health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

हेमन्त केसी/न्युज कारखाना
सुर्खेत, १७ माघ । सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मङ्सिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात पारेका छन्।
विगतका वर्षहरूको तुलनामा यो वर्ष तरकारी उत्पादन पनि बढेको छ। गत आव २०७९/८० को झन्डै ६ महिनामा १७ करोड २३ लाख १६ हजार ६ सय रुपैयाँको ४२ लाख ९९२ किलो ताजा तरकारी, फलफूल र अदुवा बिक्री भएको थियो।
यो वर्ष गत वर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मूल्य पनि राम्रो पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ।
देशकै दोस्रो तरकारी सङ्कलन केन्द्र कपुरकोटमा असारदेखि मङ्सिरसम्म बजार सञ्चालन हुने गर्दछ। उत्पादित टमाटर, काउली, बन्दा गोभी, भेडे खुर्सानी, सिमी, फर्सी, आलु लगायतका बेमौसमी तरकारीले यो पटक राम्रो भाउ पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए।
उनका अनुसार व्यापारीहरूले कपुरकोटबाट ताजा तरकारी ४६ लाख ३० हजार ८७१ किलो, अदुवा १ लाख २४ हजार १९ किलो र १ लाख २ हजार ३५६ किलो फलफूल खरिद गरेर लगेका छन्।
कपुरकोट क्षेत्रबाट सबैभन्दा धेरै टमाटर बिक्री भएको छ। किसानले १३ लाख ६९ हजार ४७५ किलो टमाटर बेची ८ करोड २३ लाख ८३ हजार ३८ रुपैयाँ आम्दानी गरेका छन्।