Gyaan Ghar

Advertisement

रौतहटमा दाइजो नदिएको निहुँमा एक विवाहित महिलाको हत्या

रौतहट, १४  माघ । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुँमा एक विवाहित महिलाको हत्या गरिएको छ। बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमा बुबाले आरोप लगाएका छन्।

सामाजिक परम्परा अनुसार २०७७ साल ज्येष्ठ महिनामा विवाह गरेका रौतहट जिल्लाको मौलापुर नगरपालिकाको बौधामा साबिक घर भई हाल गौर नगर पालिका ४ मा बस्दै आएका बिजुली बैठाका छोरा सुनिल बैठाले आफ्नी आमासँग मिलेर २१ वर्षीय छोरी पुनमदेवी बैठाको शुक्रबार हत्या गरेको मृतकको बुवा सञ्जय बैठाले बताएका छन्।

भारतको मोतिहारी जिल्ला रुसुलपुर घर भई हाल काठमाडौँमा व्यापार गरी बस्दै आएका बैठाले गौरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाइजोको विषयलाई लिएर छोरीलाई सधैँ कुटपिट गर्दै आएका ज्वाइँ सुनिल बैठा र छोरीकी सासूले मिलेर हत्या गरेर घरमा झुन्ड्याएको दाबी गरेका छन्।

छोरीलाई पटक-पटक लोग्ने, सासु र ससुराले दाइजो माग गर्न मानसिक, शारीरिक यातना दिने गरेकोले काठमाडौँमा प्रहरीमा उजुरीसमेत दिएको उल्लेख गर्दै ससुरा बिजुली बैठाको इशारामा यस्तो घटना मृतक महिलाकी आमा सीता देवीले बताइन्।

मृतकको १६ महिनाको छोरासमेत रहेका छन्। उनको माइती पक्षले दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ।

सुत्ने कोठामा रहेको खाट नजिक दुवै खुट्टा भुईँमा छोएको र घाँटीमा सलले बाँधिएको अवस्थामा शव फेला परेकाले उनलाई हत्यापछि झुन्ड्याइएको माइती पक्षको आरोप छ। हत्यामा संलग्न रहेको भन्दै ज्वाइँ र उनका आमाबुवा विरुद्ध जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले जाहेरी लिन नमानेको उनीहरूको दुखेसो छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...