health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

सिकागो, ९ माघ । अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ ।
अमेरिकाको सिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो ।
अमेरिकाको सिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानीय प्रहरीले जनाएको छ । सो घटनामा इलिनोइस राज्यका प्रहरी अधिकारीहरूले सोही व्यक्तिले ८ जनाको हत्या गरेको र हाल फरार रहेको जानकारी दिएका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार इलिनोइस राज्यको सिकागो नजिकै रहेको जोलिएट विल काउन्टीका प्रहरीले हत्याको कारण पत्ता लगाउन प्रयास गरिरहेको बताएको छ। सोमबार साँझ पत्रकारसँग कुरा गर्दै उनले हत्या गर्ने व्यक्तिलाई चिनेको दाबी गरेका छन् ।
आइतबार र सोमबार तीन फरक ठाउँमा मृतकको शव फेला परेको थियो । अमेरिकामा हत्या भएको जानकारी पाएपछि प्रहरीले सामाजिक सञ्जालमा चेतावनी जारी गरेको छ ।
प्रहरीले सो घटनाको संदिग्धलाई सशस्त्र र खतरनाक हत्यारा घोषणा गरेका छन् । जोलिएटका प्रहरी प्रमुख विलियम इभान्सले सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) टास्क फोर्सले सन्दिग्धको खोजीमा स्थानीय प्रहरीलाई सहयोग गरिरहेको बताए।
मारिएका मध्ये एक जनाको शव आइतबार विल काउन्टीको एक घरमा फेला परेको थियो भने बाँकी ७ जनाको शव जोलिएटस्थित दुई घरमा भेटिएको थियो ।
सोमबार साँझ पीडितको घरबाहिर पत्रकार सम्मेलन गर्दै विलियम इभान्सले भने, ‘म २९ वर्षदेखि प्रहरी हुँ र यो सायद मैले भोगेको सबैभन्दा खराब अनुभव हो ।’
सोमबार दिउँसो फेसबुक पोस्टमा, जोलिएट पुलिसले भने कि उनीहरूले मृत फेला परेका व्यक्तिहरूको अनुसन्धान गरिरहेका थिए। यसका साथै उनले सन्दिग्ध अभियुक्तको तस्बिर पनि सेयर गरेका छन् र अभियुक्तको गाडीको पहिचान पनि गरेका छन् । प्रहरीका अनुसार आरोपीको नाम रोमियो नान्स रहेको छ, जो २३ वर्षका छन् । उनीसँग रातो टोयोटा क्यामरी कार पनि थियो, जुन उसले चलाइरहेको थियो।