Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
राष्ट्रियसभा निर्वाचन: जनमतको उम्मेदवारीले गठबन्धनमा असन्तुष्टि - Gyaan Ghar

Gyaan Ghar

Advertisement

राष्ट्रियसभा निर्वाचन: जनमतको उम्मेदवारीले गठबन्धनमा असन्तुष्टि

जनकपुरधाम, ९ माघ  । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनसँग एक सिट माग गर्दै आएको थियो । तर  सिट नपाएपछि मधेस प्रदेशमा र लुम्बिनी प्रदेशमा एक एक सिटमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

सत्ता गठबन्धनमा नै रहेर जनमत पार्टीले आफ्नो छुट्टै उम्मेदवारी दर्ता गराएपछि गठबन्धन भित्रमै रहेका दलहरू बिचमा असन्तुष्टि देखिएको छ । सत्ता गठबन्धनमा जनमत पार्टीले सङ्घमा एक मन्त्री सहित योजना आयोगको सदस्य पद समेत पाएका छन् ।

 

त्यसैगरि मधेस प्रदेशमा दुई मन्त्री र नीति आयोगमा एक जना सदस्य पाएका छन् । सत्ता गठबन्धनमा निकै लाभ लिँदै आएको जनमतले भने हरेक निर्वाचनमा गठबन्धनको विरुद्धमा आफ्नो उम्मेदवारी दिँदै आएको छ । यसले समेत सत्ता गठबन्धनमा रहेका अन्य दलहरूले जनमतको क्रियाकलापबाट असन्तुष्टि जनाएको छ । मधेस प्रदेशमा राष्ट्रिय सभाको दुई सिट मध्ये जनमतले अन्य तर्फ राम शङ्कर महासेठलाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट सो पदमा नेपाली काँग्रेसका आनन्द प्रसाद ढुङ्गाना उम्मेदवार बनेका छन् ।

मधेस प्रदेशमा जनमतले सत्ता गठबन्धनको उम्मेदवार ढुगानालाई मत नदिँदा समेत गठबन्धनको दुई उम्मेदवारको जित सुनिश्चित जस्तै देखिएको छ ।महिला तर्फ जसपा नेपालका उम्मेदवार पूजा चौधरी चुनावी मैदानमा छन् ।

मधेस प्रदेशमा दलहरूको मत भार हेर्दा नेपाली काँग्रेस पहिलो शक्ति हो । काग्रेससंग मात्रै ३ हजार १ सय ६१ मत भार रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग २ हजार ३ सय ५५ मत भार छ । जनमत पार्टीको मत भार ७ सय ४६ छ । गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी,एकीकृत समाजवादी पार्टी ,नेकपा माओवादी केन्द्र ,नागरिक उन्मुक्ति पार्टीको मत भार जोड्दा ७ हजार ५सय ४१ पुग्छ ।   यस्तोमा जनमतले गठबन्धनमा रहेरै उम्मेदवारी दिँदा समेत कुनै फरक पर्ने अवस्था भने देखिदैनन । तर पनि गठबन्धनमा रहेर जनमतले आफ्नो उम्मेदवारी दिएर मधेसको अधिकार र पहिचानको लागि आफू जहा रहेर पनि विद्रोह गर्ने सन्देश दिने प्रयासमा छन् ।

 

सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी सहभगि भए पनि चिढिएका छन् । गत निर्वाचनमा सहयात्री रहेको नेपाली काग्रेसंगको सहकार्य तोडेर माओवादी केन्द्रले नेकपा एमालेसँग सहकार्य गरेपछि जनमत माओवादी एमालेको गठबन्धनमा सहभागिता जनाएको थियो । नयाँ गठबन्धनको निर्माण भएपछि जसपाले अहिलेको सत्ता गठबन्धनको साथ नछाडे पनि समय समयमा गठबन्धनको निर्णयको विरुद्धमा आफ्नो छुट्टै उम्मेदवारी दिँदै आएको छ । जनमतले उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिएका थिए भने गठबन्धनका साझा उम्मेदवार रहेका बारा २ मा उपेन्द्र यादवकै विरुद्धमा उम्मेदवारी दिएका थिए । मधेस केन्द्रित दलमा देखिएको तिक्तता कै कारणले जनमत गठबन्धनको धेरै जसो निर्णयमा असहमति राख्दै आएको छ ।

नेपाली काँग्रेसका सह महामन्त्री महेन्द्र यादवले जनमत पार्टीमा राजनीतिक परिपक्वताको अभाव देखिएको बताए । उनले सङ्घ देखि प्रदेश सम्मको गठबन्धनमा नेपाली काँग्रेसकै कारणले जनमत गठबन्धनमा अहिले सम्म टिकेको तर राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवारी दिएर उसले फेरि एक पटक राजनीतिक परिपक्वताको अभाव देखिएको बताए ।

जनमत पार्टी सबै भन्दा बढी आक्रामक रूपमा जसपा प्रति प्रस्तुत हुँदै आएको छ । मधेसमा जनमतले आफ्नो प्रतिस्पर्धी शक्तिको रूपमा बुझ्ने गरेका छन् । ३ गते मुख्यमन्त्रीको कार्यक्रममा गरेको विरोध प्रदर्शन समेत यसैका रूपमा लिइएको छ । जनता समाजवादी पार्टीका नेता एवं मुख्यमन्त्री सरोजकुमार यादवले जनमतलाई केन्द्रमै बनेको गठबन्धनको आधारमा प्रदेशमा समेत राखिएको बताउँदै उसले हरेक निर्वाचनमा गठबन्धनको विरुद्धमा जाने गरेको कारणले गठबन्धनमा सहभागी दलले उसको क्रियाकलापको विषयमा सोच्नुपर्ने समय आएको बताए । उनले जनमत पार्टी राजिनितिक प्रचार बाजिमा बढी विश्वास गर्ने गरेको कारणले हार्दै छु थाहा पाउँदा पाउँदै राजनीतिक प्रचार बाजिकै लागि यस्तो कार्य गर्ने गरेको बताए ।

जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले गठबन्धनमा रहेका दलहरूले आफ्नो धर्म निर्वाह नगरेको कारणले आफूहरूले उम्मेदवारी दिएको बताए । उनले माधव नेपाल जीको पार्टी राष्ट्रिय पार्टी पनि हैन जसपा भन्दा आफूहरूको मत पनि विगतको निर्वाचनमा बढी छ तर उहाहरुलाई सिट दिने जनमतलाई नदिने गठबन्धन दलको रवैयाको कारणले उम्मेदवारी दिएको जिकिर गरे । उनले हार र जित भन्दा पनि जनमत आफ्नो सम्मान र मूल्य मान्यताको आधारमा अगाडि बढ्नुपर्छ भन्ने विचारमा अडिग छ भन्ने सन्देश दिएको बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...