health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, १३ माघ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरण र मानवअधिकारको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा पैरवी गर्दै महत्त्वपूर्ण उपलब्धि हासिल गर्न योगदान दिएको बताएका छन् ।
पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को आज विमोचन गर्दै रक्षा मन्त्री खडकाले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
उपप्रधानमन्त्री खड्काले भने, “पत्रकारितालाई सही गोरेटोमा हिँडाउन सक्नुपर्दछ, त्यसका लागि हामी सबैको सामूहिक दायित्व पनि हो । पत्रकारिता क्षेत्रमा व्यावहारिक र संस्थागत सुधारका लागि थुप्रै काम गर्नुपर्ने आवश्यकता छ, यसका लागि नीतिगत र संरचनागत सुधारका सम्बन्धमा सरकारले सधैँ साथ र सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”
उनले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व नेपाल पत्रकार महासङ्घको भूमिका अग्रणी र महत्त्वपूर्ण रहेको भन्दै यसका लागि सरकारले पनि आवश्यक सहयोग गर्ने बताए ।
उपप्रधानमन्त्री खड्काले जहानियाँ राणा शासनकालदेखि सुरु भएको नेपाली पत्रकारिताले राणा शासन विरुद्ध जनजागरण ल्याउनुका साथै, एकदलीय पञ्चायत विरुद्धको अभियान हुँदै बहुदलीय प्रजातन्त्र स्थापना र हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका साथै विकास र समृद्धिको यात्रामा सञ्चार माध्यमले महत्त्वपूर्ण भूमिका खेल्दै आएकोसमेत उल्लेख गरेका छन् ।
उनले भने, “पत्रकारिता आवाजविहीनहरूको आवाज एवं समाजको ऐना भएकोले लोकतन्त्रलाई समुन्नत र नागरिकलाई सुसूचित गराउने सन्दर्भमा यसको महत्त्वपूर्ण भूमिका छ र यो आगामी दिनमा पनि कायम रहन्छ भन्ने मेरो विश्वास छ ।”
राज्यका अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने भन्दै यसले नागरिकको भरोसा अभिवृद्धिमा सहयोग सिद्ध हुनुपर्ने धारणा राखेका छन् । “यदाकदा पत्रकारिता क्षेत्रमा समेत अरू क्षेत्रको जस्तै कमी कमजोरी देखिने गरेको छ । पत्रकारले सत्य तथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्ने मूल दायित्वबाट विचलित नभई नभई न्यायको पक्षमा सतिसाल जस्तो उभिनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भने ।