Gyaan Ghar

Advertisement

लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्छ : परराष्ट्र मन्त्री साउद

काठमाडौँ, १२ माघ । परराष्ट्र मन्त्री एनपी साउदले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्ने बताएका छन्। मन्त्री साउदले नयाँ बानेश्वरस्थित होटेल एभरेस्टमा शुक्रवार आयोजित ‘अवार्ड फर एक्सेलेन्स’ कार्यक्रमलाई सम्बोधन गर्दै लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउँदै थप गृहकार्य आवश्यक रहेको बताएका हुन्। 

उनले भने, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ। आन्तरिक पनि बाह्य रूपमा पनि हामीले लगानीको वातावरण बनाउनुपर्दछ। आन्तरिक रूपमा हाम्रा जति पनि लगानीकर्ताहरू छन्, उनीहरूलाई अझ बढी लगानी गर्न र नेपालमै लगानी गरी प्रतिफल हात पार्न सकिन्छ भन्ने सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।’ 

मन्त्री साउदले आर्थिक कूटनीतिलाई पनि तीव्रता दिनका लागि काम गरिरहेको बताएका छन्। थपे, ‘लगानी सम्मेलनका लागि परराष्ट्रमन्त्रीको हैसियतले आर्थिक कूटनीतिको पाटो महत्त्वपूर्ण छ र यसका लागि हामीले काम गरिरहेका छौँ।’ 

उनले विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन लगानीसम्बन्धी नीतिमा भएका सुधारहरू देखिने गरी बुझाउन पनि आवश्यक रहेको बताएका छन्। भने, ‘कुनै पनि लगानी सम्मेलन नेपालमा हुनुभन्दा अगाडि हाम्रो लगानी नीतिमा विदेशीलाई आकर्षित गर्नका लागि लगानीमैत्री वातावरण बनाउन के-के सुधार गर्न सक्यौँ, त्यो कुरोचाहिँ पहिले प्रस्तुत हुन आवश्यक छ। त्यो काम जति चाँडो हामीले गर्न सक्छौँ, त्यो मोडल लिएर हामीले यी-यी कुराहरू गर्न सक्यौँ भनेर बाह्य लगानीकर्ताहरूलाई भन्‍नसक्छौं- तपाईँहरू आउनुस्, त्यसको प्रतिफल पनि आफ्नो देशमा सुरक्षित लैजान सक्नुहुन्छ।’ 

मन्त्री साउदले नेपालमा गर्ने लगानी पनि प्रतिफलमुखी हुने, फाइदा हुने र पुन:लगानी गरेर त्यसो नाफालाई आफ्नो देशमा लैजान सुरक्षा दिन सकिन्छ भन्ने प्रत्याभूति दिलाउन सक्नुपर्ने बताउला छन्। भने, ‘यो काममा सरकारको मन्त्रिमण्डलको तर्फबाट परराष्ट्रमन्त्रीको तर्फबाट म पनि आफ्नो किसिमले कोसिस गर्छु, लगानी बोर्ड र अन्य निकायहरूले पनि विशेष गरेर लगानी सम्मेलनका लागि काम गरिरहनु भएको छ। लगानीको लगानीमैत्री ढाँचा आइसकेपछि अनि त्यो सम्मेलनको प्रभावकारिता बढ्छ। लगानीमैत्री वातावरण बनाउन सकेनौँ भने ‘ठुला’ मान्छेहरू आउँछन्, हात मिलाउँछन् र जान्छन्। हामीले लगानीका क्षेत्र मात्रै पनि पहिल्याउन सकेनौँ भने पनि त्यो सम्मेलन रिट्रिट मात्रै हुन्छ, परिणाम हात पार्न सक्दैनौँ। यसमा संवेदनशील भएर हेर्नुपर्ने र विचार पुर्‍याउनुपर्ने मैले देखेको छु।’

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...