health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

अयोध्या, ९ माघ । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राम मन्दिरमा रामललाको अभिषेक गरेका छन् । यस अवसरमा देशैभर उत्सवको माहौल बन्न पुगेको छ ।
राम मन्दिरका लागि ठुलो सङ्ख्यामा मानिसहरूले चन्दा दिइरहेका छन् । सुरतका एक हिरा व्यापारीले अयोध्याको राम मन्दिरका लागि भगवान् रामलाई सुन, हिरा र चाँदीले बनेको ११ करोड रुपैयाँको मुकुट उपहार दिएका छन् ।
प्राण प्रतिष्ठाको पूर्व सन्ध्यामा सुरतका हीरा व्यापारी र ग्रिन ल्याब डायमन्ड कम्पनीका मालिक मुकेश पटेलले अयोध्याको राम मन्दिरको गर्भ गृहमा भगवान् श्रीरामको लागि तयार गरिएको मुकुट मन्दिरका ट्रस्टीहरूलाई हस्तान्तरण गरेका हुन ।
विश्व हिन्दु परिषद्का नेता दिनेश भाइ नावादियाले ग्रिन ल्याब डायमन्ड कम्पनीका मालिक मुकेश पटेलले राम मन्दिरमा सुन र हिराले जडित मुकुट दिने इच्छा व्यक्त गरेको भारतीय सञ्चार माध्यमलाई बताए । नवनिर्मित राम मन्दिरमा जनवरी २२ मा कुन मूर्ति स्थापना गर्ने हो भन्ने टुङ्गो नलागे पछि कम्पनीका दुई कर्मचारीलाई अयोध्या पठाइएका थियो। मूर्तिको टुङ्गो लाग्ने बित्तिकै दुवै मजदुर मुकुटको नाप लिएर सुरत फर्किए र मुकुट बनाउन थाले ।
६ किलो तौलको मुकुटमा साढे चार किलो सुन प्रयोग गरिएको उनले बताए । यसमा साना र ठुला आकारका हिरा, माणिक, मोती र नीलमणि जस्ता बहुमूल्य रत्नहरू जडिएका छन्। अब यो मुकुट भगवान् रामको शिरमा सजिएको छ। प्राण प्रतिष्ठा समारोहको एक दिन अघि श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषका महासचिव चम्पत राईलाई हस्तान्तरण गरिएको थियो, जसको मूल्य करिब ११ करोड रुपैयाँ रहेको बताइएको छ ।
हिरा व्यापारी दिलीप कुमारले राम मन्दिरका लागि १०१ किलो सुन दान गरेका छन्, जसको मूल्य करिब ६८ करोड रुपैयाँ छ । मन्दिरका ८ वटा ढोकामा सुनको लेप लगाउन प्रयोग गरिएको छ । जबकि कथाकार तथा आध्यात्मिक गुरु मोरारी बापुले ११ करोड रुपैयाँ दान गरेका छन् ।