बढीमा २ चम्चा चिनी खान मिल्छ । तर त्यो पनि घटाउँदै जानुपर्दछ ।’ उनले अगाडि भने, ‘डब्ल्यु एच ओले समेत कोकमा भएको सेकरिन स्वास्थ्यको दृष्टिले एकदम हानिकारक भएको भन्दै यसलाई बन्द गर्न भन्यो । सेकरिन भन्ने गुलियो, क्यान्सर गराउने प्रमुख कारण हो । चिनीभन्दा पनि खराब हो सेकरिन । त्यस्तै नुनको बढी प्रयोगले नै मुटु रोग, प्रेसर जस्ता रोगहरू बढ्दै गइरहेको अवस्था छ ।’
विश्वमा सबैभन्दा धेरै निद्रा, पेनकिलर र हाइपर एसिडीटीको औषधि बिक्री भइरहेको विभिन्न तथ्याङ्कले देखाएको बताउँदै डा.पोखरेलले, ‘केमोमाइलको चिया, अश्वगन्धाको प्रयोग, सुत्ने बेला मोबाइलको प्रयोग नगर्ने र गर्मीमा बरफले ढाडको माथि स्पर्श गर्दा निद्रा लाग्न सहज हुने’ बताए । उनले भने ‘एउटा मानिसलाई पूर्ण मानिस बनाउन, जीवनलाई योगका साथ जोड्नुपर्दछ ।’