health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैङ्कले खण्डन गरेको छ। कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैङ्कको एउटा ‘स्लिप’ सहित रविले अनाधिकृत रुपमा पैसा लिएको समाचार प्रकाशित गरेपछि बैङ्कले उक्त प्रष्टीकरण दिएको हो।
यस विषयमा प्रष्टीकरण दिन रविले लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा उनले ग्लोबल आइएमइ बैङ्कले आफूलाई दिएको पत्र सार्वजनिक गरेका थिए। उक्त पत्र बैङ्कले आज रविलाई उपलब्ध गराएको थियो।
‘उल्लेखित मिति १७/०६/२०२२ मा त्यहाँको यस बैङ्कमा सञ्चालनमा रहेको खाता नम्बर …. मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसी मार्फत चेक क्लीयरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको ब्यहोरा जानकारी गर्दछौँ,’ पत्रमा लेखिएको छ।
पत्रकार सम्मेलनमा पूर्व बैंकर तथा हाल रास्वपा नेता अनिल केशरी साह उपस्थित थिए। उनले पनि यो विषयलाई बैङ्किङ प्रक्रियाको हिसाबले प्रस्ट्याएका थिए।