Gyaan Ghar

Home

Advertisement

महान् लेनिनप्रति

* विजय मल्ल
कहिले नबजेको मास्कोको विराट् घण्टा
एक दिन तुफानी रातमा बज्छ ।
सुन ए दुनियाँवासी !
कहिल्यै नगर्जने मास्कोको विशाल तोप
तिम्रो घोर निद्रामा गर्जन्छ ।
धरती काम्छ, चट्टानहरू फुट्छन्
हिउँका आँधी मच्चिन्छन्
विशाल गगनभेदी महलहरू
चुरचुर भई धरतीमा गाँजिन्छन् ।
पर्ख, यो पत्थरमा पाइला नहाल ।
यस पत्थर–पत्थरमा आत्मा छन् ।
यहाँ नचिच्याऊ,
यहाँ पाइला पाइलामा इतिहास छन् ।
यो १९०५ सन्को चट्टानको ढिक्का हो,
यो उफ्रन्छ, यो दगुर्छ, यो हिँड्छ ।
नपत्याए सुन,
यो जीवनको गाथा गाउँछ ।
ऊ, को आयो हेर, नेभा नदीको तीरबाट
लाख लाख मानिसको जुलुस लिएर ।
यो विशाल काया को उठ्यो
धरती–आकाश एक गरेर ?
यो कसको निनाद, यो कसको वज्रघोष ?
सारा राष्ट्रको छटपटी, पीडालाई
आफ्नो छातीमा बोकेर
को चिच्याउँछ, को हाँक दिन्छ,
सम्पूर्ण विश्वलाई चट्टानको शरीर उचालेर ?
एउटा पहाडको टाकुरामा एक पाइला हाली
को फड्कन खोज्छ अर्को टाकुरामा ?
पृथ्वीलाई आफ्नो बाहुमा उठाएर
को यसरी हिँड्छ आँखाभरि सपना लिएर ?
पर्ख, ऊ नजिकै आयो,
सम्पूर्ण विश्वलाई ढाकेर ।
सुन, उसको आवाज
हरसडकबाट आइरहेछ ।
हरमोडबाट आइरहेछ,
हरघरले गुन्जाइरहेछ,
हरइँटले बोलिरहेछ,
हरपत्थरले दोहो¥याइरहेछ ।
के कोमल छैन– गुलाफको पत्तीझैँ मुलायम ?
के मीठो छैन, आमाको स्नेहझैँ मधुर ?
हरविश्वको कानले बहिरो सुनन सक्तछ त्यस आवाजलाई
जो कानको प्वालमा गुन्जिरहन्छ–
दिल्लीमा सुन,
बोनमा सुन,
सुन वासिङ्टनमा,
पेरिसमा सुन,
पेकिङमा सुन,
सुन काठमाडौँमा ।
सुन भियतनाममा, जापानमा,
जतासुकै सुन ।
के आवाजले छुँदैन तिम्रो मुटुलाई
थपथपाएर, सुमसुम्याएर ?
ऊ, आइरहेछ सशक्त खुट्टाले भुइँमा टेकेर
लेनिन
पराधीनता, शोषण, असमानतालाई कुल्चेर,
लेनिनग्रान्दको बीच चोकमा,
रातो झन्डा फहराएर
लेनिन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सहज जित, इङल्याण्ड सुपर आठमा

काठमाडौँ । अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेसँगै इङल्याण्ड जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ । आइतबार सम्प...
काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौंका यी स्थानमा दैनिक ४ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा आइतबारदेखि सात दिनसम्म बिजुली अवरुद्ध हुने भएको छ। विद्युत् प्राधिकरणअन्तर्गतको काठ...
अन्पाको छैठौ साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको छैठौ साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ, असार २ । प्रकृतिसँग रमाउँदै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)को छैठौ...
राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search