Gyaan Ghar

Home

Advertisement

बर्लिनमा नेपाली फिल्मको इतिहास, मीन भामको ‘साम्बाला’ बर्लिनको मुख्य प्रतिस्पर्धामा

काठमाडौँ,  ९ माघ । मीन भामको बह प्रतीक्षित फिल्म ‘साम्बाला’ले बर्लिन् फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनौट हुने इतिहास रचेको छ ।

 

सोमबार बर्लिन् फेस्टिभलका आयोजकले मुख्य प्रतिस्पर्धामा रहेका २० इन्टरनेसनल फिल्मको सूचीमा  मीनकोे  ‘साम्बाला’ पनि रहेको जानकारी गराएसँगै नेपालले इतिहास बनाएको हो ।

 

नेपाली फिल्म अहिलेसम्म भेनिसको दोस्रो मुख्य विधा होरिजेन्टलमा छानिएको इतिहास थियो भने बुसानमा पनि मुख्य विधा बाहेकका अवार्डमा प्रतिस्पर्धी रहेका थिए ।
नेपाली फिचर फिल्म बर्लिनमा छनौट हुने इतिहास भने दीपक रौनियार निर्देशित ‘हाइवे’ले राखेको थियो । यो फिल्म ६२ औँ संस्करणमा आधिकारिक रूपमा छनौट भएको थियो । बर्लिनलाई युरोपको कान्स र भेनिसपछि तेस्रो ठुलो फिल्म फेस्टिभल मानिन्छ ।

 

सोमबार बर्लिनको लाइन अप सार्वजनिक भएसँगै पत्रकार सम्मेलनमा गरेका मीन भामले फिल्म बनाउन करिब ८ वर्ष लागेको अनुभव सुनाएका थिए । कहिले पैसा त कहिले कोभिडका कारण समय लागेको बताउँदै उनले यो फिल्म बनाउने प्रक्रियामा आफ्नो जीवनमा पनि धेरथोर बदलिएको बताएका थिए ।

 

‘कालो पोथी मैले दम्भमा बनाएको थिएँ । तर यो फिल्म चाहिँ आफ्नै जिज्ञासा शान्त पार्न,’ मीनको भनाइ थियो, ‘यो फिल्म बनाउन मैले तिब्बतीय भाषा सिकेँ । फिल्म बनाउँदा बनाउँदै आध्यात्मिक रूपमा पनि आफूमा धेरै परिवर्तन महसुस गरेँ ।’डोल्पाको ४ हजार मिटर माथिको उचाइमा खिचेको फिल्मको पूर्व तयारीका लागि लामो समय लागे पनि फ्लोरमा गइसकेपछि भने फिल्मको सुटिङ जम्मा २३ दिनमा सकिएको थियो । उनले अप्ठेरो भूगोलमा फिल्म बनाउने श्रेय कास्ट एन्ड क्रुलाई दिएका थिए ।

 

मीनले अविनाश विक्रम शाहसँग मिलेर लेखेको कथा बहु पति प्रथाको पृष्ठभूमिमा बुनिएको छ । हराएको श्रीमान्को खोजीमा निस्किएकी श्रीमतीले आफ्नै देवर (पति)सँग गर्ने यात्रा र यात्राका क्रममा उनीहरू दुवैको जीवनमा आउने परिवर्तन  फिल्मको मुख्य कथा रहेको मीनले बताएका छन् । थिन्ले लामो र सोनम थोप्देनले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

 

थिन्लेले यसअघि विपिन कार्कीसँग ‘नाका’मा अभिनय गरेकी थिइन् भने सोनमले पूजा शर्मासँग ‘सम्हालिन्छ कहिले मन’मा अभिनय गरेका थिए । ९ लाख ८० हजार युरो अर्थात् १४ करोड हाराहारी कुल लागत रहेको फिल्म बर्लिनमा फेब्रुअरीको १५ देखि २५ तारिखको बिचमा प्रिमियर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसद...
अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

काठमाडौँ, १० फागुन । पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।  यसैबिच, अस्ट्रेल...
वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौँ, १० फागुन । नेपालले साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल...
भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

नयाँ दिल्ली, १० फागुन । पन्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्,...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search