health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

बारा, १२ माघ । नेपाली कम्युनिस्ट आन्दोलनको दोस्रो पुस्ताका क्रान्तिकारी एवं समाजसेवामा निरन्तर संलग्न रहेका छविचन्द्र ढकालको सम्झनामा स्मृति ग्रन्थ प्रकाशन भएको छ । स्मृति ग्रन्थको सार्वजनिकीकरण यही माघ २१ गते काठमाण्डौमा नेपाल प्रज्ञाप्रतिष्ठानको लेखनाथ सभाकक्षमा हुँदै छ ।
यसलाई वरिष्ठ क्रान्तिकारीहरूको हातबाट सार्वजनिक गरिनेछ । छविचन्द्र ढकाल तनहुँ चुँदी सिम्पानीमा २००५ आश्विन १५ गते जन्म लिई लामो समय शिक्षक तथा २०३७/३८ सालको ऐतिहासिक शिक्षक आन्दोलनमा संलग्न रही जेल जीवन व्यतीत गरेका र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा जिल्ला अध्यक्ष एवं केन्द्रीय नेता समेत रहेका थिए ।
उनले पञ्चायती शासनकालमा प्रजातन्त्र र समाजवादको निम्ति मार्क्सवादी आन्दोलनमा जीवन अर्पण गरेका थिए । उनको जन्म २००५ सालमा आश्विन महिना १५ गतेका दिन पिता पण्डित मीननाथ ढकाल र माता मायादेवी ढकालको माहिलो पुत्रको रूपमा भएको थियो । उनले राजनीतिक कामको सिलसिलामा पढिरहेको पढाइलाई छोड्दै तत्कालीन समयमा “बुर्जुवा डिग्री बहिष्कार” को नारासाथ परिवर्तनको सङ्कल्प लिई लागिपरेका थिए ।
उनी एक राजनीतिक क्रान्तिकारीको साथै अथक समाजसेवी, शिक्षाविद् समेत थिए । उनले समाजशास्त्रीय महत्वका पुस्तकहरू पनि छोडेर गएका छन् । उनले बहु आयामिक रूपमा सामाजिक क्षेत्रमा समेत आफ्नो परिचय कायम राखेका छन् ।
प्रस्तुत स्मृति ग्रन्थ उनको एकल जीवनको गाथा मात्र नभएर उनको पुस्ताको एक ऐतिहासिक झाँकी पनि हो । काठमाडौँमा सम्पन्न कार्यक्रम पछि उनको गृह जिल्ला तनहुँको सदर मुकाम दमौलीमा पनि कृति परिचर्चा ख्यातिप्राप्त व्यक्तित्वहरूबाट यही माघकै २४ गते सम्पन्न हुने छ । उनको देहावसान २०७५ भाद्र महिना १८ गते कलेजोको क्यान्सर रोगको कारणले काठमाडौँको मोडल हस्पिटलमा उपचारको क्रममा भएको थियो ।