Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121 किसान आन्दोलन 'शहीद' भए मुखलाल महतो, तर राज्यले अझै घोषणा गरेन - Gyaan Ghar
बारा, १७ माघ । हिजो देश भरका सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइयो । नेपालमा सरकारले हालसम्म १४ हजार २ सय ४६ जनालाई शहीद घोषणा गरेको गृह मन्त्रालयले जनाएको छ ।
नेपाली समाजमा पटक पटक विभिन्न प्रकारका आन्दोलनहरू हुँदै आएको छ । ती मध्य एक किसान आन्दोलन हो । पाल्पा, रौतहट, बारा, सर्लाही, प्युठान, काठमाडौँ, कञ्चनपुर लगायतका जिल्लामा किसान आन्दोलन भएका थिए । जाली तमसुक च्यात्ने, चक्रबृद्धि ब्याजको विरोध, जसको जोत उसको पोत, मोहियानी हक, जमिनको हदबन्दीलगायतका माग राखेर किसान आन्दोलन भएका थिए ।
किसान आन्दोलन, किसानका बिचमा शिविर सञ्चालन गरी एउटा सचेत रूपमा किसान आन्दोलनलाई अगाडि बढाउने दिशामा निर्देशित थियो । बारा र रौतहटमा समानताको सङ्घर्ष किसानको महत्त्वपूर्ण आन्दोलन थियो । “रे नही जी कहो” नारा लगाउँदै जाली तमसुक च्यात्ने, भकारी फोडो, मोहियानी हक, जमिनदारी प्रथाको अन्त्यलगायत जमिनदारले गर्ने विभिन्न शोषणका तरिकाका विरुद्ध उनीहरू आन्दोलित भएका थिए ।
वास्तवमा यस प्रकारका आन्दोलनले वर्ग सङ्घर्षलाई चर्काउन महत्त्वपूर्ण आधार प्रदान गरेको थियो । किसान आन्दोलनले किसानलाई वैचारिक, सैद्धान्तिक, दार्शनिक स्तर माथि उठाउन त्यसले विशेष सहयोग पु¥याएको थियो ।
यही किसान आन्दोलनको बाराको नेतृत्वकर्ता थिए, बाराको कलैया उपमहानगरपालिका १५ बकुलहरका मुखलाल महतो । १९९६ मा जन्मेका मुखलाल १६ वर्षको कलिलै उमेरका उनले यस क्षेत्रका किसानका हितका निम्ति आवाज बुलन्द्र बनाउने कार्य गर्दै बाराका किसानलाई एक बनाउने मध्य एक हुन मुखलाल ।
२०१२ मङ्सिरमा तराईमा चकिर्दै गएको किसान आन्दोलनको क्रममा तत्कालीन साही सेना हाल नेपाली सेनाले हत्या गरेका मुखलाल महतोलाई हालसम्म पनि सरकारले सहिद घोषणा गरेको छैन । सरकारले मुखलाललाई सहिद घोषण नगरेता पनि उनलाई बाराका जनताले भने बिर्सेको छैन । बाराली किसानले हरेक वर्ष माघ १६ सहिद दिवसका दिन उनको योगदानलाई स्मरण गर्ने गरिन्छ ।
बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलले मुखलाललाई सहिद घोषण गर्ने सरकारलाई पटक पटक अनुरोध समेत गरेका भएता पनि सरकारले बेवास्ता गरेपछि पौडेलले नै मुखलालको सम्झनाका निम्ति उनको सालिक बनाएर नहरीमा उनको पार्क निर्माण गरिएको छ, जहाँ उनको सम्झनामा हरेक वर्ष कार्यक्रम गर्ने गरिन्छ ।
हरेक वर्ष उनको स्मरणमा कार्यक्रम आयोजना गरेर उनको सम्मान गर्ने गरिन्छ । यो वर्ष उनको ६९ औँ स्मृति दिवस मनाइएको छ ।
कार्यक्रममा बाराका नेता तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलले सरकारले किसान आन्दोलनको महत्त्व नबुझेका कारण आजसम्म मुखलाल देशको सहिद घोषण हुन नसकेको बताए । उनले मुखलाल किसानका नभएर कुनै अमुख पार्टीका भएको भए सरकारले उहीले सहिद घोषण भई सकेका हुने थिए र उनी गरिब किसानका भएका कारण सरकारले पक्षपात गरेको महसुस भएको बताए ।
जिम्मेवार निकाय र अधिकारीहरू मुखलाललाई शहीदको सुचीमा राख्न कुनै चासो दिएको पाइँदैन । सहिदको घोषण गरेका मध्य कति सहिद बिना कारण र कुनै योगदान बिना नै घोषण गरेको भएता पनि किसान आन्दोलनका अगुवा मध्य एक जसलाई सरकारले गोली हानी हत्या गरेको थियो, उनै मुखलाललाई भने सहिद घोषण गर्न भने आनाकानी गरिरहेको छ । मापदण्ड र स्पष्ट परिभाषा नगरी शहीद घोषणा गर्ने कामको टीकाटिप्पणी हुने गरेको छ ।
कसरी मारिए मुखलाल
तराईमा थुप्रै गरिब किसान थिए उनीहरूमाथि साहु र जमिनदारको एकदमै ज्यादती भएको थियो । किसान आन्दोलन भइरहेको बेलामा बाराको गडहलमा रहेका जिम्दार ह्रदय नारायणले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य मधु सिंहले नेतृत्व लिएकाले उनलाई कमजोर बनाउँदा आन्दोलन फितलो हुने भन्दै समातेर जिम्दारले घरमा थुने ।
स्थानीय प्रहरी र जिल्ला प्रहरीले जिम्दारलाई सुरक्षा दिएका थिए । यो खबर बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टीले किसान आन्दोलनको नेतृत्वको जिम्मा मुखलाललाई दियो । त्यसपछि मुखलाल लगायत बारा, पर्सा र रौतहटका करिब दश हजार किसानले गडहलमा घेरा हाले र सिंहको रिहाइको माग गरे । २ दिनसम्म किसानले पुरै गाउँमा घेरा हालेपछि स्थिति प्रहरीको नियन्त्रण भन्दा बाहिर रहेपछि वीरगन्जबाट तत्कालीन शाही सेनालाई गडहलमा परिचालन गरियो तर पुरै गाउँलाई घेरा हालेका किसानले सेनालाई गाउँ प्रवेश गर्न दिएन ।
सेनालाई सिंह नियन्त्रणमा लिई वीरगन्ज ल्याउनु भन्ने आदेश थियो तर किसानले गाउँभित्र प्रवेश गर्ने निकै कठिन भएपछि बडा हाकिम (तत्कालीन सेनाको पद)ले गोली चलाउने आदेश दिएका थिए । त्यहीँ क्रममा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । ती मध्य एक मुखलाल हुन र अर्का सिघार कमरेड थिए । सेनाले सिघार कमरेडको शव लिएर गएका कारण उनको परिचय खुल्न सकेन भने मुखलालको शव भने आन्दोलनमा रहेका किसानले सेनाबाट खोसेर राखेका कारण उनको सनाखत भएको थियो ।
सो क्रममा करिब तिन सय किसान गिरफ्तार भएका थिए भने ७० जनालाई नख्खु जेलमा समेत लगिएको थियो । यसरी किसानका निम्ति आफ्नू १६ वर्षको उमेरमा सहिद भएका मुखलाललाई सहिद घोषणा नगर्दा बाराली किसान समेत निराश छन् ।