Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
साँच्चैको चेक थियो भने बाउन्समा जान्थे म: रवि लामिछाने - Gyaan Ghar

Gyaan Ghar

Advertisement

साँच्चैको चेक थियो भने बाउन्समा जान्थे म: रवि लामिछाने

काठमाडौँ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेयर नामसारी पुरा गर्न प्रक्रिया पुरा गरेको तर रकम नलिएको बताएका छन् ।

 

सोमबार राती सामाजिक सञ्जालबाट धारणा राख्दै सभापति लामिछानेले कानुनी प्रक्रिया पुरा गरेको तर लेनदेन नगरेको पुनः प्रस्टाएका छन् ।

 

उनले सामाजिक सञ्जालमा लेखेका छन्

 

 

आजको प्रेस मिटमा मैले सबै कुरा स्पष्ट राखेँ भन्ने लागेको छ। पत्रिकामा लेखिने ठुला हेडलाइन र केही डकुमेन्टका आधारमा वास्तविकता पुरै नबुझी विचार बनाउने हाम्रो प्रवृत्तिबारे म जानकार छु। तर तथ्यमा पनि विचार गरिदिन अनुरोध छ।

 

डिपोजिट स्लिपकै आधारमा मेरो खातामा रकम जम्मा भयो भनेर ठोकुवा गरियो, जबकि बैङ्कले नै खातामा रकम जम्मा भएको छैन भनिसक्यो। बैङ्कमा भएका हरेक कारोबार नियामक निकायको नियमनमा हुन्छ। यो क्षेत्रमा पारदर्शिता हुन्छ। कसैले लुकाएर वा लुकाउन चाहेर लुक्ने, छिप्ने कुरै होइन यो।

 

अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला। जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन भन्ने बुझाउन लामो लेखेर यसबारे बुझाउने प्रयास गर्दै छु। कृपया पूरै पढेर मात्र विचार बनाउनु होला।

 

मैले सुरुदेखि नै स्वीकार गर्दै आएको छु, ग्यालेक्सी टिभी सञ्चालन गर्ने कम्पनी गोर्खा मिडियामा म संलग्न हुन जानुअघि त्यसका प्रमोटर र म बिच कम्पनीको १५ प्रतिशत सेयर मेरो नाममा गुडविल बापत अर्थात् बिना लगानी कायम गर्ने सहमति भएको थियो। यसलाई पसिनाको कमाई वा स्वेट सेयर पनि भन्ने गरिन्छ बोलीचालीको भाषामा।

यो शेयरलाई कम्पनी रजिस्ट्रारको कार्यालयमा शेयर लगत कायम गर्न आवश्यक कानुनी प्रबन्ध र कागजपत्र कम्पनी स्वयंले मिलाउने भन्ने सहमति पनि थियो। यो किन भएको थियो भने यी कानुनी मामिलामा संलग्न हुन मसँग समय थिएन। टेलिभिजन सञ्चालनको लागि कार्यक्रम, समाचार, कर्मचारी, प्रविधि लगायतको   आन्तरिक व्यवस्थापन गर्ने मेरो मूल जिम्मेवारी थियो। मेरो नाममा शेयर लगत कायम गर्न आवश्यक काम गोर्खा मिडियाले नै गर्‍यो, त्यति बेला मैले सोधखोज पनि गरिनँ। बरु सार्वजनिक रूपमा कार्यक्रमको पहिलो एपिसोडमा खुलस्त पारिदिए। बाँकी प्रक्रियागत कुरा मिलाउन के के गरिन्छ भन्ने कुरा जगजाहेर कुरा हो। हिम्मत जुटाएर खोजौँ र सबले मम भनौँ। तर मैले छुट पाउनु पर्छ भन्ने मेरो दाबी पटक्कै होइन।

 

जब मैले ग्यालेक्सी टिभी छोड्ने निर्णय गरेँ, त्यति बेला कम्पनीले मेरो गुडविल उपयोग गर्न नसक्ने भयो। त्यस कारण मैले इमानदारीपूर्वक बिना लगानी लिएको उक्त शेयर बिना रकम नै फिर्ता गर्न सहमति जनाएँ।

 

तर, यहाँ पनि अर्को कानुनी समस्या देखिएछ। मेरो नामको शेयर जसको नाममा नामसारी भई कम्पनी रजिस्ट्रारको कार्यालयमा लगत कायम हुनुपर्ने हो, उसले मेरो शेयर किनेको देखिनुपर्ने भएछ। मैले शेयर कसको नाममा नामसारी गरिदिनु पर्ने पनि सोधेको होइन। गोर्खा मिडियाका अध्यक्ष जीवी राईकै नाममा लगत कायम गर्ने निर्णय भयो, मैले प्रक्रिया पूरा गरी दिए। कम्पनी शेयर किनबेचमा यो अति सामान्य अभ्यास हो र फेरी पनि मैले छुट पाउनु पर्छ भन्ने मेरो दाबी होइन। यो पनि टिभी छोड्दा सारा दर्शक सामु  स्पष्ट पारिदिएको छु र भनेको छु कि मैले आफ्नो भागको शेयर एक पैसा नलिई फिर्ता गरेको छु, जसमा मेरो एक पैसा पनि परेको थिएन।

 

