काठमाडौँ, २७ माघ । नेपालले एसीसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । शनिवार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो ।
हङकङले दिएको ९४ रनको लक्ष्य पछाएको नेपालले १४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाएकी थिइन् भने सिता राना मगरले ३२ रन बनाएकी थिइन् ।
यसअघि पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनाएको थियो ।
यो जितसहित नेपालले समूह डी मा विजयी सुरुवात गरेको छ । अब नेपालले दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल मालदिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।