health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

माले, १५ माघ । मालदिभ्सको संसद्मा भिडन्त भएको छ ।
राष्ट्रपति मोहम्मद मुइज्जुले बोलाएको विशेष अधिवेशनको कार्यवाही अवरुद्ध पार्ने क्रममा मालदिभ्सको संसद्मा झडप भएको हो ।
मालदिभ्सको संसद्मा सत्तारुढ गठबन्धन र विपक्षी सांसदहरूबिच झडप भएको मालदिभ्सका समाचार संस्थाहरूले जनाएका छन् ।
सन अनलाइनका अनुसार राष्ट्रपति मुइज्जुको मन्त्रिपरिषद्को लागि मतदान हुनु अघि सो झडप भएको हो । समाचार अनुसार संसद्मा मतदान हुनु अघि पूर्व राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा रहेको माल्दिभियन डेमोक्रेटिक पार्टी (एमडीपी) को विरोधमा पीपुल्स नेसनल काँग्रेस (पीएनसी) र प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स (पीपीएम) का सरकार समर्थक सांसदहरू बाहिर आएका थिए ।
समाचार च्यानल अधाधुले घटनाको भिडियो जारी गरेको छ, जसमा एमडीपी सांसद इसा र पीएनसी सांसद अब्दुल्ला शाहीम अब्दुल हकिम झगडा गरिरहेको देख्न सकिन्छ। भिडियो फुटेजमा सहिमले इसाको खुट्टा समातेर भुईँमा खसाएको र त्यसपछि ईसाले शहीमको घाँटीमा लात हाने र कपाल तानेको देखिन्छ । घटनामा घाइते भएका सांसद शाहीमलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको छ ।
सत्तारुढ प्रोग्रेसिभ पार्टी अफ मालदिभ्स (पीपीएम) र पिपुल्स नेसनल काँग्रेस (पीएनसी) गठबन्धनले विपक्षीको यस्तो रवैयाप्रति चिन्ता व्यक्त गरेका छन् । यसबारे उनले स्वीकृति नदिनु भनेको सरकारको काममा बाधा पु¥याउने प्रयास भएको बताए ।