कम्पनी रजिस्ट्रारको कार्यालयमा शेयर बिक्री भए बापत रकम कारोबार भएको प्रमाण आवश्यक त पर्छ नै। अर्थात् मेरो १५ प्रतिशत शेयर जसलाई बिक्री गरेको हो, उसले मलाई रकम दिएको देखिनु पर्ने थियो। त्यही प्रक्रिया कै लागि मैले शेयर छाडेको कागज गरेँ, जुन कागज तल पोस्ट गरिदिएको छु। मेरो शेयर खरिद गरे बापतको रकम जीवी राईले मेरो खातामा जम्मा गरेको भौचर देखिए पनि रकम खातामा आएन। सायद त्यो आवश्यक प्रक्रिया मात्रै थियो, जुन यस्तै ढङ्गले  पूरा गरिने आम अभ्यास छ । त्यसैका आधारमा शायद भौचर मात्र राखी कम्पनी रजिस्ट्रारको कार्यालयमा जीवी राईको नाममा शेयर नामसारी भई दाखिला पनि भएको हुनु पर्छ।

 

यहाँनिर सबैले बुझ्नु पर्ने कुरा के छ भने, मेरो खातामा रकम जम्मा भएको थिएन। अर्थात् चेक क्लियर भएन किनभने जीवी राईको खातामा जति रकमको चेक काटियो, त्यति पुग्ने पैसा नै रहेनछ।

 

यसो हुँदा कागजमा मेरो खातामा चेक जम्मा भएको देखियो, डिपोजिट भौचर प्राप्त भयो र शेयरको कारोबार सम्पन्न भयो। तर पैसाको लेनदेन भएन र यो सबै एकै दिनमा भएको छ। यदि मैले पैसा लिन चाहेको थिएँ भने उक्त चेक क्लियर नभएको विरुद्ध म चेक बाउन्स मुद्दामा जान सक्थेँ। तर, मलाई त्यो गर्नु आवश्यक थिएन। किनकि मैले स्वेच्छाले त्यो शेयर छाडेको थिएँ र मलाई यो सारा कारोबारबारे थाहा हुनु आवश्यक पनि थिएन। किनकि मैले त शेयर फिर्ता गर्नुपर्ने दायित्व थियो, गरेँ।

 

कुरा यत्ति हो  र यसमा मेरो दोष कति भयो कति भएन आफै मूल्याकंन गर्नु होला। तिर्नु, बुझाउनु, सहनु पर्ने कुरामा म सधैँ राजी नै छु। इमानदारी पूर्वक आफ्नो पोजिसन क्लियर गर्दै म पटक पटक प्रेसलाई जवाफ दिन उभिएको छु, आम जनतालाई जवाफ दिन उभिएको छु, सार्वजनिक सुनुवाइमा उभिएको छु। यसरी आफू माथि प्रश्न उठ्दा कति नेता यसरी प्रेस र जनताको सामु उभिएका छन् होला ?

 

राज्यको निकायलाई झुकाएको, किर्ते गरेको जस्ता आरोप पनि आउलान्। तर प्रक्रिया नै यस्तै छ, गर्ने के ? म कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर कम्पनी चलाउने सबैलाई यो कुरा बुझ्न समय पक्कै लागेन होला। हामीले कानुनी संरचना नै यस्तै बनाएका रहेछौँ। नेपालमा ‘गुडविल शेयर’ भनेर रकम जम्मा नगरी शेयर कायम हुने कानुनी प्रबन्ध नै छैन। र, फिर्ता गरेको शेयर पनि किनबेच भएको देखिनुपर्ने हुन आउँछ।  विदेशमा यो सामान्य नै हुन्छ।

 

यो मामिलामा गुडविल शेयर लिने र फिर्ता गर्ने प्रक्रिया मिलाउन जे जति भए त्यो म कसैलाई दोष दिन्न। तर म सुरुदेखि नै आफ्नो कुरामा प्रस्ट छु, न गुडविल सेयर लिनका लागि मैले रकम हालेको थिएँ, न त्यो फिर्ता गर्दा नै कुनै रकम लिएको छु।

 

गोर्खा मिडियामा सेयर लगत कायम गर्न मेरो खाताबाट गएको ७५ लाख उनैबाट प्राप्त हो, मिडिया छाड्दा सेयर लगत हटाउन ‘पाएँ’ भनेर ल्याप्चे लगाएको १.८० करोड उनैलाई छोडेर गएको हो, मैले लगेको छैन। प्रमाणले पनि त्यही देखाउँछ।

 

 

भएको कुरा यत्ति हो। म मिडियामा हुँदा र मैले मिडिया छाड्दाको सेयर लगतको कुराले यो देशका हजारौँ सहकारी पीडितको मूल मुद्दा कतै नअलमलियोस् भन्नेमा सबैले ध्यान दिऊँ। यो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी संवेदनशील र प्रतिबद्ध छ।

 

आजको पत्रकार सम्मेलनले जति प्रश्नको जवाफ दियो त्यति नै  धेरै प्रश्न पनि जन्माएको छ, जसलाई हामीले हल गर्नै पर्छ। छलेर, भागेर, तोडेर मोडेर भन्दा यथार्थ कुरा भनेर समस्याको समाधान खोज्नु उपयुक्त लागेर यति लेखेको छु। एक सामान्य जीवन बाट आएको मान्छे कमजोरी अनेकौँ छन् तर गल्ती नगर्ने प्रयास जारी छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...