चिली, २१ माघ । मध्य चिलीको जङ्गलमा लागेको आगोले कम्तीमा ५१ जनाको ज्यान लिइसकेको छ ।
सो घटनामा परी मृत्यु हुनेको सङ्ख्या अझै बढ्दै जाने सम्भावना देखिएको छ ।
चिलिका अधिकारीहरूका अनुसार आपत्कालीन सेवाहरूले सहरी क्षेत्रतर्फ जान सक्ने आगो निभाउन सङ्घर्ष गरिरहेको छ।
‘मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रका धेरै भागहरूमा कालो धुवाँ आकाशमा उडिरहेको छ जबकि अग्नि नियन्त्रकहरूले हेलिकप्टर र ट्रकहरू प्रयोग गरेर आगो निभाउन सङ्घर्ष गरिरहेका छन्,’ स्थानीय स्मिथले भने ।
तटीय पर्यटक सहर भिना डेल मार वरपरका क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् र उद्धार टोलीहरू सबै प्रभावित क्षेत्रहरूमा पुग्न सङ्घर्ष गरिरहेको चिलीका अधिकारीहरूले जनाएका छन् ।