Gyaan Ghar

Home

Advertisement

प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुईँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन्

अयोध्या, ८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनवरी २२ मा अयोध्यामा रामलल्लाको अभिषेक समारोहमा सहभागी हुदैँ छन ।

 

यसअघि मोदीले १२ जनवरी देखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन् । प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुईँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन् । र, उनले दिनहुँ विभिन्न किसिमका चन्दा पनि दान गरिरहेका छन् ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गुरुदेव गिरिजी महाराजले जनवरी २२ मा अयोध्यामा प्रधानमन्त्री मोदीले के कार्यक्रम गर्ने ? भन्ने बारे भारतीय सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।

स्वामी गुरुदेव गिरिजी महाराजले भने, ‘अयोध्याको राम मन्दिर पुगे पछि प्रधानमन्त्री मोदी सबैभन्दा पहिले नुहाउन जानेछन्, त्यसपछि प्रधानमन्त्री मोदी पहिले उत्तरको ढोकाबाट जानेछन् र त्यसपछि पूर्वको ढोकाबाट प्रवेश गर्नेछन्, जहाँ मुख्य मन्दिरको प्रवेशद्वार हो, मन्दिरमा प्रवेश गरेपछि प्रधानमन्त्रीले पहिले ट्रस्टीहरूसँग भेट गर्नेछन्। त्यसका लागि हामीले समाजका विभिन्न विशिष्ट व्यक्तिहरूलाई बोलाएका छौँ।’

 

राम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्षले भने, ‘मन्दिरमा प्रवेश गरेपछि मन्त्रद्वारा १० वटा विभिन्न किसिमका स्नान गर्नुपर्छ । १० पटक मन्त्रद्वारा पानी छर्किने छ । त्यसपछि प्रधानमन्त्रीलाई १० प्रकारका दान दिइनेछ ।’ उनका अनुसार यसपछि प्रधानमन्त्री मोदी गर्भगृहमा प्रवेश गर्नेछन् । त्यसपछि प्रधानमन्त्री मोदीले करिब ४५ मिनेट गर्भ गृहमा पूजा गर्ने छन् । यो पूजा करिब १२ बजेर २० मिनेटमा सुरु भएर करिब ५० मिनेटसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

संसद्मा प्रधानमन्त्रीलाई फटाहा भनेपछि…

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘फटाहा’ भनेपछि सत्तारुढ दलका सांसद...
अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

अफ्रिकामा फेला परे २०० खुट्टा भएका नयाँ प्रजाति

काठमाडौँ, १० फागुन । पृथ्वीमा अझै पनि केही प्रजातिहरू छन्, जुन वैज्ञानिकहरूको नजरबाट लुकेका छन्।  यसैबिच, अस्ट्रेल...
वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

वाफ च्याम्पियनसिपमा आज नेपालले इराकको सामना गर्दै

काठमाडौँ, १० फागुन । नेपालले साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल...
भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

भारतमा किसान आन्दोलन चर्किदै, एकको मृत्यु: २३ फ्रेबुअरीलाइ ‘कालो दिन’ को रूपमा मनाउने

नयाँ दिल्ली, १० फागुन । पन्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा)  को योजना दुई दिनका लागि स्थगित गरेका छन्,...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search