Gyaan Ghar

Advertisement

टिकटकले भेट्टायो १९ वर्ष पछि जुम्ल्याहा दिदीबहिनीलाई

जर्जिया, १५ माघ । पूर्वी युरोपको जर्जियामा दुई जुम्ल्याहा बहिनीको यस्तै एउटा घटना बाहिर आएको छ, जो १९ वर्ष पछि भेटिएका छन् । 

यी दुई जुम्ल्याहा दिदीबहिनी जन्मकै बेला एक अर्काबाट अलग भएका थिए तर यति वर्षपछि सामाजिक सञ्जालमार्फत यी दुई जुम्ल्याहा दिदीबहिनीको भेटघाट भएको हो ।


वास्तवमा, एमी ख्विटिया र आनो सरतानिया जुम्ल्याहा दिदी बहिनी हुन् तर दुवै जन्मने क्रममा नै अलग भएका थिए । यति मात्र होइन, दुवै जना एक अर्काबाट केही माइल टाढा जर्जियामा बस्दै आएका थिए तर उनीहरूलाई यसबारे कुनै जानकारी थिएन । सामाजिक सञ्जाल प्लेटफर्ममा टिकटक भिडियो भाइरल भए पछि यी दुईको पुनर्मिलन भएको छ ।


बिबिसीका अनुसार अस्पतालबाट बालबालिका चोरेर बेच्ने काण्ड दशकौँदेखि जर्जियामा चल्दै आएको छ, जुन आजसम्म पनि समाधान हुन सकेको छैन ।

जुम्ल्याहा बच्चाकी आमा अजा शोनी सन् २००२ मा जन्मजात समस्याका कारण कोमामा गएकी थिइन् । यसपछि गोचा गखरिया र उनका श्रीमानले आनो र एमीलाई विभिन्न परिवारमा बेच्ने निर्णय गरेका थिए ।

एनो टिबिलिसीमा हुर्केका थिए, जबकि एमी जुग्दिदीमा हुर्केका थिए र दुवै एक अर्काको अस्तित्वको बारेमा पूर्ण रूपमा अन्जान थिए। ११ वर्षको उमेरमा ‘जर्जियाज गट ट्यालेन्ट’ मा ठ्याक्कै आफूजस्तै देखिने केटीलाई देखेपछि उनी छक्क परेकी थिइन ।  

तर, टिकटक भिडियोपछि मात्र उनीहरू दुवै जुम्ल्याहा बहिनी भएको थाहा भएको थियो । यसपछि जुम्ल्याहा दिदीबहिनीले बिछोडको जवाफ खोज्ने बित्तिकै उनीहरूले चकित पार्ने सत्य थाहा पाए । उनीहरूले थाहा पाए कि उनीहरू जर्जियाको अस्पतालबाट चोरी भएका थिए र अन्य हजारौँ बच्चाहरू जस्तै बेचिएका थिए ।

यो घटना दुई वर्षअघि जर्जियाको राजधानी टिबिलिसीको रुस्ताभेली ब्रिजमा भएको थियो जहाँ १९ वर्षअघि एमी र इनोको छुट्टिएपछि पहिलो पटक भेट भएको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...