wordpress-seo
domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init
action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6114काठमाडौँ, २७ माघ । १८औँ एसियन कप फुटबलको फाइनल खेल आज हुँदै छ ।
फाइनलमा जोर्डन र आयोजक कतार उपाधिका लागि आज भिड्दै छन् । यो खेल नेपाली समय अनुसार राती ८. ४५ बजेदेखि सुरु हुँदै छ ।
जोर्डनले सेमिफाइनलमा दक्षिण कोरियालाई २/० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जोर्डन एसियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । जोर्डन यसअघि २००४ र २०११ मा क्वाटर फाइनलसम्म पुगेको थियो । जोर्डन पाँचौँ पटक एसियन कप खेलिरहेको छ ।
त्यस्तै कतारले सेमिफाइनलमा इरानलाई ३/२ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो । डिफेन्डिङ च्याम्पियन रहेको कतार ११औँ पटक एसियन कप खेलिरहेको छ । सन् २००० र २०११ मा क्वाटर फाइनलसम्म पुगेको कतारले २०१९ मा एसियन कपको उपाधि जितेको थियो र आज दोस्रो पटक एसियन कपको फाइनल खेल्दै छ ।
एसियन कप फुटबलको विजेताले ५ मिलियन डलर नगद पुरस्कार रकम पाउने छ भने उपविजेताले ३ मिलियन डलर नगद पुरस्कार पाउने छ । त्यस्तै एसियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एक एक मिलियन डलर पाउने छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद पाउने छन् ।