केन्या, १३ माघ । गैँडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएको छ ।
जुन भ्रूण स्थानान्तरणे उत्तरी सेतो गैँडालाई बचाउने बाटो खुला भएको छ । संसारमा अब दुई वटा उत्तरी सेतो गैँडा मात्र बाँकी छन् तर ती दुवै महिला रहेका छन् ।
तर अब, तिनीहरूको प्रजातिले बाँच्नको लागि मौका पाएको छ किनभने अन्वेषकहरूले पहिलो पटक आइभिएफ प्रविधिबाट गैँडालाई गर्भवती बनाएका छन् ।
बायो रेस्कु प्रोजेक्टले भनेको छ, ‘गैँडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरण भएको छ, यो ठुलो उपलब्धि हो, उत्तरी सेतो गैँडालाई लोप हुनबाट बचाउने बाटो प्रशस्त खुलेको छ ।’
उसले सामाजिक सञ्जालमार्फत सो जानकारी दिएको हो । भनेको छ, ‘गैँडामा विश्वको पहिलो सफल भ्रूण स्थानान्तरणले उत्तरी सेतो गैँडालाई लोप हुनबाट जोगाउने मार्ग प्रशस्त गरेको छ। वैज्ञानिक र संरक्षणवादीहरूको अन्तर्राष्ट्रिय सङ्घ, भ्रूण स्थानान्तरण पछि गैँडाको विश्वको पहिलो गर्भ प्राप्त गर्न सफल भएको छ ।’
उसका अनुसार गत सेप्टेम्बर २४, २०२३ मा केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा सेतो गैँडाको भ्रूण भिट्रोमा सङ्कलन गरिएको अण्डकोष र शुक्रकीटबाट उत्पादन गरी दक्षिणी सेतो गैँडा सरोगेट आमामा सारिएको थियो।
उसका अनुसार बायोरेस्क्यु टोलीले ७० दिनको गर्भ रहेको पुष्टि गर्यो। ६.४ सेमी लामो पुरुष भ्रूण विकसित भएको छ । सफल भ्रूण स्थानान्तरण र गर्भावस्था अवधारणाको प्रमाण हो र अब सुरक्षित रूपमा उत्तरी सेतो गैँडा भ्रूणको स्थानान्तरणमा जान अनुमति पाएको छ ।
समग्रमा सेतो गैँडाको सङ्ख्या घट्दै जानुमा मुख्यतया सिकारीको कारण मानिएको छ । सिकारीको कारणले गर्दा उनीहरूको जनसङ्ख्या घटेको इन्टरनेशनल राइनो फाउन्डेसनले जनाएको छ।
केवल दुई उत्तरी सेतो गैँडा संसारमा बाँकी छन् । र, उनीहरूको केन्याको ओल पेजेटा कन्जर्भेन्सीमा ७०० एकरको घेरामा बस्छन्, जहाँ तिनीहरूलाई २४ घण्टा सशस्त्र सुरक्षा दिएर राखिएको छ ।
सेतो गैँडालाई लोप हुनबाट बचाउने अभियानको आधारशिलाको रूपमा यस अभियानलाई हेरिएको सो संस्थाले जनाएको छ ।
थप जानकारी: https://www.facebook.com/biorescueproject/posts/pfbid0QJ1KjwJRdRvgbSvg4XCbYhYNqBS4e9dCojzXMaLJZAi6jLnT1Zbg8W485nW1vE2bl?ref=embed_post