Gyaan Ghar

Home

Advertisement

दुई पक्षबिच हात हालाहाल भएपछि एमाले धादिङ  जिल्ला अधिवेशन  स्थगित

धादिङ, २१ माघ । धादिङ जिल्ला अधिवेशनमा विवाद चर्किएपछि अधिवेशन भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ। दुई पक्षबिचको विवादले हात हालाहाल भएपछि अधिवेशन स्थगित गरिएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिल्लाका नेताहरूलाई काठमाडौँ बोलाएर छलफल गरेर विवाद मिलाउने प्रयास गरेका छन्।

विवादपछि बागमती प्रदेश अध्यक्ष कैशाल ढुङ्गेलले आज बिहानै जिल्ला अधिवेशन स्थगित भएको भन्दै विज्ञप्ति जारी गरेका थिए। तर धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले तत्कालै अर्को वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जनाएका थिए। त्यसपछि अवस्था थप बिग्रिएको थियो।

जिल्ला अध्यक्ष त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा गरेकोमा प्रदेश अध्यक्ष ढुङ्गेल पक्षधर नेताहरूले विरोध गरेपछि विवाद भएको थियो। 

विवादपछि भएको झडपमा कुटपिटमा परी एक जनाको हातसमेत भाँच्चिएको थियो। शनिवार साँझ बन्द सत्रमा दस्ताबेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्का मुक्का हुँदा सन्तोष खनालको हात भाँच्चिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको एक कारखानामा धेरै लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको...
सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । सर...
साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

काठमाडौँ । साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ । साउदी प्रशासनका ...
अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, असार ९ । विचार र सिर्जनाको संयोजन गर्दै कविताहरूमा अझ निखारता ल्याउने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search