health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, माघ ७ गते । ‘सङ्गठन निर्माण गर्दै हिँड्दा कतिपय मानिसहरूको लागि बोलेको कुरा मात्र नसुन्ने अवस्था थियो । पार्टीका किताब र पत्रिका बेच्दै हिँड्दा बाइबलको प्रचार गर्न त आएको होइन ? भनेर आरोप पनि लगाइयो । यस प्रकारको अप्ठ्यारो अवस्थाहरूसँग सङ्घर्ष गर्दै एउटा क्रान्तिकारी गीति एल्बम निर्माण गर्ने सोच आयो ।’ ‘नरुनु आमा’ गीति एल्बमका रचयिता दीप गोलेको भनाइ हो यो ।

‘पार्टी तथा आन्दोलनमा लागिरहँदा आमाले आफ्नो घर व्यवहारमा मात्र सीमित हुन गरेको अनुरोधलाई गीतको माध्यमबाट सचेत पार्न खोजिएको’ गीतकार दीप गोलेले विमोचन कार्यक्रममा अध्यक्ष मन्तव्यको अवसरमा बताउनुभयो– ‘यो एल्बमको माध्यमबाट मेरो आमाको साथै थुप्रै आमाहरुलाई क्रान्ति र परिवर्तन प्रति सचेत गर्न खोजिएको हो ।’

माघ ६ गते आश्रम पाठशालामा भएको सो गीति एल्बमको राष्ट्रिय सभाका सांसद तथा राष्ट्रिय जनमोर्चाका सल्लाहकार राजेश विश्वकर्माले विमोचन गर्नुभयो । ‘सामन्तवादी तथा साम्राज्यवादी गीत सङ्गीतहरूको प्रभाव बढ्दै गइरहेको सन्दर्भमा दीप गोलेको रचना तथा हेमराज आश्रमको संगीत रहेको गीति एल्बमले प्रगतिशील गीत सङ्गीतको क्षेत्रमा एउटा नयाँ इट्टा थप्ने काम गरेको’ वहाँले बताउनुभयो ।
रक्तिम सांस्कृतिक अभियान, रौतहटका दीप गोलेको गीति एल्बममाथि अखिल नेपाल प्रगतिशील लेखक सङ्घका अध्यक्ष समीर सिंह तथा नेकपाका पीबीएम चिरन सिले समीक्षा गर्नुभएको थियो । गीतकार गोलेको पहिलो एल्बम, नरुनु आमा विमोचन कार्यक्रमलाई अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरव रेग्मी तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मिना पुनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विमोचन कार्यक्रमको सहजीकरण सो गीति एल्बमका सङ्गीतकार हेमराज आश्रमले गर्नुभएको थियो ।

